• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
परिवारवाद र गुटको दुष्चक्रमा कांग्रेस
64x64
भानु बोखिम मंगलबार, भदौ २, २०७७  ०९:५१
1140x725

दक्षिण एसियाको राजनीतिमा परिवारवाद अब नयाँ बिषय रहेन। लोकतन्त्रमा राजनीतिक दलको उपस्थिति अनिवार्य हुन्छ। दलको उपस्थिति तथा दलका नेताहरुबीच हुने आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्रलाई सबल बनाउँछ भन्ने विस्वास गरिन्छ। तर लोकतान्त्रिक दलको विधान बोकेको राजनीतिक दलले परिवारवादका कारण निजी कम्पनीको स्वरुप ग्रहण गरेका छन्। परिवारवादमा फसेको राजनीतिक दलले लोकतन्त्रको जति नै दुहाई देओस्, आखिर ऊ जनताको नजरबाट ओझेल पर्दै जान्छ। यसको ज्वलन्त उदाहरण भारतीय राष्ट्रिय कांग्रेसलाई लिन सकिन्छ । 

भारत स्वतन्त्र भएपछि त्यहाँ कांग्रेस निर्वीकल्प राजनीतिक दल थियो । गान्धीको परिवारवादमा फसेको भारतिय कांग्रेस अहिले अति नै कमजोर देखिन्छ। कांग्रेस कमजोर भएपछि भारतमा प्रगतिशील विचार पनि मर्दै गएको छ। भाजपाको हिन्दु अतिवादले लोकतन्त्र र भारतको संविधानको उछितो काढिरहेकेा छ।

अर्कोतिर गान्धी परिवारले मात्र कांग्रेसको नेतृत्व गर्न सक्छ भने मनोविज्ञानले कांग्रेस अझ कमजोर बन्दै गएको छ। पछिल्लो लोकसभा निर्वाचनमा त्यहाँको कानुनी ब्यवस्था अनुसार १० प्रतिशत संसद संख्या पुर्‍याउन नसकेर गान्धीको कांग्रेस औपचारिक प्रतिपक्षी पनि बन्न सकेको छैन। 

स्वतन्त्रता आन्दोलनदेखि नै भारतीय कांग्रेससँग साईनो गाँसिएको नेपाली कांग्रेसमा पनि परिवारवादको मनोविज्ञान झाँगिदै गएको छ।

स्वतन्त्रता आन्दोलनदेखि नै भारतीय कांग्रेससँग साईनो गाँसिएको नेपाली कांग्रेसमा पनि परिवारवादको मनोविज्ञान झाँगिदै गएको छ। भारतमा कांग्रेस भनेकै गान्धी परिवार हो भन्ने मनोविज्ञानले काम गर्थ्याे। यो  मनोविज्ञान गान्धी परिवारका सदस्यमा मात्र थिएन। अधिकांस कार्यकर्ता पनि यही सोचबाट ग्रसित थिए।

नेपालमा पनि कांग्रेस भनेकै कोइराला हो भन्ने मनोविज्ञानले धेरै काम गर्‍याे। कोइरालाले मात्र कांग्रेसको उत्थान गर्छ भन्ने मनोविज्ञानको फाइदा उठाउँदै नेपाली कांग्रेसको नेतृत्व धेरै समयसम्म कोईराला परिवारको सदस्यहरुले गरे। यो आफैंमा परिवारवादग्रस्त मनोविज्ञान थियो। अहिले शेरबहादुर देउवा सभापति छन्। कांग्रेसका पुराना नेता देउवाले सभापतिमा दोहोरिने मनसाय राखेका छन् ।

देउवाकै समकालीन रामचन्द्र पौडेलमा पनि एक पटक सभापति हुने लालसा जिवित छ। तर यसपालि देउवा र पौडेलभन्दा पछिल्लो पुस्ताका तीन नेता पनि चर्चामा छन्-विमलेन्द्र निधी, प्रकाशमान सिंह र सशांक कोइराला। यी तीन नेताको चर्चा उनीहरुको योगदानभन्दा बढी पारिवारिक विरासतका आधारमा भइरहेको छ। साथै यी तीन नेता स्वंयकाे आत्मविस्वासमा पनि विरासतले धेरै काम गरेको छ।

नेपालमा जहानिया निरंकुश राणा शासन ढाल्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्यो। मातृकाप्रसाद, बिपी कोइराला, गणेशमान सिंहले ज्यानको बाजी थापेर लडे। राणा शासन ढलेपछि पनि प्रजातन्त्रको निम्ति यिनीहरुको जीवनले उत्तारचढाव र कष्ट भोगिरह्यो । राजा महेन्द्रले प्रजातन्त्र आएको १० बर्षमै जफत गरेपछि पञ्चायत ढाल्न फेरि बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीले लडे। ०४६ सालको जनआन्दोलन सफल भएपछि गणेशमान सिंहले प्रधानमन्त्री हुन अस्वीकार गरेको कुरा चर्चामा थियो।

आजकल नेताहरु कांग्रेसको भूमिकामा हैन, कांग्रेसभित्र आफ्नो भूूमिकामा मात्र चिन्तित छन्। यो सोचमा ती नेताको मनोविज्ञान उच्च छ, जसको पिता पुस्ता नै कांग्रेसका प्रभावशाली नेता थिए। 

कांग्रेसभित्रको राजनीतिक दाउपेचमा महेन्द्रनारायण निधी प्रधानमन्त्री हुने हल्ला चल्यो। तर उनी प्रधानमन्त्री भने भएनन्। पुराना कांग्रेसी नेताहरुमा पनि प्रतिस्पर्धा देखिन्थ्यो। तर उनीहरुले पाटीको उद्धेश्यमा भने कटिबद्ध थिए। आफ्ना लागि पाटी भड्खालोमा परोस् वा भूमिकाहीन देखियोस् भन्दैनथिए। आजकल नेताहरु कांग्रेसको भूमिकामा हैन, कांग्रेसभित्र आफ्नो भूूमिकामा मात्र चिन्तित छन्। यो सोचमा ती नेताको मनोविज्ञान उच्च छ, जसको पिता पुस्ता नै कांग्रेसका प्रभावशाली नेता थिए। 

मेरो त पिता नै कांग्रेसका ठूला नेता थिए भन्ने मनोविज्ञान कांग्रेसमा जब्बर हुँदै गएको छ। यो मनोविज्ञानलाई फ्रेमिंग गर्नमा मिडीयाको भूमिका पनि उत्तिकै देखिन्छ। कांग्रेसमा यस्तो सोच निर्माण हुनुमा कार्यकर्ताको मनोविज्ञान र व्यवहारले पनि उत्तिकै भूमिका खेलेको छ। पछिल्लो महाधिवेशनमा महामन्त्रीका उम्मेद्वारमध्ये एक थिए गगन थापा। उनी युवा पुस्तामा चर्चित छन् भन्नेमा सन्देह छैन। उनले कांग्रेसको सिद्धान्त र योजना स्पस्टसँग राख्न सक्छन्। कांग्रेसको योजना र सिद्धान्तले अरुलाई प्रभाव पार्न सक्ने हैसियत पनि राख्छन्। जनतामा राम्राे प्रभाव छाड्न सफल गगनलाई कांग्रेसकै कार्यकर्ताले भने पत्याएनन्। उनी मत परिणामको हिसाबले कहाँ छोडिए कहाँ ? उसमाथि बिपीपुत्र सशांक कोइराला सजिलैसँग महामन्त्री जिते।

कांग्रेसमा सशांकको योगदान छैन भन्न मिल्दैन । तर गगनको तुलनामा योगदान र क्षमता दुवैमा सशांक पछि नै पर्छन्। सशांक महामन्त्री निर्वाचित हुनुमा बिपीपुत्र भन्ने मनोविज्ञानले काम गर्‍याे। बिपी कोइराला कांग्रेसका सँस्थापक नेता हुन्। कार्यकर्तामा सँस्थापक नेताका सन्तानले नै कांग्रेसको सबभन्दा बढी हित चाहन्छ र कांग्रेसलाई सबल बनाउँछ भन्ने विस्वास देखिन्छ। कार्यकर्ताको यस्तो मनोविज्ञान बुझेका प्रभावशाली तर दिवंगत नेताका छोराहरु आउँदो महाधिवेसनका लागि हौसिएका छन्। 

कांग्रेस लोकतान्त्रिक दल हो। यसले आफ्नो लोकतान्त्रिक विधान अनुसार कदम चाल्न बाध्य हुन्छ। पार्टीको विधानबमोजिम महाधिवेशन हुन्छ नै। पार्टीको आन्तरिक लोकतन्त्रका लागि कायकर्ताको मनोविज्ञानले कसरी काम गर्छ भन्ने महत्वपूर्ण हुन्छ। कार्यकर्ताले जनताले पत्याएको वा जनताको सामु कांग्रेसको योजना, सिद्धान्त र कार्यक्रम प्रभावकारी ढंगले राख्न सक्ने नेता चाहन्छन् वा कांग्रेसको समाजवादको घोकन्ते नारा फलाक्ने नेता? सभापति निर्वाचन भएपछि पाटीलाई चलायमान बनाउने र जनताको घरदैलोसम्म पुग्न सक्ने नेता चाहन्छन् वा अर्को महाधिबेसनसम्म विभागको निर्वाचन नगराउने वा गठन नगर्ने नेता? जो विरासतको आधारमा निर्वाचन लड्न खोज्दैछन् । उनीहरुमा कांग्रेसको सिद्धान्त र योजना प्रभावकारी ढंगले अगाडि राख्ने र सत्तारुढ नेकपालाई होसियारी गर्ने ल्याकत तुलनात्मक रुपमा कम छ ।  

आज पनि बहुमत कांग्रेस कार्यकर्ताले नयाँ नेतालाई पत्याएको देखिँदैन। परिणामत: कृष्णप्रसाद सिटौलाको उम्मेद्वारी वा समूह राजनीतिक च्याँखे थाप्नमात्र काम आउनेवाला छ।

 लोकतान्त्रिक पार्टीका बाबजुद कांग्रेसमा परिवारवाद मौलाउनुमा कोइराला परिवारको हात देखिन्छ। साथै परिवारवाद र गुटलाई पश्रय दिने नेताको योजनामा लालमोहर लगाउने कार्यकता पनि कम दोषी छैनन्। आज पनि बहुमत कांग्रेस कार्यकर्ताले नयाँ नेतालाई पत्याएको देखिँदैन। परिणामत: कृष्णप्रसाद सिटौलाको उम्मेद्वारी वा समूह राजनीतिक च्याँखे थाप्नमात्र काम आउनेवाला छ।

गगन थापाको वाककला वा कामले मतदाता प्रभावित भए पनि कांग्रेस कार्यकर्ताले नै पत्याउने छैनन्। कांग्रेस कार्यकर्ताको नजरमा गगन केन्द्रीय सदस्यका लागि मात्र उपयुक्त छन्। उनलाई पदाधिकारीको रुपमा कांग्रेसीजनले पत्याउन अझै धेरै बर्ष लाग्न सक्छ । विश्वप्रकाश शर्मा महाधिवेशनबाट निर्वाचित पदाधिकारी हुन्छन् भन्नेमा शंका छ। यी कुराहरु कांग्रेसी कार्यकर्ताको मनोविज्ञानले प्रतिविम्वित गर्ने तितो यथार्थ हो।

कांग्रेसीजनले लोकतान्त्रिक परिपाटीमा व्यक्तिको क्षमता वा निष्ठा परिवारसँग जोड्नु हुन्न भन्ने बुझ्न अझै धेरै समय लाग्ने देखिन्छ। कांग्रेसमा नेता त छन् तर समग्र कांग्रेसलाई नेतृत्व प्रदान गर्न सकेका छैनन्। गुट र परिवारवादको प्रभावमा पर्दै गएका कांग्रेसी कार्यकर्ताले आफ्नो सोच बदल्नु जरुरी देखिएको छ। कार्यकर्ताको सोच नबदलिएमा नेता त चुनिन्छ तर उसको पुरै कार्यकाल एक पक्षबाट अक्षम भएको आरोप खेप्नुमा बित्छ । यो भनेको कांग्रेसको रुख उजाडिँदै जाने प्रकृया हो। कांग्रेसी कार्यकर्ताले विवेक प्रयोग गर्ने बेला आएको छ जसले कांग्रेसको रुख स्याहार्ने राम्रो माली पाओस् ।  

कांग्रेसमा पहिले कोइरालावाद थियो। देउवाले कोइरालावाद वा त्यो समूहकाे वर्चस्व तोडे पनि गुटको प्रभावमा कांग्रेसलाई बलियो बनाउन सकेनन् । यसपालि गुटसँगै परिवारवादको मनोविज्ञानले पनि काम गरेको छ । गुट र परिवादको समिश्रणले कांग्रेसले बनाएको इतिहासलाई नै इतिहास बनाइदिन सक्छ। शीर्ष नेताले कांग्रेसको हित सोचेको खासै देखिएको छैन । यस्तो बेला कांग्रेसी कार्यकर्ताको विवेक प्रयोग महत्वपूर्ण छ। 
 

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  ०९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्