• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ २९, २०८२ Thu, Jun 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भारतीयको डिजाइनमा नेपालमा ठगी आतंक : सालाभिनाजु जेलमा, योजनाकार भारतमै मस्त
64x64
नारायण अधिकारी शुक्रबार, भदौ ५, २०७७  १७:१०
1140x725

काठमाडौं- भारतीय नागरिकहरू रेहान, विक्की गुप्ता कलवार र मुरारी महतोले नेपालमा अनलाइनमार्फत् ठगी गर्ने योजना बनाए। यसका लागि उनीहरूले अनलाइनमार्फत् नै नेपालमा साथी पनि बनाए। 

पर्साको वीरगञ्ज–२९ का ३० वर्षीय कृष्णप्रसाद साह र वीरगञ्ज–३२ का २० वर्षीय सुनील साह भारतीय नागरिक रेहानसँग जोडिए। उनीहरु नाताले साला-भिनाजु हन्। कृष्ण भिनाजु हुन् भने सुनील साला। तिनै भारतीयको योजनामा नेपालमा ठगी धन्दाको आतंक मच्चाएका सालाभिनाजु अहिले केन्द्रीय कारागार सुन्धारामा छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले उनीहरुलाई पुर्पक्षका लागि जेल चलान गरेको हो। 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई असार ११ गते पक्राउ गरेको थियो। प्रहरीमा आएको जाहेरी अनुसार मात्रै यी सालाभिनाजुले नेपालमा १३ लाख ३९ हजार १ सय ४० रुपैयाँ ठगी गरिसकेको पाइएको छ।

उनीहरुलाई प्रयोग गरेर ठगी गर्ने तीन भारतीय नागरिक भने कारबाहीको दायरामा आएका छैनन्। भारतीयको योजनामा ठगी गरेको बयान उनीहरुले दिएका छन्। उनीहरुको ठगीको शैली भने नौलो किसिमको छ।

यसरी भएको थियो ठगी
अनलाइन सपिङका नाममा उनीहरुले ठगी गरेको पाइएको छ। यसका लागि फेसबुकलगायत सामाजिक सञ्जालमा उनीहरुले विभिन्न ब्राण्डका मोबाइललगायत सामानहरु सस्तो मूल्यमा दिने भन्दै फोटाहरु हाल्ने गरेका थिए। यो योजना उनै भारतीयको थियो। भारतीय नागरिकले भारतमै रहेर यो सब काम गरेका थिए।

यसरी सस्तो मूल्यमा सामान पाउने भएपछि नेपालमा रहेका विभिन्न व्यक्तिले सामान किन्न एडभान्स रकमसमेत दिएका थिए। उक्त रकम नै भारतीय नागरिकले यी दुई सालाभिनाजुको नाममा हाल्न लगाएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको थियो। 

कृष्णप्रसाद र सुनीलले आफ्नो नाममा आएको रकम निकालेर ठगीका योजनाकार भारतीय नागरिकहरुलाई पठाउने गरेको पाइएको थियो। 

अनलाइनमार्फत् मोबाइल खरिद गर्ने भन्दै कञ्चन भण्डारीलाई जीवनकुमार यादवको नविल बैंकको खातामा ६५ हजार जम्मा गर्न लगाइ ठगी गरिएको थियो।

Ncell 2
Ncell 2

उता लक्ष्मी शर्मा गौतमलाई भने भारु १० लाख रुपैयाँ र १० तोला सुन पुरस्कार जितेको भन्दै भाइबर र ह्वाट्सएप म्यासेज पठाएका थिए। पुरस्कार लिनका लागि करवापतको ६० हजार रुपैयाँ चाहिने भन्दै मनमोहन कुमारको नाममा आइएमइ गर्न लगाएर ६० हजार रुपैयाँ ठगी गरेका थिए।

यस्तै, जेनिस मानन्धरको मोबाइलमा भने मोबाइल किन्नका लागि सम्पर्क गर्नु भनेर भारतीय एक नम्बरबाट म्यासेज आएको थियो। त्यसपछि उनले उक्त नम्बरमा सम्पर्क समेत गरेका थिए। मानन्धरलाई ७५ हजार रुपैयाँ पर्ने मोबाइल ४० हजार रुपैयाँका दरले उपलब्ध गराइदिने र होल डेलिभरीसमेत गराई दिने विश्वास दिलाइयो। 

त्यसवापत एड्भान्स भन्दै उनीसँग १ लाख ६० हजार रुपैयाँ लिएर ठगी गरेको अनुसन्धानबाट खुलेको थियो।

‘एक लाख ६० हजारसम्म पर्ने आइफोन अब ६० हजारमा घरमै उपलब्ध’ फेसबुकमा साजन बनमालाले विज्ञापन देखे। एउटा आइफोनमै १ लाख रुपैयाँसम्म फाइदा हुने देखेपछि बनमालाले ७ लाख ८४ हजार हजार १ सय ४० रुपैयाँ एड्भान्सस्वरुप जम्मा गरिदिए। त्यसपछि भने सस्तोमा मोबाइल उपलब्ध गराइदिन्छु भन्ने भारतीय सम्पर्कविहीन भएका थिए।

जाहेरवाला प्रमिसा घिमिरेबाट १५ हजार, रोमन भट्टराईबाट ३० हजार, उज्ज्वल श्रेष्ठबाट २५ हजारलगायत गरी १३ लाख रुपैयाँभन्दा ठगी गरेका थिए।

सालाभेनाको बयान– भारतीयको पछि लाग्दा डुबियो
कृष्णको साथबाट प्रहरीले विभिन्न नम्बरका सिमकार्डहरू र विभिन्न व्यक्तिहरूको नामको भिसा कार्ड, नगद  ७४ हजार ८ सय ७० रेमिटेन्स भौचर १ थान, चाँदीको जस्तो सिक्री १ थान बरामद गरेको थियो। 

कृष्णप्रसाद साहले अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा जाहेरवालाहरू कसैसँग पनि आफ्नो चिनजान नभएको बताएका छन्। भारतीय नागरिकहरू रेहान, विक्की गुप्ता कलवार र मुरारी महतो तथा नेपाली नागरिकहरू अनमोल राय र रविराज गुप्ता आफ्ना साथीहरू भएको उनको बयान थियो। 

‘उनीहरुले अनलाइनमार्फत् विभिन्न व्यक्तिहरूलाई मोबाइल खरीद–बिक्री गर्ने र चिट्ठा जितेको झुट्टा कुरा गरी मोबाइलको मूल्य रकम र चिट्ठाको पुरस्कार लिन लाग्ने शूल्क विभिन्न व्यक्तिको बैंक खातामा जम्मा गर्न लगाउने र रकम लिने योजना बनाए। बैंक खातामा जम्मा भएको रकमबाट हिस्सा दिने गरी रकम भुक्तानी लिने जिम्मा मलाई दिएका थिए,’ कृष्णप्रसादले बयानमा भनेका छन्।  

सोहीबमोजिम आफूले सुनीललाई साथमा लिई पर्सा, बारास्थित विभिन्न बैंकको एटिएम बुथबाट विभिन्न बैंकको भिसा कार्डमार्फत् भुक्तानी लिने गरेको उनले बताएका छन्। 

कृष्णप्रसादले बयानमा अगाडि भनेका छन्, ‘भुक्तानी लिन प्रयोग भएको भिसा कार्ड रविराज गुप्ता र अनमोल रायले दिएका हुन्। मैले पटक–पटक विभिन्न व्यक्तिहरूको नामबाट आएको अन्दाजी ४ लाख जति भुक्तानी लिएँ होला। उक्त रकम रविराज गुप्ता र अनमोल रायलाई दिनुपथ्र्यो। निजहरूले प्रत्येक पटक भुक्तानी लिएको रकमबाट मलाई ३ देखि ५ हजार दिन्थे। भारतीयको पछि लाग्दा आज यस्तो हालत भयो।’

रविराज गुप्ताले अह्राए बमोजिम २/३ पटक पैसा निकालेर उसलाई दिएको र रविराजले आफूलाई मोबाइल र सिम पनि राख्न दिएको कृष्णप्रसादले बताएका छन्।

अर्का प्रतिवादी सुनीलसाह कानूले पनि जाहेरवालाहरु कसैलाई पनि नचिन्ने बताएका छन्। ‘प्रतिवादी कृष्णप्रसाद साह मेरो भिनाजु हुन्। उनले मलाई कहिलेकाहीँ बोलाई बाराको सिमरा तथा जितपुर शाखाका विभिन्न बैंहरूबाट रकम निकाल्ने गरेका थिए, को–कसको बैंक खाताबाट के कारोबारको रकम भुक्तानी लिएका हुन् मलाई जानकारी छैन,’ उनले बयानमा भनेका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवे... बिहीबार, जेठ २९, २०८२
थापाथली चोकमा टेम्पोले ठक्कर दिँदा एक ट्राफिक प्रहरी जवान घाइते बिहीबार बिहान थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका... बिहीबार, जेठ २९, २०८२
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद... बुधबार, जेठ २८, २०८२
ताजा समाचारसबै
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद बिहीबार, जेठ २९, २०८२
मुलुकमा भएका प्राकृतिक साधनको अधिकतम उपयोगबाटै देश समृद्धितर्फ अघि बढ्छ : अर्थमन्त्री पौडेल बिहीबार, जेठ २९, २०८२
आटा लिन गएका प्यालेस्टीनीमाथि इजरायली सेनाले गोली चलाउँदा २५ जना मारिए बिहीबार, जेठ २९, २०८२
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी बिहीबार, जेठ २९, २०८२
अत्याधिक गर्मीका कारण विद्यालय बन्द बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो)
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो) बुधबार, जेठ २८, २०८२
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो बुधबार, जेठ २८, २०८२
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो)
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो) बुधबार, जेठ २८, २०८२
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
‘संसद्को गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार’ बुधबार, जेठ २८, २०८२
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, जेठ २८, २०८२
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बिहीबार, जेठ २९, २०८२
यी हुन मन्त्रिपरिषद्का ११ वटा निर्णय (सूचीसहित) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्