• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ २९, २०८२ Thu, Jun 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
असफल अपरेसनको अन्तरकथा : तालिमप्राप्त कुकुरदेखि अत्याधुनिक मेसिनसम्म फेल
64x64
नारायण अधिकारी बुधबार, असार १७, २०७७  १५:४२
1140x725

काठमाडौं- सिन्धुली सदरमुकामबाट ५ किलोमिटर पश्चिमतर्फको घना जंगल। कमलामाई नगरपालिका–९ पहिरेमा पर्ने यो जंगल र आसपासको करिब ४० बिघा जमिन बोधीमार्ग दर्शनमैत्री धर्मको नाममा ओगटिएको छ। योमध्ये करिब २८ बिघा जग्गा रामबहादुर बम्जन आश्रमको स्वामित्वमा छ। तर त्यहाँ आफ्नो स्वामित्वभन्दा चनदेवी र दक्षिणकाली सामुदायिक वनको झन्डै दोब्बर जमिन ओटगेर भव्य संरचना निर्माण भएका छन्।

त्यही बोधीमार्ग धर्मका अनुयायीहरु प्रशिक्षण लिन्छन्। यो धर्मका प्रवर्तक तीनै व्यक्ति हुन्, जो प्रहरीको 'मस्ट वान्टेड' सूचीमा छन्। उनलाई पक्राउ गर्न चार महिनादेखि निरन्तर लागेपनि प्रहरी सफल हुन सकेको छैन। प्रहरीको 'मस्ट वान्टेड' सूचीमा रहेका अनी आफूलाई 'लिटिल बुद्ध' दाबी गर्ने बम्जनलाई पक्राउ गर्न प्रहरीले तीन पटक अपरेसन चलाइसक्यो। तर सबै प्रयास असफल हुँदै आएका छन्। 

कान्ला, खोला-खोल्सी, रुख–बुट्यान, घना झाडी छिचोल्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), कार्यदलको टोली, जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोली गोलीगठ्ठा, तालिमप्राप्त कुकुर र अत्याधुनिक मेसिनसहित असार ४ गते बम्जनको आश्रम पहिरेमा पुगेको थियो। 

बमजन आश्रमको गेटमा प्रहरी। 

आफ्ना अनुयायीलाई बलात्कार गरेको आरोप लागेका बम्जनलाई पक्राउ गर्न पुर्जी लिएर बिहान चार बजे आश्रम पुगेको प्रहरी टोलीले करिब १० घण्टा लामो सर्च अपरेसन चलायो। तर अघिल्ला दुई अपरेसन जस्तै यसपटकको अपरेसन पनि सफल भएन। 

बमजन आश्रम।

जब बम्जन सिन्धुली रहेको संकेत मिल्यो
अपराधी पहिचान गर्न र पक्राउ गर्न मोबाइल आजकल प्रहरीका लागि सहयोगी माध्यम बनेको छ। पटक-पटक आश्रममै गएर अनुसन्धान गरेको प्रहरीले बम्जनका सबैभन्दा नजिकका अनुयायी पत्ता लगाएको थियो। उनै अनुयायीसँग पटक-पटक सम्पर्क हुने मोबाइल नम्बर पहिचान गरेर अनुगमन गर्दा सिआइबी सो नम्बर बम्जनले नै चलाउने निष्कर्षमा पुग्यो। सोही नम्बरबाट काठमाडौं बस्दै आएकी बम्जनकी श्रीमतीसँग समेत कुरा हुने गरेको खुल्यो। 

'प्राविधिक पाटो केलाउँदा उनी सिन्धुली आश्रममै रहेको पहिचान गर्न सम्भव भयो,’ सिआइबीका प्रमुख तथा डिआइजी सहकुलबहादुर थापाले भने। बम्जनको लोकेसन पक्का भएपछि यस अगाडिको अप्रेसनमाझै उनलाई उम्कन नदिन प्रहरीले बम्जनसँग फोनमा सम्पर्क हुने एक व्यक्तिलाई आफ्नो सहयोगी बनाइसकेको थियो। उनी सिन्धुलीमै रहेको पक्का भएपछि सिआइबीका एसपी बेलबहादुर पाण्डेको कमाण्डमा बम्जनसँग फोन सम्पर्क हुने एक व्यक्तिसहितको टोली घटनास्थलतर्फ हिँड्यो। 

OOO

ठूलो जग्गा ओगटेर बनाइएको आश्रममा करिब १ किलोमिटरको फरकमा सुरक्षा निकायका जस्तै सेन्ट्री पोष्ट बनाएर उनका अनुयायी सुरक्षामा बसेका थिए। आश्रम भित्र छिर्न अगाडि सूचना चुहिनबाट जोगाउनु थियो प्रहरीलाई।

Ncell 2
Ncell 2

'आश्रम नजिक पुगेपछि बम्जनसँग कुराकानी हुने गरेका ती व्यक्तिलाई हामीले फोन गर्न लगायौं। तर बम्जनको मोबाइल त्यसबेला अफ थियो,’ एसपी पाण्डेले नेपाल लाइभसँग भने।

मोबाइल अफ भएपछि प्रहरी टोली सेन्ट्री पोस्ट छिचोल्दै बम्जन बस्ने ठाउँसम्म पुग्यो। तर उनी त्यहाँ थिएनन्। उनलाई फेला पार्न प्रहरीले करिब १० घण्टा लामो सर्च अपरेसन चलायो। तैपनि फेला बमजन परेनन्।

कुकुरदेखि अत्याधुनिक मेसिनसम्मले फेल
बम्जनको आश्रममा सर्च गर्न प्रहरीले तालिमप्राप्त कुकुरदेखि डिटेक्टर मेसिनसम्म लगेको थियो। ट्र्याकर र रेस्क्यु गरी दुई विधाका कुकुर लगेर प्रहरीले स्न्याफिङ गरायो। तर बम्जन त्यहाँ रहेको कुनै 'क्लू' फेला परेन। ठाउँठाउँमा पानी, खोला भएकाले कुकुरलाई समेत काम गर्न असहज भएको थियो।

आश्रममा बम्जन फेला नपरेपछि सशस्त्र प्रहरीको सहयोगमा डिटेक्टर मेसिनबाट पनि खोजी गर्‍यो प्रहरीले। आश्रममै कतै लुकेर बसेको हुन सक्ने भन्दै उक्त मेसिनबाट डिटेक्ट गर्‍यो प्रहरीले। यो मेसिनले हराएका मान्छे जीवितै छ/छैन भन्ने संकेत गर्छ। मान्छे भएको संकेत गरेपछि प्रहरीले उद्धार तथा पक्राउको काम गर्ने गर्छ। उनी त्यहाँ रहेको कुनै संकेत देखाएन मेसिनले।

भेष बदलेर महिला अनुयायीको रूपमा बम्जन बसेका हुनसक्ने भन्दै महिला प्रहरी लगाएर महिला अनुयायीहरु रहेको स्थानमा समेत प्रहरीले सर्च गरेको थियो। तर बम्जन त्यहाँ पनि फेला परेनन्। घना जंगलभित्रको करिब ४० बिघा क्षेत्रफलमा फैलिएको स्थानमा १० घण्टा लगाएर प्रहरीले सर्च अपरेसन चलायो। तर नतिजा उही अघिल्ला दुई अपरेसनको जस्तै असफल। 

१० घण्टा लामो सर्च अपरेसन गर्दा पनि बम्जन फेला नपरेपछि त्यसबेला प्रहरीले उनी निकटका अनुयायीलाई पक्राउ गरी सोधपुछ गरेको थियो। सो क्रममा उनीहरुले बम्जन पाताले ध्यान (जमिनमुनि गएर गरिने ध्यानको विधा)मा रहेको अरु दुई वर्ष ध्यानमै रहने जवाफ दिएका थिए। तर प्रहरी स्रोतले उनी ध्यानमा नरहेको दाबी गरेको छ।

‘लामो समयको अनुसन्धानले बम्जनले पटक-पटक मोबाइल फोन प्रयोग गर्ने गरेको देखाएको छ। ध्यानमा रहेको व्यक्तिले कसरी फोन प्रयोग गर्छ,’ सर्च अपरेसनमा गएका एक प्रहरी अधिकृत भन्छन्।

बम्जनको बेडरुम।

फोन सम्पर्क भएपछि पक्राउ गर्न गएको प्रहरीले उनलाई फेला नपारे पनि उनी त्यसै आसपास लुकेर बसेको दाबी गर्दै आएको छ। बम्जनले प्रयोग गर्ने गाडी पनि भर्खर चलाएको जस्तो टायरमा आलो माटोको डाम भएकाले उनी ध्यानमा नरहेको प्रहरीको निष्कर्ष देखियो। अपरेसन असफल भएपछि प्रहरी आउन सक्ने भन्दै उनले चलाखी गरेर आश्रम बाहिर बसेको प्रहरीले आशंका छ।

बम्जन आश्रमको बैठक कक्ष।

भिआइपी बसाई : गाडी–घोडादेखि स्विमिङ पुलसम्म
जो कोही व्यक्तिलाई बम्जनको आश्रममा छिर्न सहज छैन। ठाउँ-ठाउँमा हुने चेकिङ पोइन्टबाटै ती व्यक्ति फर्काइन्छन्। चेक पोइन्ट पार गरेर भित्र प्रवेश गरेपछि विदेशी सामानले सजाइएका भव्य बैठक हल, किचन रुम, बेड रुम छन्। बम्जनको रुममा भने सहज प्रवेशको अनुमति समेत छैन।

अनुयायीहरुका लागि छुट्टै मेस, महिला ब्यारेक, जिम हल, ठाउँ ठाउँ सेन्ट्री पोस्ट बनाइएका छन्। बम्जन स्वयंले प्रयोग गर्ने गाडीमात्रै दुई वटा रहेको एसपी पाण्डेले बताए।

बम्जनले प्रयोग गर्दै आएको गाडी। 

आश्रममा ध्यान र अध्ययन गर्ने स्थान बनाउन नयाँ संरचना धमाधम बनिरहका छन्। महिला र पुरुष अनुयायी बस्न छुट्टाछुट्टै ब्यारेक बनाइएको छ। बम्जन गाडीका साथै घोडाकासमेत सोखिन हुन्। उनले केही महिना पहिला सेता घोडा उपहार पाएका थिए। घोडा अहिले आश्रममै छन्।

आश्रम नजिक रहेको खोला छेउमा माछा पाल्न पोखरी बनाइएको छ। माछामासु नखाए पनि उनले सोखका रुपमा माछा पालेको उनका अनुयायीहरू बताउँछन्।

बम्जनको मुद्दा अब अदालतमा
मुलुकी अपराध संहिता २०७४ नआएको भए सम्भवत बम्जनविरुद्ध जबरजस्ती करणीको मुद्दा लाग्ने थिएन। उनीमाथि लागेको आरोपले एक वर्ष नाघिसकेको थियो। तर मुलुकी अपराध संहितामा जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिका भएको अवस्थामा १८ वर्ष उमेर पुगेको एक वर्षभित्र मुद्दा दायर गरिसक्नुपर्ने प्रावधान छ। 

सोही प्रावधानमा टेकेर २०७६ माघ २३ गते जबरजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत सर्लाहीबाट बम्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। अनुसन्धान प्रक्रिया अनुसार पूर्जी जारी भएपछि पक्राउ गरी बयान लिने काम प्रहरीको हो। तर बम्जन पक्राउ नपरेकाले बयान सम्भव भएको छैन।

 कानुनी प्रावधानअनुसार पीडित १८ वर्ष पूरा भएको एक वर्षभित्र मुद्दा दर्ता गरिसक्नु पर्ने भएकाले अब बम्जनलाई फरार आरोपी बनाएर मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ। यसका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला न्यायाधिवक्ताको कार्यालयमा अनुसन्धानको प्रस्तावित राय सुझाव पठाइसकेको छ।

अब बम्जनले अदालतमा उपस्थित भएर आफूमाथि लागेको आरोपको प्रतिवाद गर्न सक्नेछन्। उनी उपस्थित नभएको अवस्थामा पनि अदालतले मुद्दा प्रक्रिया भने अगाडि बढाउन कुनै बाधा पुग्ने छैन।

बम्जनमाथि दुई आरोप 
बम्जनमाथि बलात्कारका साथै व्यक्ति बेपत्ता पारेको आरोप पनि लागेको छ। आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बम्जन आश्रमबाट बेपत्ता भएको र उनलाई बम्जनले बेपत्ता पारेको आरोप छ। बम्जनमाथि हत्यामा संलग्न रहेको आशंकामा पनि अनुसन्धान भएको थियो। सिआइबीको टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो।

शव गाडेर चाँडो कुहाउन नुन हालेको आशंका गरिए पनि हत्याको थप प्रमाण भने फेला परेन। बम्जनविरुद्ध बारा र मकवानपुर प्रहरीमा समेत उजुरी छ।

तस्बिर : सिआइबी

प्रकाशित मिति: बुधबार, असार १७, २०७७  १५:४२
  • #बम्जन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवे... बिहीबार, जेठ २९, २०८२
थापाथली चोकमा टेम्पोले ठक्कर दिँदा एक ट्राफिक प्रहरी जवान घाइते बिहीबार बिहान थापाथली चोकमा ड्युटीमा रहेकी ट्राफिक प्रहरी जवान वर्षा शाहलाई टेम्पोले ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका... बिहीबार, जेठ २९, २०८२
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद... बुधबार, जेठ २८, २०८२
ताजा समाचारसबै
भारतबाट स्रोत नखुलेको अवैध नेपाली रुपैयाँ बरामद बिहीबार, जेठ २९, २०८२
मुलुकमा भएका प्राकृतिक साधनको अधिकतम उपयोगबाटै देश समृद्धितर्फ अघि बढ्छ : अर्थमन्त्री पौडेल बिहीबार, जेठ २९, २०८२
आटा लिन गएका प्यालेस्टीनीमाथि इजरायली सेनाले गोली चलाउँदा २५ जना मारिए बिहीबार, जेठ २९, २०८२
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी बिहीबार, जेठ २९, २०८२
अत्याधिक गर्मीका कारण विद्यालय बन्द बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो)
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो) बुधबार, जेठ २८, २०८२
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो बुधबार, जेठ २८, २०८२
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो)
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो) बुधबार, जेठ २८, २०८२
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
‘संसद्को गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार’ बुधबार, जेठ २८, २०८२
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, जेठ २८, २०८२
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बिहीबार, जेठ २९, २०८२
यी हुन मन्त्रिपरिषद्का ११ वटा निर्णय (सूचीसहित) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्