काठमाडौं– लमजुङमा तरुण दलको अधिवेशनमा विवाद हुँदा खुकुरी प्रहार भएको छ। अधिवेशन रोक्ने प्रयास भएपछि दुई समूहबीच झडप भएको थियो, जसमा तीन जना घाइते भए।
घटनाका कारण लमजुङमा केही दिनदेखि तरुण दलका सदस्यहरूबीचको विवाद हो। सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरू बताउँछन् ।
अधिवेशनलाई लिएर केही दिनदेखि लमजुङमा तरुणहरूबिच विवाद भइरहेको थियो । घटनामा तीन जना घाइते भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।