• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सुदूरपश्चिम प्रदेश सभा बैठक चौथो पटक स्थगित, अन्याेलता हटाउन सरकार गम्भीर नभएकाे आराेप
64x64
शेरबहादुर ऐर मंगलबार, असार १६, २०७७  १८:१२
1140x725

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको छैठौं अधिवेशनको बैठक चौथो पटक स्थगित भएको छ। मंगलबार दिउसो ३ बजे आह्वान गरिएको प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हाे।

प्रदेश सभाको बैठक चौथो पटकसम्म स्थगित हुँदा समेत सुदूरपश्चिम प्रदेश सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहमतिका लागि प्रयास गरेको छैन। सुदूरपश्चिम प्रदेश सभाको बैठकमा असार १ गते प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफल कार्यसूची तय गरिएको छ। तर, प्रतिपक्षी दलहरूले तत्काल ‘पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्वारेन्टाइन तथा आइसोलेशनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने’ अडान राख्दै संसद अवरोध गर्दै आएका छन्। प्रतिपक्षी दलहरूको अवरोधका कारण बजेट प्रस्तुत भएको १६ दिन भइसक्दा पनि सदनमा छलफल नै अघि बढ्न सकेको छैन।

संसद अवरोधबारे सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी दलहरूले उठान गरेको विषय सदनसँग सम्बन्धित नरहेको बताए। उनले भने, 'प्रतिपक्षी दलहरूको यो अवरोध प्रदेश सरकारप्रति लक्षित छ। त्यसैले प्रदेश सरकारले छलफल गरेर यसको निकास निकाल्नुपर्छ।' सभामुख थापाले सहमतिका लागि छलफलको समय दिए पनि सरकार र प्रतिपक्षी दलहरूबीच अहिलेसम्म छलफल हुन नसकेको जानकारीमा आएको बताए।

उनले सरकारले छलफलका लागि नबोलाएपछि मंगलबार नै कार्य परामर्श समितिको बैठक बोलाएको जानकारी दिए। उनले भने, 'कार्य परामर्श समितिको बैठकमा थप समय माग भएपछि छलफलका लागि समय उपलब्ध गराइएको हो।' उनले बिहीबारसम्म पनि दुबै पक्षबीच सहमति नभए वा अहिलेकै अवस्थामा भए सदनलाई अघि बढाउने प्रक्रियाको थालनी गरिने बताए। प्रदेशको बैठक बिहीबार दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ।

प्रतिपक्षी दलहरूले निरन्तर संसद अवरुद्ध गरिरहे पनि सरकार भने बजेटमाथिको छलफल अघि बढाउन तथा प्रतिपक्षी दलका मागको सुनुवाई गर्नमा गम्भीर देखिएको छैन। प्रतिपक्षी दलहरूले उठान गरेका विषयहरू  सरकारसँग सम्बन्धित रहेका छन्। प्रतिपक्षी दलहरूले कोरोना नियन्त्रण र रोकथामका लागि प्रभावकारी योजना र कार्य, अहिलेसम्म कोरोना नियन्त्रण, रोकथाम र उपचार आदिमा भएको खर्चको सार्वजनिकीकरण, पिसिआर चेकजाँचको दायरा बढाउनु पर्ने लगायतका मुद्दाहरू उठान गरेका छन्।

प्रतिपक्षी दलहरूले गर्दै आएको संसद अवरोधबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सभा सदस्य अम्मरबहादुर साउदले यस विषयमा सरकारले प्रतिपक्षी दलहरूसँग छलफल गरेर निकास निकाल्नुपर्ने बताए। उनले भने, 'चार चार पटक संसद बैठक स्थगित हुँदा पनि सरकारले पहल किन गरेको छैन? भन्नेमा हामी पनि अचम्ममा परेका छौं।'

सत्तारुढ नेकपाकै अर्का प्रदेश सभा सदस्यले आफ्नै दलका प्रदेश सभा सदस्यहरूसँग पनि छलफल गर्न नचाहने प्रदेश सरकारले प्रतिपक्षी दलहरूसँग छलफल गर्छ भन्नेमा विश्वस्त नभएको प्रतिक्रिया दिए। उनले भने, 'हाम्रो (नेकपा) संसदीय दलको बैठक त दुःख–दुःख वर्षमा एक चोटी मात्र बस्छ। सरकारसँग केही माग गर्नु परे हामीले व्यक्तिगत रुपमा मन्त्रीसँग भेटेर कुरा गर्नुपर्ने अवस्था छ। सत्तापक्षकै प्रदेश सभा सदस्यहरूसँग छलफल गर्न नचाहने संसदीय दलका नेता, उपनेता, प्रवक्ताहरूले प्रतिपक्षीसँग के छलफल गर्लान्?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले प्रतिपक्षी दलले उठाएका मागहरू सरकारसँग सम्बन्धित भएपनि अहिलेसम्म छलफलका लागि नबोलाइएको बताए। उनले भने, 'मंगलबार प्रदेश सभा सचिवालयको कार्य परामर्श समितिको बैठक थियो। त्यहाँ छलफलका लागि समय माग गरिएको छ।' उनले सरकार प्रतिपक्षी दलको मागमा गम्भीर नभएको आरोप लगाए।

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका सोडारी निलम्बनमा परेसँगै प्रदेश सभामा अब सो पार्टी तीन प्रदेश सभा सदस्यमा सीमित भएको छ। तत्काल... सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक–पटक छलफल भए पनि सत्तापक्ष गम्भीर... सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रतिपक्ष लचिलो भएर छलफलमा बसे पनि सत्तापक्ष आफ्नो हठबाट पछि नहटेका कारण सहमति ज... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्