• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, असार १६, २०८२ Mon, Jun 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन
सदाका लागि ग्राउन्डेड भए ६ चिनियाँ जहाज
64x64
उत्तम काप्री शुक्रबार, साउन १६, २०७७  ०९:००
1140x725

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा प्रयोग गर्दै आएका ६ वटै चिनियाँ जहाज साउन १६ अर्थात् आजबाट सदाका लागि ग्राउन्डेड भएका छन्। असार १६ गते बसको निगम सञ्चालक बोर्डले साउन १५ गतेपछि चिनियाँ जहाजको सबै गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा आजदेखि ६ वटै चिनियाँ जहाजको उडान बन्द गरिएको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

नेपाल एयरलाइन्ससँग २ वटा एमए-६० र ४ वटा वाई-१२ चिनियाँ जहाज छन्। चिनियाँ जहाजका कारण निगमले वार्षिक आधा अर्बभन्दा नोक्सानी बेहोर्न परेको भन्दै  निगम सञ्चालक बोर्डबाटै चिनियाँ जहाजबाट भइरहेको आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको  थियो।

२०७१ बैशाखमा पहिलो पटक एउटा चिनियाँ एमए-६० जहाज नेपाल आएको थियो भने २०७४ फागुनमा चीनसँग भएको दुई पक्षीय सम्झौताअनुसारको बाँकी सबै जहाज आइपुगको थिए। निगमले २०७१ बैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई-१२ जहाज ल्याएको थियो। पहिलोपटक ल्याइएका दुवै जहाज अनुदानका थिए। २०७३ मा एमए-६० र वाई-१२ ल्याइएको थियो। यसैगरी निगमले २०७४ फागुनमा दुई सरकारबीचको सम्झौताअनुसार बाँकी रहेका दुईवटा वाई-१२ जहाज नेपाल ल्याएको थियो।

चिनियाँ जहाज अपरेशनमा आएदेखि अहिलेसम्म  नेपाल एयरलाइन्सलाई करिब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी नोक्सानी भएको विवरणसमेत निगमले निकालेको छ। चिनियाँ जहाजबाट आम्दानी हुनुको सट्टा निरन्तर रुपमा घाटा भएको भन्दै निगम सञ्चालन बोर्डकाे निर्णयसँगै व्यवस्थापनले अन्ततः जहाज नै उडान नगर्ने उद्घोष गरेका हो। निगमले चिनियाँ जहाज अपरेशनमा रहेका करारका कर्मचारीको करार सम्झौता पनि आजबाट नै भंग गर्ने निर्णय गरेको छ। तर, स्थायी कर्मचारीको हकमा भने आवश्यकताअनुसार अन्य ठाउँमा व्यवस्थापन गर्ने निर्णय निगमले गरेको छ।

२०७१ देखि अहिलेसम्म ६ वटा चिनियाँ जहाज खरिददेखि अपरेशनसमेत गरी निगमले झन्डै ९ अर्ब रुपैयाँको आर्थिक भार बेहोर्नु परेको छ। ६ वटा चिनियाँ जहाजमध्ये २ वटाभन्दा बढी जहाज एकैपटकमा सञ्चालनमा आउने सकेका थिएनन्। निगमसँग अहिले एउटा एमए-६० र एउटा वाई-१२ जहाजमात्रै उडान योग्य छन्। एउटा एमए-६० र २ वटा वाई-१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड भएर बसेका छन्। एउटा जहाज दुर्घटना परेपछि उडान गर्न नमिल्ने गरी थन्किएको छ।

निगमले चिनियाँ जहाजको उडान बन्द गरेपनि जहाज भने उडान योग्य नै बनाएर राख्ने  निर्णयसमेत गरेको छ। चालु आर्थिक वर्ष २०७६/७७ मा मात्रै निगमलाई ६ चिनियाँ जहाज सञ्चालनबाट अनुमानित ४३ करोड घाटा हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०७५/७६ मा निमगले यी जहाजबाट ५२ करोडभन्दा बढी  खुद घाटा व्यहोरेको थियो।

यसैगरी चिनियाँ जहाज अपरेशनबाट आर्थिक वर्ष २०७४/७५ निगमले दुई एमए-६० जहाज उडानबाट ३१ करोड ६४ लाख रुपैयाँ खुद घाटा खाएको थियो। सोही वर्ष नै निगमले ४ वटा चिनियाँ वाई-१२ जहाज उडानबाट २८ करोड घाटा खाएकाे छ। २०७३/७४ मा चिनियाँ एमए-६० जहाज उडानबाट ६ करोड ६७ लाख रुपैयाँ र वाई-१२ जहाजबाट ३ करोड ९४ लाख घाटा भएको थियो।

आर्थिक वर्ष २०७१/०७२ मा भने झन्डै ९ करोड  र आर्थिक वर्ष २०७२/७३ मा भने झन्डै १० करोड घाटा खाएको थियो। आर्थिक वर्ष २०७३/७४ बाट पनि घाटा रकम ह्वातै बढ्न थालेको हो।

२०६९ सालमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रीपरिषद्ले आन्तरिक उडानका लगि ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गरेको थियो। जहाज खरिद गर्ने निर्णय पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट नभई अर्थ मन्त्रालयबाट प्रस्ताव गएको थियो। उक्त प्रस्तावको आधारमा आर्थिक पाटो अर्थ मन्त्रालयले हेर्ने र जहाजको प्राविधिक पाटो नागरिक उड्डयन मन्त्रालयको सहयोगमा नेपाल वायुसेवा निगमले अध्ययन गर्ने निर्णय भएको थियो। सोही आधारमा २०७० मंसिरमा खिलराज रेग्मी नेतृत्वकाे मन्त्रीपरिषदबाट ६ वटा चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्दै चीनसँग सम्झौता गरिएको थियो।

सम्झौतामा एक एमए-६० र एक वाई-१२ जहाज अनुदानमा र ४ वटा जहाज सफ्ट लोनमा खरिद गर्ने गरी दुईपक्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार चिनियाँ जहाज खरिदमा निगमले ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियत ऋणको लगानीमा चीनसँग जहाज खरिद गरेको थियो। कूल रकममध्ये दुई अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान सहयोग थियो भने तीन अर्ब ७२ करोड वार्षिक १ दशमलव ५ प्रतिशत दरको ऋण थियो।

उडान बन्द गर्नुका १९ कारण
वाई-१२

१. प्रशिक्षक पाइलट उपलब्ध नहुनु।
२. प्रशिक्षण खर्च ट्विनअटरको तुलनामा ४ गुणाभन्दा बढी हुनुका साथै ए-३२० को भन्दा पनि बढी हुनु।
३.  ट्रेनिङ स्लट र क्रूको अभाव हुँदा सधैँ विमान ग्राउन्डेड हुने अवस्था रहनु।
४.  विमानको पेलोड पर्फमेन्स एकदमै सीमित हुनु। झन्डै सबैजस्तो सेक्टरहरूमा २५ देखि ६० प्रतिशत पेलोड पर्फमेन्स कम हुनु।
५. प्रतिसिट प्रतिघण्टा ३३ देखि ६७ प्रतिशत बढी इन्धन खपत हुनु।

एमए-६०
६. बारम्बार गरिरहने सिमुलेटर ट्रेनिङ खर्च अन्य विमानका तुलनामा ७८ प्रतिशत बढी हुनु।
७. टाइप रेटिङ प्रशिक्षण अन्य विमानका तुलनामा ५० प्रतिशत बढी हुनु।
८. एमए-६० मा लेभल-सी सिमुलेटर ट्रेनिङ मात्रै उपलब्ध हुनु।
९. काठमाडौंबाहेकका अपरेटिङ सेक्टरमा करिब ३० प्रतिशतसम्मको पेलोड प्रतिबन्ध हुनु।
१०. अन्य विमानका तुलनामा इन्धन खपत प्रतिसिट प्रतिघण्टा सतप्रतिशत नै बढी हुनु।
११. प्रत्येक घण्टा एमए-६० आफैंले तोकेको भन्दा ४० प्रतिशत ज्यादा इन्धन खपत हुनु। जसका कारण विमानलाई व्यापारिक रूपले सञ्चालन गर्न असम्भव जस्तै भएको।

इन्जिनियरिङतर्फ
१२. मेन्टेनेन्समा ओइएमको सपोर्टका लागि निगमले आफ्नो क्षमतामा वृद्धि गरेपनि अझै केही विशेष कामका लागि निर्माणकर्ताको आवश्यकता भएको तर जहाज कम्पनीबाट सहयोग हुन नसकेको
१३.सहमतिअनुसार निगमले स्पेयर पार्ट्स प्राप्त गरेता पनि तीमध्ये धेरै स्पेयर पार्ट्स चीनमा बनेकाले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध नहुनु।
१४. सबै रिपेयर स्टेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणले भ्यालिडेसन रिक्वारेर्मेन्ट राखेकाले निगमद्वारा चिनियाँ पार्ट्सलाई पूर्ण रूपमा मर्मत गर्नका लागि समस्या हुनु।
१५. संरचना मर्मतका लागि अन्य विमानका तुलनामा चिनियाँ विमानको इन्भेटरी रिक्वाइर्मेन्ट भिन्न भएकाले संरचनागत सामान‚ टूल्स‚ हार्डवेरलगायतको मर्मतका लागि अन्यको तुलनामा ज्यादा मूल्य पर्न जान्छ।
१६. नियमित मर्मत बाहेक पनि तत्काल आउने समस्यामा निर्माता कम्पनीले सहयोग नगर्दा समस्या समाधानमा कठिनाइ हुनु।
१७. भाषिक अवरोधका कारण निर्माता कम्पनीबाट ढिला जवाफ प्राप्त हुनु।
१८. विमान मेन्टेनेन्स म्यानुअल र मेन्टेनेन्स प्लानिङ डकुमेन्ट एकीकृत नहुँदा एयरवर्दिनेस व्यवस्थापनमा समस्या
१९. टेक्निकल म्यानुअल समयमै प्राप्त नहुनु, निर्माताबाट प्रत्यक्ष सञ्चार मार्फत टेक्निकल म्यानुअल प्राप्त गर्न समस्या हुनु।

जहाज खरिद गर्नुका कारण
वाई-१२ विमान
-नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा उडानका लागि प्रयोग गरेको ट्विनअटर जहाजका तुलनामा वाई-१२ जहाजमा हट एन्ड हाइ पर्फमेन्स बढी हुने‚ सिलिङ बढी भएको र स्पिडसमेत बढी हुने र इन्धन खपत कम गर्ने विशेषता छ।
-निगमले ट्विनअटरद्वारा सञ्चालित सबै क्षेत्रमा वाई-१२ सञ्चालन गर्न सकिने।
- ४ वटा ब्लेडयुक्त पंखाले आवाज कम गर्ने‚ भाइब्रेट कम दिने‚ स्टोल एयरफिल्डमा ल्यान्डिङ रोलका लागि रिभर्स पावर राम्रो भएको।
- वाई-१२   को अधिकतम ल्यान्डिङ तौल ११ हजार ९ सय एलबिएस छ‚ जसका कारण केही क्षेत्रका लागि पेलोड प्रतिबन्ध हुने।
-एचएआइजीका अनुसार वाई-१२ को आयु २० वर्ष/३६००० एफएच ५४००० साइकल रहेको छ। यसको आयु अझै बढाउन पनि सकिने जानकारी प्राप्त भएका छन्। तर विमानको पर्फर्म प्रोग्रामको बारेमा निर्माणकर्ताबाट अहिलेसम्मको प्राप्त विवरण यही नै हो।
एमए-६०
- एम-६० जहाज ५६ सिट क्षमता हो। यसमा पिडब्लू-१२७ जे इन्जिन जडान गरिएकाले यो जहाज एटिआर-४२ र एटिआर-७२ मा जडान गरिएको इन्जिनभन्दा शक्तिशाली छ।

-एमए-६० मा एपियू जडान गरिएकाले छुट्टै जिपियूको आवश्यकता पर्दैन।
-निर्माणकर्ताद्वारा प्राप्त जानकारीअनुसार एमए-६० को क्यास अपरेटिङ कस्ट १ हजार ७ सय ४५ अमेरिकी डलर रहेको छ भने एटिआर-४२ को अपरेटिङ कस्ट १ हजार ७ सय २ डलर पर्न जान्छ। यसको अर्थ एमए-६० को परसिट कस्ट ३१.६१ डलर पर्छ भने एटिआर-४२ को परसिट कस्ट ३५.३६ डलर पर्न जान्छ। एटिआर-४२ को सिट क्षमता ४८ रहेको छ। 
- अपरेसन‚ हालको बजार‚ अपरेटिङ कस्ट र प्यासेन्जर कम्फर्टलाई मध्यनजर गर्दा ५६ सिटको एमए-६० जहाज ट्रंक रूटमा सञ्चालन गर्न नेपाल एयरलाइन्सलाई सहज र फाइदाजनक हुनेछ।
-एमए-६० को एकोनोमिक सर्भिस लाइफ २५ क्यालेन्डर वर्ष/६०००० फ्लाइट आवर्स र ५० हजार फ्लाइट साइकल रहेको छ। हालसम्म यो प्रकृतिको जहाज कतिसम्म टिकाउ हुन्छ भन्ने खुलाइएको छैन।

अन्ततः नेपाल एयरलाइन्ससँग ट्रंक रूटमा तत्काल उडान गर्नका लागि अरू जहाज नभएको अवस्थामा यो जहाजले भद्रपुर‚ विराटनगर‚ जनकपुर‚ सिमरा‚ भरतपुर‚ पोखरा‚ भैरहवा‚ धनगढी‚ नेपालगञ्ज‚ सुर्खेत‚ माउन्टेन उडानलगायतका गन्तव्यमा उडान गर्न सक्ने निर्माता कम्पनी एक्सएसी र एभिकले जानकारी दिएको छ। यसबाहेक पनि यो जहाजबाट क्रस बोर्डर उडान गर्न सकिन्छ जसमा भारत‚ बंगलादेश‚ भुटान पर्दछन्।

सम्बन्धित समाचार:

नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्

यी हुन् नेपाल एयरलाइन्सले चिनियाँ जहाजबाट उडान बन्द गर्नुका १९ कारण

६ चिनियाँ जहाज खरिद 'गडबडी'को यस्तो छ नालीबेली

नेपाल एयरलाइन्सले भन्यो- साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज उड्दैनन्

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
कैलालीमा २७ लाख लागतमा नक्षत्र वाटिका  निर्माण पूर्वीय दर्शनअनुसार, ग्रह, नक्षत्रको सन्तुलन विरुवाद्वारा हुने हुँदा १२ राशि, नौ ग्रह र २७ नक्षत्रलाई आधार मानेर वाज्ञटिकामा अमला, ज... शनिबार, असार १४, २०८२
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी लगायतको उपस्थितिमा बिहीबार बसेको बैठकले... बिहीबार, असार १२, २०८२
फाप्लु विमानस्थलमा सत्र दिनपछि उडान प्राधिकरणका वरिष्ठ अधिकृत आयुस थापाका अनुसार बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्विनअटर जहाजले काठमाडौँबाट फाप्लुसम्म... बिहीबार, असार १२, २०८२
ताजा समाचारसबै
काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाललाई ६ दिन म्याद थप आइतबार, असार १५, २०८२
तान्जानियामा बस दुर्घटनामा ३८ जनाको मृत्यु आइतबार, असार १५, २०८२
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
माधव नेपालबारे सार्वजनिकरूपमा नबोल्न, नलेख्न र वादविवाद नगर्न नेकपा एसको निर्देशन आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
पोखराले कुशल भुर्तेल सहित ६ खेलाडी रिटेन गर्‍यो आइतबार, असार १५, २०८२
कप्तान साम्बाको ह्याट्रिकमा लाओसमाथि ९–० गोल अन्तरको शानदार जित आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्