• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिम प्रदेश विभूषण घोषणा भएन, कार्यविधि संशोधन गर्दै सरकार
64x64
शेरबहादुर ऐर आइतबार, फागुन ९, २०७७  १०:५१
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले विभूषण कार्यविधि २०७७ कार्यान्वयन चरणकै बीचमा संशोधन गर्न लागेको छ। प्रदेश सरकारले पहिलो पटक प्रदेश विभूषण घोषणा गर्ने कार्यक्रम ल्याएको थियो।

प्रदेश सरकार गठन भएको दिनमा विभूषण घोषणा गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको कार्यविधिमा उल्लेख थियो। प्रदेश सरकार गठन भएको दिन विभूषण घोषणा गर्न नसकेपछि अहिले कार्यविधि संशोधन गर्न लागेको जनाइएको छ।

मन्त्रालयले बनाएको कार्यविधिमा भनिएको छ- प्रदेश सरकारले कार्यविधि जारी गर्न ढिलाइ भएपछि चालू आर्थिक वर्ष २०७७/०७८ मा माघ मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गरी मन्त्रालयमार्फत् अन्तिम निर्णयका लागि प्रदेश सरकार (मन्त्रिपरिषद्) समक्ष प्रस्ताव पेश गर्नुपर्ने र सरकारले शीघ्र निर्णय गरी प्रदेश सरकार गठन भएको दिन विभूषण प्राप्त गर्ने व्यक्ति वा पदाधिकारीको नाम घोषणा गर्न सक्ने छ र घोषित नाम यथाशीघ्र कुनै राष्ट्रिय वा प्रदेशस्तरको सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण गर्नुपर्ने छ।

फागुन ५ गते सुदूरपश्चिम प्रदेश सरकार गठन भएको तीन वर्ष पुगेको छ। प्रदेश सरकारले उक्त दिन कुनै पनि कार्यक्रम गरेन। प्रदेश सरकार गठन भएको तीन वर्षको उपलब्धिसहितको पुस्तक प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रजातन्त्र दिवसको दिन अनावरण गरेकी थिइन्।

प्रदेश सरकारको विभूषण कार्यविधि अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रीको अध्यक्षतामा विभूषण सिफारिस समिति गठन गरिने उल्लेख छ। सोही अनुसार मन्त्रालयले माघ १६ गते सूचना जारी गरि २५ गतेभित्र नाम सिफारिस समितिमा पठाउन भनिएको थियो।

Ncell 2
Ncell 2

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सूचना जारी भएपछि एक सय ५४ जनाको विभूषणका लागि नाम सिफारिस समितिमा पठाइएको थियो। 

‘सिफारिस समितिमा नाम आएका छन्। अझै पनि केही नामावली आउने क्रम रहेकाले प्रदेश सरकार गठन भएको दिन विभूषण घोषणा प्रक्रिया अघि बढ्न सकेन’, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले भने, ‘हामीले अब कार्यविधि संशोधनका लागि पठाएका छौं।’

उनले कार्यविधिमा के संशोधन गरिन लागेको भन्ने अहिले भन्न नमिल्ने बताए। उनले भने, ‘संशोधन भएर कार्यविधि आएपछि सार्वजनिक भइहाल्छ।’

कानुन व्यवसायीहरूले भने कार्यविधि जारी भएर प्रक्रिया अघि बढिसकेपछि बीचैमा कार्यविधि संशोधन गर्न नमिल्ने बताएका छन्। एक जना कानुन व्यवसायीले भने– ‘प्रक्रिया अघि बढाएर बीचैमा कार्यविधि संशोधन गरेमा संशोधन कार्यविधि मान्य हुँदैन।’ उनले संशोधित कार्यविधि वैधानिक नहुने बताए।

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश रक्षक, शिक्षा ज्योती, मृत्युजञ्य, गौरव, कृषि रत्न, सहकारी दूत, उद्यमतारा, प्रदेशद्रष्टा, वातावरण श्री, विकास सेवी, सञ्चार किरण, नव प्रवर्तन श्री, सुभाषिक, कलाकीर्ति, संस्कृतिदीप, श्रष्टा, सेवाश्री, सुप्रवल श्री र प्रवल श्री गरी १८ वटा विधामा प्रदेश विभूषण घोषणा गर्ने तयारी गरेको थियो।

प्रदेश विभूषणका लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ विनियोजन गरेको छ। मन्त्रालयले कुन विधामा कति रकम दिने भन्ने टुङ्गो लगाउन सकेको थिएन। त्यसका लागि मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको थियो।

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक–पटक छलफल भए पनि सत्तापक्ष गम्भीर... सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति ज... सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा विषयक कार्यक्रममा सभापति देउवाले तुलन... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
भोलिसम्म सहमति खोज्ने विपक्षीको प्रस्तावका कारण सदन दुई दिनपछि सारियो : सचेतक बर्तौला सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
राप्ती नगरपालिकाले चिकित्सकसहित ७२ कर्मचारी हटायो सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्