काठमाडौं– बर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।
बर्नलीलाई युनाइटेडले १–० गोलअन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा पाउल पोग्बाले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युनाइटेडले दोस्रो हाफमा गोल गर्दै जित निकालेको हो। खेलको ७१ औं मिनेटमा मार्कुस राष्फोर्डको एसिस्टमा पोग्बाले गोल गर्दै जित दिलाए।
जारी सिजनमा युनाइटेड पहिलो पटक लिगको शीर्ष स्थानमा उक्लिएको छ। युनाइटेडले १७ खेलबाट ३६ अंक बनाएको हो। पराजित बर्नलीको भने १६ खेलबाट १६ अंक छ। साविक विजेता लिभरपुल भने दोस्रो स्थानमा झरेको छ। लिभरपुलको १७ खेलबाट ३३ अंक छ।
प्रिमियर लिगमै भएको खेलमा वुल्भ्सलाई २–१ गोलअन्तरले पराजित गर्दै एभर्टन लिगको चौथो स्थानमा उक्लिएको छ। अर्को खेलमा भने शेफिल्ड युनाइटेडले न्युक्यासललाई १– ० गोलले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।