• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
आफूलाई सहयोग गर्न वामदेवसँग ओलीको प्रस्ताव, वामदेवले भने- पहिले तपाईं सच्चिनुस्
64x64
नेपाल लाइभ आइतबार, कात्तिक ३०, २०७७  १४:१०
1140x725
फाइल तस्बिर

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता वामदेव गौतमसँग भेटघाट गरी सहयोग गर्न प्रस्ताव गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गौतमलाई बोलाएर पार्टीमा पछिल्लो पटक देखिएको विवादका विषयमा छलफल गर्दै आफू अप्ठेरो अवस्थामा पुगेकाले सहयोग गर्न प्रधानमन्त्रीले प्रस्ताव गरेको गौतमको सचिवालयले जानकारी दिएको छ। 

नेता गौतमले भने त्यसबारे प्रधानमन्त्री ओलीबाट नै नेताहरूप्रति अपमानजनक व्यवहार भएकाले पार्टीमा वैमनश्यताको बीजारोपण भएको भन्दै त्यस्ता कदम सच्याउन आवश्यक रहेको बताएका थिए। प्रधानमन्त्री ओलीले गौतमसँग घण्टाभन्दा बढी समय छलफल गरेका थिए। छलफलमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए।

अहिलेको अवस्थामा कसरी अघि बढ्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले गौतमसँग सुझाव समेत मागेका थिए। उपाध्यक्ष गौतमले पार्टीका बैठकमा छलफल गर्नुपर्ने सुझाव दिएको गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए। प्रधानमन्त्रीले 'सहयाेग गर्नुस्' भनेर प्रस्ताव राखेपछि गाैतमले ओलीलाई पहिले 'तपाईं सच्चिन जरुरी छ' भनेर जवाफ दिएका थिए।

प्रचण्डले राखेकाे राजनितिक प्रतिवेदन फिर्ता हुनुपर्ने अनि छलफल सहजता हुने ओलीको भनाइ रहेको गौतमको भनाइ थियो।

'तपाईं सच्चिएपछि प्रचण्डले राखेको प्रतिवेदन फिर्ता लिनै पर्दैन। त्यो प्रतिवेदन आफै गौण हुन्छ,' प्रधानमन्त्रीलाई गौतमले दिएको प्रत्युत्तर उद्धृत गर्दै सुवेदीले नेपाल लाइभसँग भने, 'सबै विषय सचिवालय बैठकमा छलफल गर्न सकिन्छ। त्यहीबाट समाधान सजिलो हुन्छ।,'

यसअघि शनिबार साँझ मात्र प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि पुगेका थिए।  शनिबार दिउँसो ४ बजेतिर शितल निवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका थिए। 

प्रधानमन्त्री ओलीसहित उनी निकट थप नेताहरुसमेत राष्ट्रपतिसँगको भेटका लागि पुगेका थिए। प्रधानमन्त्रीले पछिल्लो पटक देखिएको विवादका विषयमा कुराकानी गरेको स्रोतको दाबी छ।

राष्ट्रपतिले लगातार प्रधानमन्त्री ओलीलगायतका नेकपा नेताहरू भेटेर पार्टीमा हस्तक्षेप बढाएको भन्दै नेकपाकै केही नेताहरूले आलोचना गर्दै आएका छन्। पार्टीमा अप्ठेरो पर्नेबितिकै प्रधानमन्त्री ओली भने राष्ट्रपतिसँग छलफल गर्ने गरेका छन्। यसअघि पनि पार्टीमा विवाद हुँदा प्रचण्ड र ओलीले राष्ट्रपतिलाई साक्षी राखेर सहमति गरेका थिए। 

प्रधानमन्त्री ओलीको इच्छाविपरीत शुक्रबार बसेको सचिवालय कमिटीको बैठकपछि अध्यक्षद्वयबीच भएका पत्र आदानप्रदानका शृंखला सार्वजनिक भएका थिए। सचिवालय बैठकमा यसअघि एकै प्रतिवेदन पेस गर्दै आएको भएपनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत छुट्टै प्रतिवेदन पेस गरेका थिए। 

पार्टीमा गुटबन्दी गरेको, सरकार संचालनका प्रक्रियामा पार्टीसँग कुनै परामर्श नगरेको, भ्रष्टाचारीलाई संरक्षण गरेकोलगायतका आरोप प्रधानमन्त्री ओलीमाथि लगाउँदै प्रचण्डले १९ पाने राजनीतिक प्रतिवदेन पेस गरेका थिए। 

यसअघि पनि गत शुक्रबार प्रचण्डसहित ५ जना सचिवालय सदस्यले तिनै विषयको संकेत गर्दै तत्काल बैठक बोलाउन आग्रह गरेका थिए। त्यसपछि मंगलबार पाँचै जनालाई पत्र लेख्दै ओलीले आफूलाई पार्टी र सरकार संचालनमा सहयोग नगरेको आरोप लगाएका थिए। यसका साथै पार्टीको जिम्मेवारी पूरा नगरी गुटबन्दीमा लागेको समेत उनको आरोप थियो। 

शनिबारको बैठकमा नेताहरूलाई तिनै पत्र आदानप्रदान मात्र गरिएको थियो। बैठक मंसिर ३ गते पुनः बस्ने गरी सकिएको थियो।

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०७७  १४:१०
  • #केपीओली
  • #वामदेव-गाैतम
  • #नेकपा_विवाद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता
२८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला
सम्बन्धित सामग्री
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आज ललितपुरमा आयोजित तेस्रो चरणको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रमको उद्घाटनका अवसरमा मन... मंगलबार, असार १७, २०८२
राष्ट्रियसभा बैठक : शून्य समयमा सांसद‍्हरुले यस्तो भने राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझाव दिँदै किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउनसम... मंगलबार, असार १७, २०८२
नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्छ : सचेतक शाही सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलिङ पिरियडमा भएको चलखेलबारे नैतिकताको आधारमा सभापति खतिवडाले राजीनामा दिनुपर्ने ब... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता मंगलबार, असार १७, २०८२
२८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला मंगलबार, असार १७, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी मंगलबार, असार १७, २०८२
नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्