• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सहर उन्मुख काँठ : कहर उन्मुख विकास
दिनानाथ श्रेष्ठ शुक्रबार, साउन २३, २०७७  ०३:४३
1140x725

‘यो ठाउँ त अस्तिसम्म गाउँ थियो। अहिले सबै घरैघर भैसके। कत्रो विकास भैसक्यो। हामी चाहिँ जस्ताको त्यस्तै छौं। वडाध्यक्ष, मेयरलाई भनेर यी रुख, झाडी सब फाँड्नु पर्‍यो। हामी त जंगली जस्ता भयौं,’उपत्यका जोडिएको ग्रामीण क्षेत्रका छिमेकीको यो वाक्यमा धेरै कुरा लुकेको छ। 

यी वाक्यले काँठका अधिकांश मानिसहरूको विकासप्रतिको धारणा, विचार र बुझाइको प्रतिनिधित्व गर्छ। काँठबासीहरूको सहरबासी हुने लालसायुक्त मनोविज्ञानको प्रतिनिधित्व गर्दछ। फलस्वरुप बुझेर वा नबुभेर विकासको नाममा काँठवासी जनसमुदाय र जनप्रतिनिधिहरु विनाश निम्त्याउन उद्धत देखिन्छन्। 

काँठ क्षेत्रका मानिसहरूमा छिटोभन्दा छिटो सहरको बासिन्दा हुने हुटहुटी चलेको छ। कुनै ठाउँ विकास हुन त्यो ठाउँ सहर बन्नु पर्छ, कुनै गाउँ सहर हुनका लागि फराकिला बाटा, कंक्रिटका अग्ला भवनको जंगल, अग्ला पर्खालले घेरिएको कम्पाउन्ड, कम्पाउन्डभित्र पनि माटो सबै कंक्रिटले छोपिएको हुनुपर्छ। जग्गै बेचेर भए पनि कम्पाउन्डभित्र कार पार्किङ गरिनुपर्छ जस्ता विचारमा काँठबासीहरूले विकासलाई बुझेको पाइन्छ। 

काँठ क्षेत्रमा सार्वजनिक चौताराहरू दुर्लभ भएका छन्। ती चौताराहरूमा बाटो फराकिलो बनाउनको लागि डोजर लगाइएको छ। डोजरे विकासको बढ्दो विकृतिले काँठ क्षेत्रका जँगल, चौतारा, पानीका स्रोतहरुमाथि निर्मम प्रहार भएको छ। काँठबासी ताली बजाउनमै मस्त छन्, विकासको स्वागतको लागि। 

जनप्रतिनिधिहरू पनि विकास भन्नु नै डाँडाकाँडामा डोजर घुमाउनु हो भन्नेमा एकमत देखिन्छन्। गाउँ-गाउँमा बाटो पुर्‍याएर सुविधा बढाउनु सकारात्मक नै मान्नुपर्छ तर डाँडा भिरमा डोजर नचाउँदा त्यसले पार्ने नकारात्मक प्रभावहरुको अध्ययन, अनुसन्धानको कमी देखिन्छ। डोजर घुमाउने समयमा गाउँ टोलका जो कोही इन्जियरझैं प्रस्तुत हुन्छन्। चोर औंलाको इसारामै डोजर हिंड्ने बाटोको नक्सा कोर्छन्। डोजर त्यतै लाग्छ। हाम्रा पितापुर्खाले पछिल्लो पुस्तालाई सुम्पेका चौतारा उखेलिन्छन्। पाटी, पौवा ढालिन्छन्। पानीका स्रोतहरू पुरिन्छन्। सार्वजनिक जग्गामा डोजरले ताण्डव नृत्य गर्छ। कारण सबैलाई आफ्नो निजी जग्गा कसरी बचाउने भन्ने मात्र ध्याउन्न हुन्छ। 

दलका नेता, जनप्रतिनिधि दशकौँमा नभएको विकास भएको भन्दै भाषण गर्दैछन्। कार्यकर्ता ताली बजाउँदै छन्। भाषण र तालीको गड्गडाहटले जंगल, चौतारी, कुवा, पँधेरा, पाटीपौवाको चित्कार दबिएको छ। 

एक आर्थिक वर्षमा लाखौं लगानी गरेर डोजरले बाटो बनाउने र अर्को आर्थिक वर्षमा त्यही डोजरका कारण गएको पहिरो रोकथामको लागि करोडौं लगानी गर्ने क्रम रोकिएको छैन। पहिरोले माटोको मात्र क्षय भएको छैन। डोजरले नछोएका रुखहरू पहिरोसँगै बगेका छन्। सुन्दर डाँडाकाँडा कुरूप भएका छन्। जोखिम बढाएको छ। 

काँठ क्षेत्रका भिरालो जग्गामा प्लटिङ गर्ने क्रम बढ्दो छ। जग्गा सम्याउने नाममा महिनौंसम्म डोजरले प्रकृतिमाथि बलात्कार भइरहेको छ। जमिनको प्राकृतिक संरचनालाई ध्वस्त बनाएको छ। कुरूप बनाएको छ। जग्गा सम्याउने र प्लट मिलाउने ध्याउन्नमा पानीको प्राकृतिक बहावमाथि आक्रमण गरी जबर्जस्ती बहाव परिवर्तन गर्नाले वर्षा याममा भिराला खोल्साहरूमा पानीको बहाव अस्वभाविक रुपमा वृद्धि भई खोल्सा किनारामा रहेका जग्गा जमिन कटान हुने क्रम तीव्र बनेको छ। 

पुस्तौंदेखि प्रयोगमा रहेका सिंचाइका मुहानहरू ध्वस्त बनेका छन्। सीमित व्यक्तिहरुको फाइदाको लागि काँठका किसानहरूले ठूलो नोक्सानी र कष्ट व्यहोरिरहेका छन्। अर्कोतर्फ प्लटिङ गरिएको जग्गा बाँझो छोडिँदा कुरुपता र उत्पादनमा कमी हुनुका साथै आकाशे पानी संचित गर्ने आली नहुँदा बेँसीको समथर क्षेत्र डुबानमा पर्ने समस्या बर्सेनी बढ्दो छ। 

काँठ क्षेत्रमा दिन प्रतिदिन भवनहरू ठडिने होडबाजी चलेको छ। २०७२ को विनाशकारी भूकम्पले पुराना घर करिब ध्वस्त भएपछि ‘आना चलान, घर ढलान’गर्ने कार्यमा अस्वभाविक वृद्धि भएको छ। बेचिएका जग्गामा अन्यत्रबाट बसाइँ सर्नेहरूले भवन निर्माणमा तीव्रता दिइरहेका छन्। धेरै काँठबासीलाई लागिरहेको होला काँठ क्षेत्र अब विकास हुँदैछ। सहर बन्दैछ। तीव्र जनसंख्या वृद्धिले सीमित प्राकृतिक स्रोत साधनको दोहनलाई अझै प्रोत्साहित गर्छ। तर यसतर्फ न काँठबासी जनसमुदाय, न त जनप्रतिनिधिकै ध्यान पुगेको छ।  

दशकौंको संरक्षणबाट जोगिएको वन पनि कथित विकासका लागि बली चढाइने क्रम चलेको छ।

बचेखुचेको केही खाली जग्गा जमिनमा पनि कहिले रंगशाला त कहिले क्रिकेट मैदान बनाउने चर्चा बेलाबेलामा चलिरहेका छन्। आफ्नो जग्गा पर्ने भएका बाहेक बाँकीले रंगशाला र क्रिकेट मैदानले विकासको लहर भित्र्याउने तर्क गरिरहेका छन्। सयौं रोपनी सार्वजनिक जग्गा, जंगल मासेर, अतिक्रमण गरेर निर्माण गरिने यस्ता रंगाशाला, क्रिकेट मैदानले तत्काल विकास भएझैं लाग्ला पनि। तर अन्ततोगत्वा यसले प्रकृति, प्राकृतिक सुन्दरता, प्राकृतिक उपहारको विनाशको ढोका खोल्छ। कामना गरौं, धेरै क्षेत्रफल ओगट्ने यस्ता विकासहरु उपत्यका बाहिर लगिनेछन्। उपत्यकाको जमिन, जल जंगलमाथि थप बलात्कार हुने छैन। 

केही वर्षअघि मात्र उपत्यकाभित्र प्रादेशिक राजधानी राखिने, राख्नुपर्ने पक्षमा उपत्यकाका खासगरी काँठक्षेत्रका मानिसहरूले आ–आफ्नो स्तर, स्वभाव र क्षमता अनुसार टोल, चियापसल, सडक, सदनमा ऐक्यबद्धता जनाए। उपत्यकाबासीको सौभाग्य भनौं, उपत्यकामा प्रादेशिक राजधानी राखिएन। अन्यथा यस क्षेत्रको प्राकृतिक स्रोतमाथि थप आक्रमण हुने निश्चित थियो।

उपत्यकाको खाल्डोको साथै काँठ क्षेत्रमा पिउने पानी र काँठ क्षेत्रमा बाँकी रहेको जग्गामा खेतीपातीको लागि सिँचाइको पानीको स्रोत भनेकै वरिपरि डाँडाका पानीका मूल हुन्। हालसम्म जंगल जीवित छ त्यसकारण पानीका मूल जीवित छन्। विकास गर्नको लागि ती जंगलहरुमा डोजर छिराउन थालिएको छ। दलका नेता, जनप्रतिनिधि त्यस क्षेत्रमा दशकौँमा नभएको विकास भएको भन्दै भाषण गर्दैछन्। कार्यकर्ता ताली बजाउँदै छन्। भाषण र तालीको गड्गडाहटले जंगल, चौतारी, कुवा, पँधेरा, पाटीपौवाको चित्कार दबिएको छ। 

विकासका नाममा प्रकृतिमाथिको हमलाको विरुद्धमा सानै स्वरमा सही आवाजहरू नउठेका होइनन्। तर ती आवाजहरुले बहुसंख्यक काँठबासीको साथ पाएका छैनन्। बरु तिनीहरुको निधारमा विकास विरोधीको ट्याग लगाइन्छ। तिनीहरू जनप्रतिनिधिको लागि पनि कसिंगर भएका छन्। 

काँठ क्षेत्रमा रहेका हरिया वनजंगल सुन्दरताका लागि मात्र होइनन्। उपत्यकामा अक्सिजन र पानी आपूर्ति गर्ने लाइफलाइन पनि हुन्। यी वनक्षेत्रमाथि आक्रमण गर्नु यस उपत्यकाको मानवबस्ती र मानवसभ्यता माथिकै आक्रमण हो। 

काँठ क्षेत्रका अग्ला भूभागमा सामुदायिक वनको अवधारणा पश्चात् उल्लेख्य मात्रामा वनको संरक्षण भएको छ। समुदाय र वन उपभोक्ता समितिहरूको तदारुकताको कारण जंगल जोगिएको छ। यी जंगलहरुमा चितुवा, मृगलगायतका जंगली जनावरहरुले सुन्दरता थपेका छन्। बसन्त ऋतुको स्वागत गर्न राताम्मै फुल्ने लालीगुराँस अनि रंगीविरगी चराचुरुङ्गीले गाएका गीतहरुले जो कोहीलाई मोहित बनाउँछ। दशकौंको संरक्षणबाट जोगिएको वन पनि कथित विकासका लागि बली चढाइने क्रम चलेको छ। जंगली जनावरहरुको घरबास खोसिएका कारण जंगल छेउको गाउँ पस्ने क्रम बढ्दो छ। तर स्थानीय मानिसहरु जंगलकै कारण जंगली जनावरबाट असुरक्षित भएको भ्रम पालेर बसेका छन्। 

यस क्षेत्रमा मानव बस्ती बसेदेखि हामीभन्दा अघिल्लो पुस्तासम्मलाई विभिन्न रोगको उपचारका लागि यी नै वनक्षेत्रले प्रशस्त जडिबुटी आपूर्ति गरेकै थिए। अहिले पनि यस क्षेत्रमा प्रशस्त जडिबुटी पाइन्छन् तर अहिलेको पुस्ताका लागि यी जडिबुटी फगत झारपात भएको छ। 

काँठ क्षेत्रमा रहेका हरिया वनजंगल सुन्दरताका लागि मात्र होइनन्। उपत्यकामा अक्सिजन र पानी आपूर्ति गर्ने लाइफलाइन पनि हो। यी वनक्षेत्रमाथि आक्रमण गर्नु यस उपत्यकाको मानवबस्ती र मानवसभ्यता माथिकै आक्रमण हो। 

विकासको स्वभाविक प्रक्रियालाई रोक्न मिल्दैन। सकिँदैन। तर विकास योजनाबद्ध हुनुपर्छ भन्ने कुरा बिर्सन मिल्दैन। विकासले निम्त्याउने विनाशप्रति सजग हुनुपर्छ। विकासको काम सुरु गर्नुअघि पर्याप्त समय लिएर त्यसको कारणले पार्नसक्ने सकारात्मक र नकारात्मक असरहरु बारे विस्तृत अध्ययन हुनुपर्छ। जेठको अन्तिममा बजेट सक्ने विकासले बजेट मात्र सकिएको छैन, हाम्रा मौलिकता सकिँदै छन्। पहिचान सकिँदैछन्। रीतिरिवाज, परम्परा सकिँदै छन्। एउटा पुस्ताले अर्को पुस्तालाई कथा भन्न, नैतिकता सिकाउन, इतिहास बताउन, सुख दुःख बाँड्न, भेला छलफल गर्न प्रयोग गरिने चौतारीहरु सकिंदैछन्, पाटी पौवा सकिंदैछन्। 

प्रिय काँठबासी जनसमुदाय,
हाम्रो पुस्ताले जल, जमिन, जंगल लगाएतका प्राकृतिक स्रोत र पितापुर्खाले हाम्रो पुस्तालाई उपहार स्वरुप हस्तान्तरण गरेका पाटी, पौवा, चौतारा, मठ, मन्दिर, घाट, सार्वजनिक जग्गाको उचित संरक्षण गरि सकुसल अर्को पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो दायित्व हो। होसमा आउन ढिलो नगरौं। हामी यस क्षेत्रका अन्तिम पुस्ता होइनौं। स्वच्छ हावा, स्वच्छ पिउने पानी सहितको झुपडी प्रदुषित हावा र स्वच्छ पिउने पानीबिनाको अग्ला भवन भन्दा बढी महत्वपूर्ण हुन्छ। सजग रहौँ। हाम्रो पुस्ताले गरेको विकास अर्को पुस्ताको लागि विनाश नबनोस्।

प्रिय जनप्रतिनिधिहरु,
मूलतः स्थानीय तहका प्रतिनिधिहरुको मूल अभिभारा विकास नै हों। विकास यहाँहरुलाइ पनि त्यत्तिकै प्यारो छ जति जनतालाई छ। यहाँहरुको कार्यकालमा भएका विकासको फेहरिस्त डायरीमा टिप्नुभएकै होला। तीमध्ये कति लोकप्रियताका लागि थिए होलान्, कति निश्चित व्यक्ति, समूहहरूलाई खुशी पार्नको लागि थिए होलान्। जे भए भइसके। विनम्रतापूर्वक मेरो अनुरोध छ, अब विकास निर्माणको खाका बनाउँदा पूर्वाधारविद्, वातावरणविद्, संस्कृतिविद् र सरोकारवालाहरुको राय सुझावलाई पनि समेटौं। यहाँहरुका विकास निर्माणका योजनाहरू सीमित व्यक्ति वा समूहको स्वार्थ पूरा गर्न केन्द्रित नहोउन्। सान्दर्भिकता र प्राथमिकता पहिचान नगरि गरिएको विकास दिगो विकास हुन सक्दैन। यस्तो विकासले त टाठाबाठा र पहुँचवालको मात्र पक्षपोषण गर्दछ। सामान्य वर्गलाई समेट्न सक्दैन। 

दश औंला जोडेर बिन्ती गर्छु, विकास उभिँदा मौलिकता, संस्कृति, परम्परा, रीतिरिवाज, परम्पराहरू नढलुन्। विकासको भारीले प्राकृतिक स्रोत साधनहरू नथिचियुन्। विकासको रहर आगामी पुस्ताको लागि कहर नबनोस्। विकास र संरक्षण पारस्परिक निषेधित क्रियाकलाप होइनन्। संगै अघि बढाऔं। आउनुहोस्, तपाईं हामी हातेमालो गर्दै सामुदायिक वन, सार्वजनिक जग्गा, जलस्रोतहरुको संरक्षण गरौं। संरक्षण गर्न समुदायलाई प्रेरित गरौं। सार्वजनिक जग्गा अतिक्रमणलाई निरुत्साहित गरौं। यहाँहरू जनप्रतिनिधि त हो नै। कृपया हाम्रो नेता पनि बनिदिनुहोस्। नेताले भिडलाई डोर्‍याउँछ, भिडसँगै बग्दैन।

(चाँगुनारायण नगरपालिका-७, वागेश्वरी भक्तपुर)

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्