काठमाडौं– एथ्लेटिको मड्रिड जारी स्पेनिस ला लिगा फुटबलमा बलियो टिमको रुपमा देखिएको छ। लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिड भन्दा चार अंकले अघि रहेको एथ्लेटिकोले अझ दुई खेल कम खेलेको छ।
बुधबार बिहान भएको खेलमा एथ्लेटिकोले सेभियालाई २–० गोलले पराजित गर्यो। लिगको छैटौं स्थानमा रहेको सेभियालाई पराजित गरेसँगै एथ्लेटिको मड्रिडलाई उपाधि यात्रामा अझ सहज भएको छ। खेलको १७ औं मिनेटमा नै एन्जल कोरेयाले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको एथ्लेटिको मड्रिडका लागि साउल निगुएजले गोल गर्दै २–० को जित दिलाए।
उपाधि दौडमै रियल मड्रिड र बार्सिलोना पनि छन्। तर यो पटक भने अपेक्षा गरेभन्दा पनि राम्रो नतिजा एथ्लेटिको मड्रिडले पाइरहेको छ। १६ खेलबाट ४१ अंक बनाएको एथ्लेटिकोलाई रोक्ने प्रयासमा रियल र बार्सिलोना छ।
दोस्रो स्थानमा रहेको रियल मड्रिडको १८ खेलबाट ३७ अंक हुँदा तेस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ३४ अंक छ। ला लिगा मै भएको अर्को खेलमा ग्रानाडाले ओसासुनालाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।