• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १, २०८२ Sun, Jun 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
शून्य समयमा सांसद : चौरजहारी घटना छानबिनका लागि संसदीय समितिको मागदेखि कोरोना परीक्षणसम्म
64x64
नेपाल लाइभ सोमबार, जेठ १९, २०७७  १२:४१
1140x725
फाइल फोटो : प्रतिनिधिसभा बैठक

काठमाडौं- प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले चौरजहारी घटना मानवीय अपराध भएकाले यसमा संलग्नहरुलाई उन्मुक्ति दिन नमिल्ने भन्दै तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।

शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले यो घटना निन्दनीय मात्र नभई पाशविक हत्या समेत भएको टिप्पणी गरेका छन्। प्रमुख प्रतिपक्षले ढ्यापढ्यापे समय लिएर नै उक्त घटनाको छानबिनका लागि विशेष समिति गठन गर्न माग गरेको छ।

सांसद आशा विकले अझै पनि आशामै रहेको टिप्पणी गरिन्। ‘मृतकको परिवारले छोरा फिर्ता मागेका छैनन्। न्याय मागेका छन्। यसमा सरकारले  ढिलाई गर्न वा छलछाम गर्न सक्दैन’, उनले भनिन्।

उनले चौरजहारी घटना छानबिनका लागि  संसदीय समिति गठन होस् भनी माग गरिन्।

सांसद इन्दुकुमारी शर्माले प्रेम गर्नु नै पाप हो? भन्दै  समाजका रहेको सामान्ती जातीय संस्कार अहिले छताछुल्ल भएको टिप्पणी गरिन्। माओवादीको उद्गम केन्द्र रुकुममा भएको घटनाले सबैको शिर झुकेको उनले बताइन्।

सांसद कमला रोकाले  रुकुम पश्चिम चौरजहारी घटनाको अकल्पनीय भएको भन्दै नवराव विकको सपना भेरीमा बगाए पनि यो विभेदको लागि न्याय मर्न नहुने उनले बताइन्।

सांसद कृष्णभक्त पोखरेलले  चौरजहारीको घटनाले सबैलाई लज्जित पारेको टिप्पणी गरे। ‘यो मानवता विरुद्ध अपराध हो। धेरै कानुन बने तर यो विभेद अन्त्य भएन’, उनले भने, ‘जसले जातीय विभेद गर्छ, त्यसलाई कारवाही गर्ने व्यवस्था गरौं। हरेक घटना मिलाउने होइन, कारबाही गर्न थालौं।’

सांसद खगराज अधिकारीले पनि पश्चिम रुकुमको घटनाको अपराधीलाई हदैसम्मको कारबाही माग गरे।

Ncell 2
Ncell 2

सांसद गगनकुमार थापाले  संविधान र कानुन बनाए पनि जातीय विभेद नहटेको टिप्पणी गरे। रुकुमको घटनाले सबैको अनुहारमा कालो पोतेको भन्दै उनले अब हेरेर बस्ने हो भने लाज पनि लजाउने बताए। उनले संसदीय छानबिन समिति निर्माण नभएसम्म आवाज उठाइरहने बताए।

रोग र भोगसँग पनि जुध्ने तयारी गरौं 
शून्य समयमा बोल्ने सांसदहरुले कोरोना भाइरसको महामारीका बीचमा सरकारको तयारी अपुग भएको भन्दै सरकारको ध्यानाकर्षण गराए। देशभरका क्वारेनटाइन, सीमाबाट प्रवेश गर्ने नागरिक र भोकले मर्न लागेमा श्रमिकहरुका आवाज सुन्न आग्रह गरे।

सांसद अमृता थापाले बाँकेमा भारतबाट फर्केमा मजदुरहरुको गाडी दुर्घटना हुँदा १२ जनाको मृत्यु र केही घाइते भएकोप्रति दुःख व्यक्त गरिन्।  सरकारले विदेशमा रहेका नेपालीलाई भित्र्याउनु स्वागतयोग्य कदम भएको भन्दै उनले कोरोनासँग जुध्ने सामाग्रीको जोहो नपुगेको टिप्पणी गरिन्। ‘भोक र रोग दुवैबाट बचाउने योजना निर्माण गर्न ध्यानार्कषण गराउँछु’, उनले भनिन्।

सांसद उमाकान्त चौधरीले मधेसमा भएका क्वारेनटाइन सबै मापदण्ड विपरित रहेको बताए।  विश्व स्वास्थ्य संगठनले तोकेको एउटै मापदण्ड नपुगेको भन्दै उनले यस्ता क्वारेनटाइनहरु कोरोना संक्रमणको थलो बन्दै जाने अवस्था सिर्जना हुने टिप्पणी गरे।  राहत उद्धार र परीक्षण तीनवटै कुरा छिटोभन्दा छिटो गर्न उनले माग गरिन्।  रोग र भोकले जनता मर्ने अवस्था आएको भन्दै उनले यसमा ध्यान दिन सरकारलाई आग्रह गरे।

सांसद उमा रेग्मीले कोरोना भाइरसको महामारीले देश आक्रान्त भएको र सुत्केरी हुन गएका महिला र डाइलाइसिस गर्न गएका बिरामीलाई पिसिआर परिक्षण गरेर आएमा मात्र गर्ने भन्दै फर्काउन थालिएकोप्रति ध्यानाकर्षण गराइन्। त्यस्ता अस्पतालहरुलाई कारबाही गर्नु पनि उनले माग गरिन्। सबै अस्पताल खुल्ला गराएर बिरामीको सेवा दिने व्यवस्था मिलाउन सरकारसँग उनले माग गरिन्।

सांसद उमाशंकर अरगरियाले सरकारको कोही भोकै मर्दैन र भोकै पर्दैन भन्ने नारा ल्याएको तर मानिस भोकै मरिरहेका भन्दै सरकारको ध्यानाकर्षण गराए।

सांसद कल्याणी खड्काले भारतबाट फर्केका मानिसहरुका कारण प्रदेशहरुको अवस्था भयावह हुँदै गएको टिप्पणी गरिन्। सबंभन्दा धेरै प्रदेश २ मा समस्या रहेको भन्दै उनले संसदको ध्यानाकर्षण गराइन्। क्वारेनटाइनहरु दयनीय अवस्था रहेको भन्दै उनले यसमा सरकारले ध्यान दिनुपर्ने बताए। उनले  नाकामै पिसिआर गर्ने व्यवस्था हुनुपर्ने माग गरिन्। यसरी परीक्षण परी पोजेटिभ आएका व्यक्तिलाई आइसोलेसन र नेगेटिभ आएकाहरुलाई  क्वारेनटाइनमा राख्न उनले माग गरिन्। प्रदेश २ को सबैभन्दा धेरै संक्रमित रौतहटका २१५ रहेका भन्दै उक्त क्षेत्रलाई विशेष ध्यान दिन उनले माग गरिन्।

सांसद कृष्णप्रसाद दाहालले कोरोना रोक्न जति चुस्त दुरुस्त हुनुपर्ने हो, हुन नसकिरहेको  टिप्पणी गरे। ‘हाम्रा बसहरु तोकिएको नाकामा लगेर मानिसहरुको ‍उद्धार गर्ने काम सुरु होस्’, उनले भने, ‘मापदण्ड पूरा गरेर स्वास्थ्यमाथि ध्यान दिएर परीक्षण गर्दै सम्बन्धित पालिकामा पुर्‍याउने कार्य सरकारले गरोस्।’

सांसद गजेन्द्र महतले जुम्लामा संक्रमण बढेकोले  हिजोको व्यवस्थापनले धान्दैन भन्ने पुष्टि भएको टिप्पणी गरे। कोरोना परीक्षणको काम कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठानले गरिरहेको भए पनि किट अभाव र क्वारेनटाइनमा राख्न मानिसलाई समस्या भएको उनले बताए।

सांसद गोपाल बहादुर बमले लकडाउन कोरोना रोकथामको उपाय भए पनि यसमा यसमा भ्रष्टाचार पनि नहोस् भन्दै कामना गरे। त्यस्तै यही अवसरमा कसैका लागि कमाउने मौका पनि नहोस् भन्दै उनले प्रभावकारी काम गर्न माग गरे।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७  १२:४१
  • #प्रतिनिधिसभा
  • #शून्य_समय

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ
मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला आजदेखि, नेपालले भोली नेदरल्यान्ड्ससँग खेल्दै
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको... आइतबार, असार १, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठक बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । आइतबार, असार १, २०८२
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरु समितिले उनीहरूका विषयमा कुनै उजुरी वा गुनासो भए १० दिनभित्र समितिमा पठाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको सभापति ईश्वरी न्यौ... शनिबार, जेठ ३१, २०८२
ताजा समाचारसबै
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने दुई जना पक्राउ आइतबार, असार १, २०८२
मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीको मृत्यु आइतबार, असार १, २०८२
त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला आजदेखि, नेपालले भोली नेदरल्यान्ड्ससँग खेल्दै आइतबार, असार १, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
नेपाली फुटबलर रेखा आबद्ध आबुधाबीले जित्यो यूएई महिला लिगको उपाधि आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो)
भिजिट भिसाले उद्योग समितिमा चर्काचर्की (भिडियो) शुक्रबार, जेठ ३०, २०८२
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो)
प्रतिनिधि सभा बैठक सुरू, विपक्षी दलहरूको विरोध कायमै (भिडियो) बुधबार, जेठ २८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इजरायल विरुद्ध तत्काल कदम चाल्न इरानद्वारा संयुक्त राष्ट्रसंघलाई आह्वान शनिबार, जेठ ३१, २०८२
इरानको तेल भण्डारमा इजरायलको आक्रमण पछि भीषण आगलागी आइतबार, असार १, २०८२
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्‌श्रीमतीकै मृत्यु शनिबार, जेठ ३१, २०८२
कानुन हामीले बनाउने हो, शिक्षक महासङ्घले होइन : सुमना श्रेष्ठ शनिबार, जेठ ३१, २०८२
भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, सवार ५ जनाको मृत्यु आइतबार, असार १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
प्रदेश सभा सदस्य एवं पूर्वमुख्यमन्त्री सोडारी निलम्बनमा सोमबार, जेठ २६, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्