काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाले २८औँ पटक ला लिगाको उपाधि जितेको छ । लामिन यमालले उत्कृष्ट प्रदर्शन गरेको खेलमा इस्पानियोललाई २–० ले हराउँदै बार्सिलोना च्याम्पिएन बनेको हो ।
खेलको ५३ औँ मिनेटमा १७ वर्षीय यमालले लामो दुरीबाट गरेको घुमाउरो प्रहार गोलमा परिणत भएपछि बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । खेलको इन्जुरी समयमा यमालकै पासमा फरमिन लोपेजले अर्को गोल गर्दै उपाधि रक्षा गरेका हुन् ।
२ खेल बाँकी हुँदा बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ७ अङ्कले पछि छाडेको छ । अहिलेको विश्वका सबै भन्दा रोमाञ्चक युवा खेलाडी यमालले गरेको गोल भने साँच्चै उत्कृष्ट थियो ।
प्रशिक्षक हान्सी फ्लिकको निगरानीमा पहिलो सिजन खेली रहेको बार्सिलोनाले तीन वटा घरेलु उपाधि जितेको छ । यसअघि कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि बार्सिलोनाले जितिसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।