• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
पार्टी विभाजनका लागि भेला बोलाएका होइनौं : योगेश भट्टराई [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ मंगलबार, चैत ३, २०७७  २०:१५
1140x725

चुनावी तालमेल हुँदै पार्टी एकतासम्म गरेका नेकपा (एमाले) र माओवादी केन्द्र फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि अलग-अलग भएका छन्। नेकपा नाम आफ्नो पार्टीको भएको र एमाले-माओवादी मिलेर बनेको पार्टीलाई त्यो नाम दिन नहुने भन्दै ऋषिराम कट्टेलले दायर गरेको रिटमा फैसला सुनाउँदै सर्वोच्चले एमाले-माओवादी ब्युँताइदिएको थियो। सर्वोच्चको फैसला यस्तो बेला आयो, जतिबेला सत्तारुढ नेकपा दुई ध्रबुमा विभाजित थियो। एउटा पक्षको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने अर्को पक्षको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका थिए। एकतापछि झण्डै ३४ महिना सँगै रहेका ओली र ‘प्रचण्ड’को सम्बन्ध हार्दिकतापूर्ण रहन सकेन।

अदालतको फैसलापछि सबैभन्दा अफ्ठेरो ओलीविरुद्ध मोर्चाबन्दी गरेका नेपाल र उनीपक्षीय नेताहरूलाई पर्‍यो। फैसलापछि उनीहरू ओलीले नै नेतृत्व गरेको पार्टीमा रहनुपर्ने स्थिति आयो। तर, अदालतले जर्बजस्ती एक गराएपनि ओली र नेपाल पक्ष एउटै पार्टीमा रहने अवस्था भने क्षीण हुँदै गएको छ। दुवै पक्षले आ-आफ्ना भेला, बैठक गरिरहेका छन्। यसैको निरन्तरता हो- बुधबार र बिहीबारका लागि नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला। राष्ट्रिय भेलाअघि सोमबार एमालेका दुवै पक्षका शीर्ष नेताबीच धुम्बाराहीमा छलफल त भयो तर, कुनै निष्कर्ष निस्किएन। फलस्वरुप मंगलबार ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल पक्ष सहभागी भएन। र, नेपाल पक्ष यसअघि तय गरिएको राष्ट्रिय भेला नरोक्ने निर्णयमा पुग्यो। के एमाले विभाजनको संघारमा पुगेको हो? अब एमाले सिंगै रहने सम्भावना कति छ? यिनै विषयमा नेकपा एमालेका सचिव योगेश भट्टराईसँग नेपाल लाइभका लागि पुष्पा केसीले गरेको कुराकानीको सारसंक्षेप :

देश अहिले राजनीतिक दलका कारण बिरामी परेको छ। यसमा कसको भूमिका कति छ? 
हो, अहिले देश अफ्ठारो अवस्थामा छ। यो चिन्ताको विषय हो। हामीले नेपालमा चार वटा ठूला क्रान्ति ग
र्‍यौं। २००७, २०१७ देखि २०४६ पछि २०६३ सम्म हामीले यी आन्दोलन गर्‍यौं। २०७२ सालमा संविधान सभाबाट संविधान जारी गर्‍यौं। यो संविधान अहिलेसम्म भएका क्रान्ति र आन्दोलनको निष्कर्ष थियो। तर, व्यवस्था मात्र परिर्वतन गरेर नहुने रहेछ भन्ने अहिले देखिएको छ। गलत मानिसलाई नेतृत्वमा लैजाँदा आफैं काम नगर्ने रहेछ भन्ने देखियो। एक जना मानिसले धेरै मानिसलाई दुःख दिन सक्दो रहेछ। एक जना व्यक्ति खराब हुँदा समाजलाई कसरी खराब गर्छ भन्ने हामीले भोगेका छौं। 

नेकपा नाम विवादमा सर्वोच्चको फैसलापछि पूर्ववत् एमाले हुनुभयो। एमालेमा यसअघि तपाईं सचिव हुनुहुन्थ्यो। तर, बालुवाटारको भेलाले सबै पदाधिकारी (अध्यक्ष र महासचिव बाहेक) भंग गरेको भनिएको छ। खास अहिलेको अवस्था के हो ? 
मलाई म के थिएँ भन्ने ठूलो कुरा होइन। आज हाम्रो चिन्ता भनेको मुलुक बिग्रँदैछ भन्ने हो। मेरो पद गौण कुरा हो। फागुन २३ गतेको फैसलापछि २०७५ जेठ २ गतेमा फर्केका मात्र हौं। त्यो अवस्थामा के थियो, ती सबै एक पटक पुनर्जीवित भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सबैलाई बैठकमा बोलाएर मसहित उहाँलाई मन नपरेका व्यक्तिहरुलाई कारवाही गर्न सक्नुहुन्थ्यो। मैले मान्ने/नमान्ने मेरो कुरा हुन्थो। तर, त्यो प्रक्रिया त पालना भएन। बालुवाटारमा बसेको त्यो बैठक नेकपा एमालेको हुँदै होइन। केपी शर्मा ओलीको गुटको भेला हो। गुटको भेलाबाट गरेको निर्णय आठ लाख एमाले कार्यकर्ताले मान्नुपर्छ भन्ने छैन। यो बाध्यता छैन।

विगतको नेकपामा भन्दा अहिले एमालेमा तिक्तता झन् धेरै देखिन्छ नि, होइन? 
नेकपा एमालेले विगतमा झन् धेरै कठिनाइ भागेको छ। २०५० सालमा मदन भण्डारीको रहस्यमय मृत्यु हुँदा हामी धेरै शोकमा थियौं। त्यो समयमा एमाले अघि बढ्दैन भन्ने थियो। तर, सामूहिक रुपमा अघि बढेको हो। आज त्यो अवस्था भन्दा संकट छैन। हाम्रा बुझाइहरुमा समस्या हो। एक ठाउँमा आउने ढोका बन्द भएको छैन। बालुवाटारमा भएको निर्णय फिर्ता भएपछि फेरि एक भइहालिन्छ। नेकपा एमाले मात्र एउटा त्यस्तो व्यवस्थित पार्टी हो, जुन माथिदेखि तलसम्म अनुशासन छ। व्यवस्थित संगठन छ। हामी जेठ २ गतेको अवस्थामा फर्कने हो भने सबै समाधान हुन्छ।

 

तर, नेताहरुका बीचमा भएका संवाद र गाली हेर्दा त एमाले विभाजनतर्फ गइसकेको देखिन्छ..! 
हो, हामी यति धेरै गालीमा उत्रेका छौं कि अब दुवै पक्षका बीचमा थप गाली गर्ने शब्द नै छैन होला। मलाई लाग्छ, प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि अब कुनै शब्द बाँकी छैन। पुस ५ गतेदेखि यता सबैले सबैको उछितो काढेका छन्। हामीतिर पनि शब्द सकियो होला। अब नयाँ ढंगबाट बढ्ने सर्वोच्चले सन्देश दिएकाले नयाँ रुपमा अघि बढौं भन्ने हाम्रो कुरा हो। फागुन २८ गतेको निर्णय हामी मान्दैनौं भन्ने हो। विधि र प्रक्रियासम्मत छैन।

विधानले के भन्छ हेर्नुपर्ने होला। एकताअघि पुगेका हौं भनेको के हो? व्याख्या गर्नुपर्ने होला। यो फर्कँदा को को के हो भन्ने त पहिला स्पष्ट हुनुपर्‍यो। एकै पटक सबै एमाले भएको हो। अदालतको निर्णयपछि केपी ओली, माधव नेपाल सबै सँगै एमाले भएको हो नि। केन्द्रीय कमिटीको बैठकअघि केन्द्रीय सचिवायको बैठक बस्नुपर्छ। उसले अजेन्डा बनाएपछि स्थायी कमिटी हुँदै जानु पर्दछ। हाम्रो पनि यही प्रक्रिया हुँदै जानुपर्छ भन्ने हो नि। नयाँ आउनु भएका साथीहरुलाई स्वीकार गर्ने वा नगर्ने कुरा फरक हो। कोही पार्टीमा आउँछ भने स्थान दिनु हुँदैन भन्ने होइन। स्वागत गर्ने नै हो। बहुमतले निर्णय गरेको दाबी ठीक होला। गर्न सक्नुहुन्छ। तर, हामी त उपस्थित हुन पर्‍यो। सबै सहभागी भएर बैठक हुनुपर्‍यो। छलफल त हुनुपर्‍यो नि! उहाँले बिमती राख्ने ठाउँ नै नराखी जबजको स्थान कहाँ पुर्‍याउनु भयो? २८ गतेको बैठकको कुनै जानकारी छैन। ७ गते आउन भन्दै टुँडिखेलबाट बोलाउनु भयो।

तपाईंहरु निहुँ मात्र खोजिरहनु भएको छ भन्ने आरोप छ नि? 
केही फरक पर्दैन। बिमती राख्न पाइन्छ नि। जनताको बहुदलीय जनवादमा सबै सदस्यले फरक मत राख्न पाउँछ भनिएको छ। हाम्रो विधानमा पार्टीका सबै सदस्य सार्वभौम हुन्छन् भनेर हामीले लेखाएका हौं। त्यसैले एमालेभित्र हामीले आफ्ना कुरा राख्न पाउँछौं। यो नै अहिलेको अवस्था हो। हामीले विधानको प्रस्तावनाले दिएको अधिकार प्रयोग गरि आफ्ना मत राख्न पाउनुपर्छ। त्यसपछि मात्रै बहुमतले गर्ने निर्णय स्वीकार गर्ने कुरा हुन्छ। 

फेरि कम्युनिस्ट एकताको सम्भावना छ त? 
अझै पनि मैले देखेको छु। कार्यकर्ताको यसमा दोष छैन। नेतृत्वले धैर्यता र संयमता अपनाए हुन सक्छ। सबै यूटर्न गरेर फर्कन सक्छन्। केपी शर्मा ओली र माधवकुमार नेपाल पनि एक हुन सक्छन्। अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ फरक पाटो हुनु भयो। कार्यकर्ता र नेतृत्वले विगतका कुरा भुलेर जाने हो भने हुनसक्छ। 

जनताले नेकपालाई भनेर चुनावमा बहुमत दिएका थिए। एकता नसकिँदै एमाले र माओवादी अलग-अलग हुने अवस्था आयो। अब कसरी अघि बढ्नुहुन्छ?
हामीले विगतमा एकता गर्दा सबै प्रक्रिया पूरा गरेर गर्न नसकेकै हो। एकता गर्नु गलत थिएन। आज सर्वोच्चको फैसलाले पछाडि फर्केका छौं। जनताको जनमतप्रति धोका भन्दा पनि यसको प्रयोग गर्न नसकिएको हो। यसलाई स्वीकार गर्नुपर्छ। आज सदुपयोग भएन भनेर भोलि दुरुपयोग हुन्छ भन्ने होइन। आज जे छ त्यसलाई स्वीकार गरेरै जानुपर्ने अवस्था छ। आज जे घटना भएको छ त्योप्रति जनतासँग माफी माग्नै पर्छ। आज जे घटना घट्यो त्यसको जिम्मेवार हामी नै हो। जनताले दुई तिहाइ दिएकै हो। हामीबाट धेरै हौसिन वा मात्तिने वा दम्भ देखाउने कार्य भयो होला। जनमतप्रति हामीले गरेको गल्तीप्रति क्षमा माग्नैपर्छ। पार्टी त्यसै बन्दैन। यसका लागि धेरै समयको लागत छ। नेपालमा कम्युनिस्ट र कांग्रेसको लामो इतिहास छ। कहिले गल्ती गर्छन्, त्यसकारण दण्ड पनि गर्नुपर्छ भनेर जनताले गरेका छन्। विगतमा जनतालाई हामीले आन्दोलनमा आऊ भन्दा पनि नआएकै हुन् नि। जब सबै पार्टीका नेताहरुले एक भएर हामीबाट गल्ती भयो अब जनतालाई यस्तो धोका हुने छैन भनेर कान समाएर उठबस गरेपछि २०६२/६३ को आन्दोलन सफल भएको हो।

चैत ४ र ५ गतेको भेला चाहिँ तपाईंहरुले ओलीलाई 'काउन्टर' दिन बोलाउनु भएको भन्ने आरोप छ नि? 
यसलाई यसरी पनि लिन मिल्दैन। यो हाम्रो उत्साहको भेला होइन। आजको परिस्थितिमा हामी त्यो बाटोमा जान बाध्य भएका हौं। अझ पनि मेरो विचारमा त्यहाँ पुग्नु हुँदैन। आज केपी ओलीको हातमा ठूलो जिम्मेवारी छ। यस्तो अवसर कसैका लागि पनि आउँदैन। पछिल्लो पुस्ताले पाउँछ कि पाउँदैन भन्न सकिँदैन। म अहिले पनि औंला ठड्याएर भन्छु- तपाईंले पाएको जनमत र अवसर सदुपयोग गर्नु भएन। तपाईं सच्चिनुस्। एक पटक फेरि ठन्डा दिमागले सोच्नुस्। परिस्थिति तपाईंले सोचेजस्तो छैन। फागुन २८ गतेको निर्णय फिर्ता लिनुस् अनि २०७५ जेठ २ गतेमा फर्कनुस्। फेरि त्यही अवस्थामा फर्केर सहमति गर्दै बैठक चलाएर जाउँ। यो हुँदा ४ र ५ गतेको भेला पनि आजै स्थगित गरौं। र, ७ गतेको बैठक पनि स्थगित गरौं। अबको केन्द्रीय कमिटी कसरी सहज बनाउने कुरा गरौं। नमान्ने भन्ने कुरा नै आउँदैन। 

प्रधानमन्त्री पुरानै अडानमा रहेको हिजै पनि दोहोर्‍याउनु भयो। विगतमा पनि यसैगरी पार्टी विभाजन भएको देखिन्छ। चैत ४ र ५ गतेको भेला पार्टी विभाजनको सुरुवात हो? 
यदि उहाँको यही भनाइ हो भने समय सबैको गएको हो नि। उहाँको मात्र समय बितेको त पक्कै होइन होला। हाम्रो पनि बितेको छ। घडी सबैले लगाएका छन्। यो घडीले सबैको समय बितेको देखाउँछ नि। बाटो अरु हिँड्ने पनि छ नि। उहाँ हिँड्ने मात्र बाटो हुने र अरु हिँड्ने बाटो नहुने अवस्था त पक्कै पनि छैन होला। 

यसको मतलब अलग हुन सकिन्छ भन्ने हो? 
होइन। हामी अहिले पनि एकताको बाटो हिँड्नुपर्छ भन्छौं। माधव नेपाल र ओलीले दुईतर्फ गाडी कुदाएको मात्र हो। बानेश्वर पुगेपछि त बाटो एउटै हो नि। ४ र ५ अनि ७ गतेको भेलाले पार्टी विभाजनतर्फ होइन एकतातर्फ लैजान केन्द्रीत गरौं। यसका लागि अलि धेरै प्रयास प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्नुपर्छ। किनकी उहाँ पार्टीको जिम्मेवारीमा हुनुहुन्छ। हिजो उहाँले बोलाएर राम्रै काम गर्नु भयो। पार्टी कार्यालयमा बसियो, राम्रै भयो। यसलाई निरन्तर दिनुपर्छ। बालुवाटारको चौघेराबाट मात्र सबै परिस्थिति देखिँदैन। दार्चुलाको कालापानीमा के छ? र, ताप्लेजुङको ओलाङचुङगोलामा के छ भन्ने पनि हेर्नु पर्छ। सबै एमाले कार्यकर्ताहरुले के भन्छन् भन्ने पनि हेर्नुपर्छ।

उसो भए भोलि र पर्सिको भेलाबाट के निर्णय के गर्नुहुन्छ?
यो भेलाले पार्टीलाई जबजको सिद्धान्तमा एकतावद्ध बनाउने काम गर्छ। पार्टी चलाउने कुरा, सुदृढ र एक भएर अघि बढ्ने कुरामा यसले काम गर्छ। पार्टीलाई सर्वोच्चको फैसला अनुसार २०७५ जेठ २ गतेमा पु
र्‍याएर नेकपा (एमाले) अझै मजबुत बनाउने कार्य गर्नुपर्छ र गर्छ। हामीले भेला पार्टी विभाजनका लागि होइन एकताका लागि बोलाएका हाैं।

तपाईंहरु पूर्ववत् रुपमा फर्केपछि जनतामा कम्युनिस्ट पार्टीप्रति अन्योल परेको जस्तो देखिन्छ। अब कम्युनिस्ट पार्टी माओवादी कि एमाले? 
यो छान्ने जिम्मा जनतालाई नै दिनुपर्छ। किनभने मैले मेरो पार्टी सर्वश्रेष्ठ भन्छु, अर्कोले अर्को भन्छ। अब जनताले पार्टी वा नेता कसलाई छान्ने, जनताकै दायित्व हो। 

अहिलेको अवस्था आइपुग्दा तीन वर्षअघि जनतालाई देखाएको घोषणापत्रको सम्झना र झल्को आउँदैन?
झल्झली सम्झेका छौं। अझै धेरै त बालुवाटारलाई सम्झना हुनुपर्छ। बितेका तीन वर्षका विषयमा हामीले टाउकोमा आइस राखेर सोच्नुपर्ने अवस्था भएको छ। केपी ओली पनि सडकमा आउनु भएको छ। हामी पनि आएका छौं। सबै जना सडकमै बल्ड्याङ खाएका छौं। नेताले संयमता गुमाउनु हुँदैन, धैर्यता देखाउँछ। नेतृत्वले सही बाटा देखाउनुपर्छ।

हामी अहिले पनि मन, वचन र कर्मले एकताको पक्षमा छौं। क-कसले एकता विभाजन गर्ने खेल खेलिरहनुभएको छ, म त्यसलाई घृणा गर्दछु। बालुवाटारमा भएका वा बाहिर भएका हुन्, जहाँसुकैको गुटबन्दीले पनि त्यसमा असर पारेको छ। यी सबै गलत हुन्। मन, वचन र कर्मले मलगायत धेरै साथीहरु एमाले विभाजनको विपक्षमा छन्। 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  २०:१५
  • #नेकपा_एमाले
  • #योगेश-भट्टराई
  • #एमाले_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
झापामा कोभिडका आठजना सङ्क्रमित फेला
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता मंगलबार, असार १७, २०८२
२८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला मंगलबार, असार १७, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्