• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ २७, २०८२ Tue, Jun 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
सुदूरपश्चिम प्रदेशमा चामल आयात घट्याे सन्दर्भ : धान दिवस
64x64
शेरबहादुर ऐर सोमबार, असार १५, २०७७  १०:१५
1140x725

धनगढी-सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा चामल आयातमा कमी आएको छ।  हरेक वर्ष अर्बौं रुपैया“को चामल आयात हु“दै आएकोमा चालु आर्थिक वर्षमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

कृषि मन्त्रालयका अनुसार कैलाली भन्सार हुँदै प्रदेशमा गत आर्थिक वर्ष २०७५/७६ मा २५ हजार एक सय २१ मेट्रिक टन चामल आयात भएको थियो। गत वर्ष एक अर्ब २८ करोड ५५ लाख ५७ हजार तीन सय ३९ रुपैयाँ मूल्यको चामल आयात भएको थियो। 

मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७६/०७७ मा गत वर्षको तुलनामा चामल आयातमा निकै कमी आएको छ। चालु आर्थिक वर्षमा ११ हजार तीन सय १७ मेट्रिक टनमात्र चामल आयात भएको जनाइएको छ। यसको मूल्य  ६१ करोड रुपैयाँ हो। 

प्रदेश कृषि मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले मन्त्रालयले सञ्चालन गरेका कार्यक्रमका कारण चामल आयातमा कमी आएको दाबी गरे। उनले भने, ‘मन्त्रालयले चामल आयातमा कमी ल्याउन चैते धान खेती बिस्तार, मसिनो र बास्नादारी धान खेती कार्यक्रम, सिँचाइ  सेवाको बिस्तार लगायतका कारण चामल आयातमा कमी ल्याउन सफल भएका छौं।’

तर, मन्त्रालयले यसो भनिरहँदा आफै‌ं त्यसको खण्डन पनि गरेको छ। मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले यस वर्ष सरकारले जारी गरेको लकडाउनले पनि चामल आयातमा प्रभाव परेको बताए। उनले भने, ‘सरकारले गरेको लकडाउनले चामल ढुवानी हुन सकेन। यसका कारण पनि चामल आयातमा कमी आएको हुन सक्छ।’

सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष धान उत्पादनमा वृद्धि हु“दै गएको पनि मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयका प्रवक्ता शर्माले देशभरि नै धान उत्पादनमा कमी आए पनि प्रदेशमा भने धान उत्पादनमा वृद्धि भएको तथ्यांकले देखाउने गरेको बताए।

उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशमा ६ लाख पाँच हजार मेट्रिक टन धान उत्पादन भएको थियो। चालु आर्थिक वर्ष २०७६/७७ मा छ दशमलब सात प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो। मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा ६ लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ।

मन्त्रालय मातहतको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले संघीयता लागू भएसँगै प्रदेशमा कृषि क्षेत्रमा फड्को मारेको बताए। उनले भने, ‘संघीयताअघि कृषिमा बजेट पनि अपुग थियो। अहिले किसानका लागि प्रदेश र स्थानीय तहबाट कृषि सामग्री, विउ लगायतको सहयोग पुगेको छ। यसले कृषकलाई पहिले भन्दा धेरै हदसम्म सहयोग पुगेको छ।’

रोपाइँ अन्तिमतिर, मल अभाव कायमै
सधैं रासायनिक मल प्रयोग गरेको खेतमा यसवर्ष मल अभावमा उब्जनी घटने कैलारी गाउँपालिकाका किसान प्रेम चौधरीले गुनासो गरे। उनले समयमै मल नपाउ“दा खेती गर्न सारै नै समस्या भइरहेको बताए।

देशमा जारी लकडाउनका कारण सहजै मल पाउन नसकिरहेको किसानहरूले बताउँदै आएका छन्। मल खोज्न धेरै ठाउँ धाए पनि मल भन्ने नपाएको कैलारी गाउपालिकाकै अर्का किसान सुरेशकुमार चौधरीले गुनासो गरे। मल नपाउँदा विना मलमै खेती गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ। खेती लगाउने समयमै मल नपाएपछि यस वर्ष उब्जनी घट्ने चिन्तामा किसानहरू छन्।

प्रदेशमा मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेडले मल अभाव नभएको दाबी गदै आएको छ। सुदूरपश्चिममा डिएपी सात हजार ५० मेट्रिक टन, युरिया आठ हजार मेट्रिक टन र पोटास दुई सय ७५ मेट्रिक टन क्षमता रहेको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले जनाएको छ।

लक्ष्यभन्दा केही बढी मल आए पनि ८० प्रतिशत किसानले डिएपी मल पाइसकेको कम्पनी धनगढीका प्रमुख नवलसिंह बोगटीको दाबी छ। उनले डिएपी छ हजार एक सय तीन, युरिया १० हजार चार सय ५५ मेट्रिक टन र पोटास दुई सय ४६ मेट्रिक आयात भएको उनले जानकारी दिए। 

बाँकी मल आउने क्रममा रहेको भन्दै उनले केही दिनभित्रै किसानले पर्याप्त मात्रामा मल पाउने दाबी गरे। किसानहरूले बर्सेनि खेतीपातीको मुख्य सिजनमा यस्तै समस्या झेल्दै आएका छन्।

सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ
सुदूरपश्चिम प्रदेशभरि कूल खेतीयोग्य जमिनमध्ये ४९ दशमलब ६४ प्रतिशतमा रोपाइँ भइसकेको सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ।

सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार छ सय चार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा प्रदेशमा शनिबारसम्म ९० हजार एक सय ५६ हेक्टरमा रोपाइँ भइसकेको जनाइएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी रोपाइँ अछाममा भएको छ भने सबैभन्दा कम डोटी जिल्लामा भएको जनाइएको छ।

अछाममा  १६ हजार पाँच सय ८० हेक्टरमा धान रोपाइँ गरिँदै आएकोमा नौ हजार नौ सय ४८ हेक्टरमा रोपाइँ भएको छ भने डोटीमा १० हजार आठ सय ९८ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार आठ सय १४ हेक्टरमा रोपाइँ भएको जनाइएको छ।

धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ४७ दशमलब ४९ प्रतिशत र कञ्चनपुरमा ५२ दशमलब ९७ प्रतिशतमा रोपाइँ भएको जनाइएको छ। कैलालीमा ७१ ह्जार सात सय १५ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा ३४ हजार ५७ हेक्टरमा रोपाइँ भएको छ भने कञ्चनपुरमा ४८ हजार तीन सय ७५ हेक्टरमा धान खेती हुँदै आएकोमा २५ हजार छ सय २४ हेक्टरमा रोपाइ भएको छ मन्त्रालयले जनाएको छ।

प्रदेशको डडेल्धुरा र दार्चुलामा पनि ५० प्रतिशतभन्दा कम रोपाइँ भएको जनाइएको छ। मन्त्रालयको तथ्यांक अनुसार डडेल्धुरामा छ हजार दुई सय २६ हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा दुई हजार चार सय ९० हेक्टर र दार्चुलामा चार हजार चार सय ८० हेक्टरमा रोपाई हुँदै आएकोमा दुई हजार १६ हेक्टरमा रोपाइँ भएको जनाइएको छ।

मन्त्रालयका अनुसार प्रदेशको बाजुरामा ५५, बझाङमा ५० र बैतडीमा ५२ प्रतिशतमा रोपाइँ भइसकेको छ। बाजुरामा सात हजार दुई २० हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा तीन हजार नौ सय ७१ हेक्टरमा रोपाइँ भइसकेको छ। बझाङमा सात हजार एक सय १० हेक्टरमा रोपाइँ हुँदै आएकोमा तीन हजार पाँच सय ५५ हेक्टरमा रोपाइँ भइसकेको छ भने बैतडीमा नौ हजार हेक्टरमा धान रोपाइँ हुँदै आएकोमा चार हजार छ सय ८० हेक्टरमा रोपाइँ भइसकेको जनाइएको छ।

यसपालि मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाँडो सुरु भएकाले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयको आँकलन छ। 

धानखेतीलाई कुनै असर नपरेमा विगतका वर्षभन्दा यसपालि उत्पादन बढ्ने निर्देशक जोशीको भनाइ छ। ‘अवश्य पनि यसपालि समयमै रोपाइँ सकिन्छ। यसले उत्पादन बढ्छ। तर, यसपछि के हुन्छ भन्न सकिँदैन,’ उनले भने, ‘अघिल्लो वर्षभन्दा पहिले नै धेरै रोपाइँ भईसकेको छ। यो कृषि क्षेत्रका लागि सकारात्मक हो। यसले उत्पादनमा वृद्धि गराउन मद्दत मिल्छ।’

सिँचाइ अभाव 
सुदूरपश्चिम प्रदेशमा मलखाद, बिउँसँगै कृषकहरुले सिँचाइ अभाव पनि व्यहोर्नु परिरहेको छ। प्रदेशभरिका कूल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशतमा पनि सिँचाइ पुग्न नसकेको कृषि निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये एक लाख ६९ हजार सात सय ८५ हेक्टरमा सिँचाइ सुविधा पुगेको जनाइएको छ। निर्देशनालयका अनुसार एक लाख १३ हजार तीन सय दुई हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा रहेको छ भने ५६ हजार चार सय ८३ हेक्टरमा आंशिक सिँचाइ सुविधा रहेको जनाइएको छ। 

निर्देशनालयका निर्देशक यज्ञराज जोशीले प्रदेशमा अझै धान खेती व्यवसायीक बन्न नसकेको बताए। उनले भने, ‘प्रदेशका कृषकहरु अहिले पनि परम्परागत शैलीमै धान खेती गर्दै आएका छन। यसलाई व्यवसायीक बनाउन मन्त्रालयले थप कार्यक्रम ल्याउन आवश्यक छ।’ उनले वर्षा भएपछिमात्र किसानहरुले समयमै धान रोप्ने तर, रोपिसकेपछि वर्षा नभए उत्पादनमा ह्रास आउने गरेको जानकारी दिए।

आज धान दिवस
हरेक वर्ष धुमधामका साथ मनाइँदै आएको धान दिवस यस वर्ष भने फेरिएको छ। असार १५ का दिन हरेक वर्ष प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, त्यसअन्तर्गतको कृषि निर्देशनालय र स्थानीय तहले धान दिवसलाई भव्यताका साथ मनाउ“दै आएका थिए। यस वर्ष भने कोरोना भाइरस (कोभिड-१९)का कारण मन्त्रालयले पत्रकार सम्मेलन गरेर दिवस नमनाउने जानकारी दिएको छ।

‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यसवर्षको धान दिवस मनाउने तयारी थियो। मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कोरोना भाइरसका कारण यस वर्षको धान दिवसमा सञ्चारमाध्यममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शुभकामना सन्देशमात्र प्रवाह गरिने बताए।
 

प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
सेयर बजारमा हरियाली, आठ कम्पनीको मूल्यमा सर्किट साताको पहिलो कारोबार दिन आइतबार ११ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमबार झण्डै २७ अंकले वृद्धि भएको हो। सोमबार, जेठ २६, २०८२
सामान्य अंकले घट्यो सुन, कतिमा हुँदैछ कारोवार ? नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य सामान्य अंकले घटेको छ । सोमबार, जेठ २६, २०८२
पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला रिमिघा लेकमा गत साता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो ख... सोमबार, जेठ २६, २०८२
ताजा समाचारसबै
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर देखिएन : सचेतक परियार सोमबार, जेठ २६, २०८२
मंगलबार दिनभर छलफल गरी सहमतिको अधिकतम प्रयार गर्नेछौं : माओवादी सांसद दाहाल सोमबार, जेठ २६, २०८२
देशका सबै भू–भागमा विकास हुने गरी योजना बनाउनुपर्छ : देउवा सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
राष्ट्रिय सभा  बैठक (भिडियो)
राष्ट्रिय सभा बैठक (भिडियो) सोमबार, जेठ २६, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो)
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे (भिडियो) सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
महिलाको गोप्य अंग खानतलासी गरेको आरोपमा पूर्वमन्त्री सुब्बाविरुद्ध मुद्दा सोमबार, जेठ २६, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्