काठमाडौं– लिगको १८ औं स्थानमा रहेको फुलहामले इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग बराबरी खेलेको छ। बुधबार राति भएको खेलमा फुलहाम र टोटेनहम १–१ गोलको बराबरीमा रोकिएको हो।
आफ्नै घरेलु मैदानमा टोटेनहमले तुलनात्मक रुपमा कमजोर देखिएको फुलहामसँग जित निकाल्न सकेन। टोटेनहमका लागि ह्यारी केनले गोल गरे। यता, फुलहामका इभान काभालेरोले गोल फर्काएपछि दुई टिमले बराबरी खेलेका हुन्। खेलको २५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए।
केनको गोलबाट पहिलो हाफमा १–० गोलको अग्रता लिएको टोटेनहमले यो अग्रता जोगाई राख्न सकेन। खेलको ७४ औं मिनेटमा इभानले गोल गर्दै फुलहामलाई १–१ गोलको बराबरीमा पुर्याए। बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीकम सकिएको हो।
यो बराबरीसँगै टोटेनहमले लिगको तेस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ। म्यानचेस्टर सिटीले अर्को खेलमा जित निकालेसँगै छैटौं स्थानमा झरेको टोटेनहमको १७ खेलबाट ३० अंक छ। टोटेनहमलाई बराबरीमा रोकेको फुलहामको भने १६ खेलबाट १२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।