• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ २९, २०८२ Thu, Jun 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
बिटक्वाइन धन्दा : राष्ट्र बैंकले लुकायो ई-सेवाको अनुसन्धान प्रतिवेदन
64x64
नारायण अधिकारी सोमबार, असार १५, २०७७  २१:३८
1140x725

काठमाडौं- नेपालमा प्रतिबन्धित ‍अभौतिक मुद्रा बिटक्वानमा डिजिटल भुक्तानीको अनुमति पाएको ई-सेवासमेत संलग्न देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको अनुसन्धान रोक्दै राष्ट्र बैंकले ई-सेवामाथिको अनुसन्धान क्षेत्राधिकारभित्र पर्ने भन्दै आफैंले अनुसन्धान गर्ने बताएको थियो। 

राष्ट्र बैंकले अनुसन्धान रोक्न लगाउनुअघि सिआइबीको अनुसन्धान अघि बढिरहेको थियो। बिटक्वाइनको आर्थिक कारोबारको माध्यम ई–सेवा भएको खुलेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले त्यसबेला ई-सेवाका कार्यकारी निर्देशक तथा प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी विज्ञ असगर अलीसँग सोधपुछसमेत गरेको थियो। 

तर राष्ट्र बैंकले आफैंले अनुसन्धान गरेर प्रतिवेदन पठाउने भनेपछि प्रहरीले ई-सेवाको संलग्नाबारे राष्ट्र बैंकको प्रतिवेदन कुर्‍यो। तर राष्ट्र बैंकले प्रहरीलाई प्रतिवेदन पठाएन।

'हामीले अनुसन्धान गर्ने भनेर सोधपुछ समेत सुरु गरेका थियौं। तर राष्ट्र बैंकले आफैंले अनुसन्धान गर्ने भनेपछि ई-सेवामाथिको अनुसन्धान हुन सकेन,' सिआइबी स्रोतले नेपाल लाइभससँग बताएको छ। 

यो पनि पढ्नुहोस्

कानुन मिच्दै यसरी हुन्थ्यो ई-सेवाबाट विदेशी मुद्राको अवैध कारोबार, राष्ट्र बैंक बन्यो रमितेशुक्रबार, असार १२, २०७७

राष्ट्र बैंक आफैंले अनुसन्धान गर्ने भनेको थियो। तर साढे दुई वर्ष बितिसक्दा समेत ई-सेवामाथिको अनुसन्धान के भयो आधिकारिक रुपमा राष्ट्र बैंकले प्रहरीलाई कुनै जानकारी गराएको छैन। सिआइबीले राय पठाउनु अगाडि ई-सेवामाथिको अनुसन्धान के भयो भनेर राष्ट्र बैंकलाई पत्र पठाएको थियो। पत्रको जवाफमा राष्ट्र बैंक ‘केन्द्रीय अनुसन्धान ब्युरोको पत्रको सम्बन्धमा यस बैंकबाट ई–सेवाको निरीक्षण जारी रहेको र सोको प्रतिवेदन प्राप्त भएपश्चात् माग भए बमोजिमका थप विवरण उपलब्ध गराइदिने’ भनेर लिखित जानकारी गराएको थियो।

राष्ट्र बैंकको प्रतिवेदन नआएपछि प्रहरी (सिआइबी)ले ई-सेवालाई प्रतिवादी नबनाई अनुसन्धानको प्रस्तावित राय पठाएको थियो। यस्तो रायमा अनुसन्धानपछि संलग्नता खुले पूरक प्रतिवेदन बुझाउन सकिन्छ नै। मुद्दा दर्ता भएर प्रक्रियामा छ। तर साढे दुई वर्ष बित्दासमेत राष्ट्र बैंकले औपचारिक रूपमा बिटक्वाइन कारोबारमा ई-सेवाको कुन तहको संलग्नता हो या होइन भन्ने केही जानकारी गराएको छैन। 

साढे दुई वर्ष बित्यो तर अहिलेसम्म न राष्ट्र बैंकले ई-सेवाको विवरण सिआइबीले उपलब्ध गराएको छ, न ई-सेवामाथि कुनै अनुसन्धान नै भएको छ। बैंकले भने अनुसन्धानमा केही प्रगति नभएको दाबी गरेको छ। राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामिणि सिवाकोटीले नेपाल लाइभसँग भने, ‘अनुसन्धान गरियो। खासै केही देखिएन।’  

Ncell 2
Ncell 2

अनुसन्धानमा संलग्नता नदेखिए पनि अनुसन्धानको क्षेत्राधिकार पाएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जानकारी पठाउनुपर्ने हो। तर प्रतिवेदन पठाइएको छैन।

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दा : अभियुक्त हुनुपर्ने असगर कसरी भए सरकारी साक्षी?बिहीबार, असार ११, २०७७

राष्ट्र बैंकको अनुसन्धानमा के देखियो भन्नेबारे राष्ट्र बैंकले सिआइबीलाई जानकारी नगराउनुले उसको नियतमा प्रश्न उठ्ने सिआइबीका पूर्व प्रमुख तथा पूर्वडिआइजी हेमन्त मल्लले बताए। 

'यदि अनुसन्धानका क्रममा सम्बन्धित निकायसँग प्रहरीले सोधपुछ गर्नुपर्ने भयो र सोधियो भने जतिसक्दो चाँडो स्पष्ट जानकारी दिनैपर्छ,’ पूर्वडिआइजी मल्लले भने, ‘यदि दिन सकेन भने त्यहाँ दबाब र प्रभावले काम गर्‍यो कि भन्ने प्रश्न उठ्छ। आफूलाई मन लागेको कुरा चाहिँ तत्कालै जानकारी दिने। तर दबाब र प्रभावमा अरु कुरा लुकाउने हो भने राम्रो म्यासेज जाँदैन।’ 

सिआइबीको अनुसन्धानमा अन्य प्रतिवादीको बयानबाट बिटक्वानइको कारोबारमा ई-सेवाको संलग्नता पुष्टि गर्छ। बिटक्वाइनको कारोबारमा संलग्न ज्ञानप्रसाद पौडेलले अर्का माधव खनाललाई ‘बिटक्वाइन कारोबारको रकम ई–सेवाबाट बैंकमा आफ्नो खातामा जम्मा गर्न सकिन्छ’ भनेर प्रमाणित नै गरेर देखाइदिएपछि माधवले बिटक्वाइन किनेको खुलेको थियो। उनल पनि ई-सेवाबाटै कारोबार गरेको देखिन्छ।

अनुसन्धानका क्रममा प्रहरी समक्ष माधवले दिएको बयानले पनि यसको पुष्टि गरेको छ। त्यसबेला बिटक्वाइनको अनुसन्धान गरेका एक अधिकृतले नेपाल लाइभसँग भने, ‘अनुसन्धानको क्रममा ई–सेवाको संलग्नता देखिएको थियो। तर नियमन गर्ने निकायले अनुसन्धान गर्छु भनेर केही जानकारी नदिँदा प्रहरीले मात्र प्रतिवादी बनाउन नसकेको हो।'

यो पनि पढ्नुहोस्

बिटक्वाइन धन्दामा राष्ट्र बैंककै सहयोगमा ई–सेवालाई उन्मुक्तिबिहीबार, असार ४, २०७७

अवैध बिटक्वाइन कारोबारको आरोपमा पक्राउ परेकाहरूमध्ये धेरैले प्रहरी बयानमा बिटक्वाइन कारोबारमार्फतको रकम ई–सेवाबाटै हुने गरेको बयान दिएका थिए। त्यसबेला पक्राउ परेका प्रशान्त प्रताप शाह, ज्ञानप्रसाद पौडेल, मिङमार तामाङ, मनिषकुमार गिरी, बिन्दा ढकाल, माधव खनाल, सञ्जय खनाल, दमन बस्नेत, सौगातकुमार वाग्ले, विश्वविक्रम राईले ४ करोड ९ लाख ६६ हजार ५ सय ९६ रुपैयाँ बराबरको बिटक्वाइनको कारोरबार गरेको देखिएको थियो। भुक्तानीमा ई-सेवा संलग्न थियो। तर अन्यलाई प्रतिवादी बनाइए पनि दबाब र प्रभावमा ई-सेवाका संचालकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ असगर अलीलाई जोगाइएन मात्रै, उल्टै सरकारी साक्षी र विज्ञको रुपमा मुद्दा प्रक्रियामा सहभागी गराइयो।

अभियुक्तले नै दिएका थिए बिटक्वाइनबारे राष्ट्र बैंकलाई प्रशिक्षण
ई-सेवामाथिको अनुसन्धान लुकाउने मात्रै होइन, अवैध बिटक्वाइन कारोबारको धन्दामा राष्ट्र बैंकले गम्भीर गल्ती गरेको समेत खुलेको छ। बिटक्वाइन कारोबार धन्दाका अभियुक्तमध्येका एक हुन् प्रशान्त प्रताप शाह। काठमाडौं–४ भाटभटेनीका शाहले १ करोड १५ लाख ४७ हजार ३ सय ८७ रुपैयाँ बराबरको बिटक्वाइन कारोबार गरेको अनुसन्धानमा खुलिसकेको छ। 

उनले अमेरिकामा रहँदासमेत बिटक्वाइको कारोबार गरेका थिए। नेपालमा ज्ञानप्रसाद पौडेलमार्फत् बिटक्वाइनबारे जानकारी लिएर कारोबार सुरु गरेका शाहले राष्ट्र बैंकलाई समेत बिटक्वाइको बारेमा तीन पटकसम्म प्रशिक्षण दिएको गोप्य कागजात नेपाल लाइभले प्राप्त गरेको छ।

‘मैले आफ्नो माबाइल नम्बर ९८४००५१३.... राखी बिटक्वाइन एक्सचेन्ज नेपाल नामको फेसबुक पेज खोली बिटक्वाइन कारोबारको प्रचार गरेको थिएँ। अमेरिकामा समेत बिटक्वाइनको कारोबार गरेको थिएँ। नेपालमा समेत बिटक्वाइनको भविष्य देखी नेपाल राष्ट्र बैंकको कानूनी सहायता विभागमा समेत सम्पर्क गरेको थिएँ। २-३ पटक भेटेरै प्रिजेन्टेसन समेत देखाएको थिएँ,’ नेपाल लाइभलाई प्राप्त कागजातमा शाहले भनेका छन्।

उनै शाहले नेपाल आएका विदेशी पर्यटक तथा कोरिया, जापान, अमेरिकालगायतमा रहेका नेपालीहरुलाई बिटक्वाइन नेपालभित्रै नेपाली मुद्रामा नै बिक्री गर्ने काम गरेका थिए।

अर्कोतर्फ बिट्रिफिल डटकम नामक वेबसाइटबाट नेपाल टेलिकम, एनसेललगायत टेलिकम सेवा प्रदायकका मोबाइल नम्बरमा रिचार्जसमेत गर्न सकिने, बिटक्वाइन वालेटबाट बिट्रिफिल डटकमले तय गरेको बिटक्वाइन रकमलाई बिट्रिफिल डटकममा पठाएर रिचार्ज गर्न सकिने अनुसन्धानले देखाएको थियो। तर नेपाल दूरसञ्चार प्राधिकरणले यो काम पनि गैरकानूनी रहेको जनाएको छ। बिट्रिफिलसँग त्यस्तो कुनै सम्झौता नभएको दूरसञ्चार प्राधिकरणको भनाइ छ।

यो पनि पढ्नुहोस्

बिटक्वाइन मुद्दा : ४ कराेडभन्दा बढी बिगो मागदाबी, सुनुवाइ सरेकाे सर्‍यैबुधबार, चैत ५, २०७६

 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  २१:३८
  • #बिटक्वाइन
  • #ईसेवा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुलुकमा भएका प्राकृतिक साधनको अधिकतम उपयोगबाटै देश समृद्धितर्फ अघि बढ्छ : अर्थमन्त्री पौडेल बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले नेपालमा अथाह प्राकृतिक स्रोतहरु रहेको भन्दै त्यसलाई सदूपयोग गर्दै मुलुकलाई समृद्ध ब... बिहीबार, जेठ २९, २०८२
सुनको मूल्य तोलामा १६ सयले बढ्यो, कतिमा हुँदैछ कारोवार ? बुधबार प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार, जेठ २९, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । बिहीबार, जेठ २९, २०८२
ताजा समाचारसबै
मुलुकमा भएका प्राकृतिक साधनको अधिकतम उपयोगबाटै देश समृद्धितर्फ अघि बढ्छ : अर्थमन्त्री पौडेल बिहीबार, जेठ २९, २०८२
आटा लिन गएका प्यालेस्टीनीमाथि इजरायली सेनाले गोली चलाउँदा २५ जना मारिए बिहीबार, जेठ २९, २०८२
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी बिहीबार, जेठ २९, २०८२
अत्याधिक गर्मीका कारण विद्यालय बन्द बिहीबार, जेठ २९, २०८२
मेयर बालेन र उपमेयर सुनिताबीच कार्यपालिका बैठक राख्ने बिषयमा सहमति बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो)
श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन (भिडियो) बुधबार, जेठ २८, २०८२
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो
३० महिनाको पुजालाई सदर चिडियाखाना ल्याइयो बुधबार, जेठ २८, २०८२
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो)
बिपद् प्रतिकार्यको सचेतना तल्लो तहसम्म पुर्याए क्षति न्यूनिकरण गर्न सकिन्छ (भिडियो) बुधबार, जेठ २८, २०८२
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी
देशभित्र भेटघाट गर्न मैले एमाले र नेतृत्वसँग अनुमति लिइरहनु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी मंगलबार, जेठ २७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
‘संसद्को गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार’ बुधबार, जेठ २८, २०८२
काठमाडौंका पूर्व प्रमुख प्रशासकीय अधिकृत परियारविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, जेठ २८, २०८२
बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बिहीबार, जेठ २९, २०८२
यी हुन मन्त्रिपरिषद्का ११ वटा निर्णय (सूचीसहित) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्