• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सहयोगबाट बन्दैछ बेपत्ता पत्रकारको घर
64x64
महेश न्यौपाने बिहीबार, वैशाख १८, २०७७  १५:१६
1140x725

रोल्पा- अपरहणमा पर्नुभन्दा १६ दिनअघि मात्र कान्छो छोरो जन्मिएको थियो। १५ दिन सुत्केरी श्रीमतीको स्याहार गरेर कार्यक्षेत्र जाँदै गर्दा २०५८ साल असार १० गते अपहरणमा  परे उनी। जन्मेको १६ दिनमा छोडेर निस्किएको कान्छो छोरा रामचन्द्र अहिले १८ वर्ष पूरा भइसके पनि धनबहादुर रोका भने ज्युँदो छन् कि मरिसके भन्ने अहिलेसम्म कसैलाई अत्तोपत्तो छैन।

रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा खाम (मगर) भाषाका समाचारवाचक थिए धनबहादुर। रेडियो नेपालले पहिलो पटक संचारमा  समावेशी अवधारणा सुरु गरेसँगै नेवारी, भोजपुरी, मगर खाम, हिन्दीजस्ता भाषामा समाचार प्रसारण हुन थालेको थियो। मगर खाम भाषामा समाचारवाचकका लागि धनबहादुर रोका र प्रसाद बुढा २ जनाले रोल्पाबाट रेडियो नेपाल छिर्ने अवसर पाएका थिए। 

तत्कालीन समयमा सशस्त्र द्वन्द्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी माओवादीले उनको  परिवारलाई तारो बनाएको थियो। पत्रकार भएसँगै धनबहादुरलाई  केही सुरक्षित भएको अनुभुति  भएपनि ढुक्क हुने अवस्था थिएन।

धनबहादुरको सुर्खेत  रोल्पा आउजाउ चलिरहन्थ्यो।  घरबिदामा रोल्पा आएका धनबहादुर कार्यक्षेत्र जाँदै गर्दा प्यूठानको जलुकेबाट अपहरणमा परे।

साविकको रोल्पास्थित मिरुल गाविसमा बस्दै आएको धनबहादुरको परिवारलाई विद्रोही माओवादीले गाउँ बस्न  नदिएपछि मिरुल टुटुमा रहेको प्रहरी चौकी नजिक बस्दै आएको थियो। माओवादीले प्रहरी चौकी आक्रमणको श्रृंखला बढाउन थालेछि टुटुमा  रहेको प्रहरी चौकी विस्थापित भएसँगै रोका परिवार पनि गाउँ छाड्न बाध्य भएको थियो। जागिरको शिलसिलामा धनबहादुर सुर्खेत लागेसँगै उनको परिवार भने विस्थापित भएको थियो। 

सुरक्षाका लागि जन्मथलो मिरुल छाडेर धनबहादुरका आमा, श्रीमती र छोराछोरी जिल्ला सदरमुकाम लिबाङ आएर बस्न थालेका थिए। धनबहादुरका बुबा मनबहादुरलाई माओवादीहरूले २०५३ सालमै गोली हानी हत्या गरिसकेका थिए। बुबा मनबहादुरको हत्या गर्दा धनबहादुरका भाईलाई पनि खुकुरीले छियाछिया गरेर काटेका थिए। धनबहादुरकी श्रीमती दिलकुमारीका अनुसार बेहोस भएका देवरलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि नेपालगञ्ज लगिएको थियो। समयमै उपचार पाएका कारण उनी बचेका थिए। बुबा र भाईलाई आक्रमण गर्दा धनबहादुरकी आमा लुकेर बचेकी थिइन्। माओवादी युद्धको सुरुवातदेखि नै आक्रमणको तारो बनेको धनबहादुरको परिवार युद्धकालभर जन्मथलो फर्कन पाएन।

शान्ति प्रक्रिया सुरु भएसँगै घर फर्किएका धनबहादुरको परिवारसँग बस्ने बास र खाने गाँस थिएन। धनबहादुरकी श्रीमती माईतीमा बसिन्। 'बस्ने बासको ठेगान नहुँदा लामो समय माइतीमा बसेँ,' धनबहादुरकी श्रीमती दिलकुमारीले भनिन्, 'दाजुभाइले बनाई दिएको सानो घरमा छोराछोरी हुर्काउनुको विकल्प  थिएन। त्यसै गरेँ,' उनले भनिन्। 

धनबहादुर जन्मिएको ठाउँमै घर बनाएर बस्ने ईच्छा लागेकाले घर बनाउने निर्णयमा पुगेपनि उनीसँग आवश्यक रकम थिएन। नजिकका छरछिमेक र इष्टमित्रसँग सहयोग जुटाएर घर निर्माण गर्ने सोचमा रहेकी उनले अहिले भने सहयोग पाउन थालेकी छिन्। 'उनको घर निर्माणका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाले सहयोगको आश्वासन दिएका छन्,' नेपाली कांग्रेस मिरुलका  सभापति खरिलाल डाँगीले भने। 

Ncell 2
Ncell 2

नेपाली  कांग्रेस रोल्पा, नेपाल  तरुण दल रोल्पालगायतले सहयोगको थालनी गरेको नेपाली कांग्रेस रोल्पाका क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिए। 'पार्टीका नेता  कार्यकर्ता तथा नेपाल तरुण दल  रोल्पाले संकलन गरेको सहयोगबाट घर छाउने टिन हस्तान्तरण गरेका छौँ,' घर्तीले भने।

स्थानीय शान्ति समिति रोल्पाको अभिलेखमा २०५९ माघ  १६ गते विद्रोहीबाट हत्या गरिएको उल्लेख गरिएको छ। सोही अभिलेखमा धनबहादुरका बुबा मनबहादुरको २०५३ कार्तिक ३० गते विद्रोही माओवादीबाट हत्या गरिएको उल्लेख गरिएको छ। 'स्थानीय शान्ति समितिको अभिलेखमा हत्या गरिएको भनिए पनि आफूहरुले अहिले सम्म न लास पाएको अवस्था छ, न सास नै,' धनबहादुरको श्रीमती दिलकुमारीले भनिन्। 

एसिया जर्नलिस्ट एसोसिएसनको सहयोगमा नेपाल पत्रकार महासंघका तत्कालीन सभापति विष्णु निष्ठुरीको पहलमा बेपत्ता पत्रकार धनबहादुरका छोराछोरीलाई २०६६ सालदेखि विद्यालय पढाउन सहयोग गर्दै आएको थियो। 

आफ्ना ससुरा किन मारिनु पर्‍यो? अनि श्रीमान किन अहिलेसम्म बेपत्ता पारिनु पर्‍यो? शसस्त्र युद्ध शान्ति प्रक्रियामा अवतरण गरेको डेढ दशक पार गर्दासम्म दिलकुमारीले जवाफ पाउन सकेकी छैनन्। बुबा बेपत्ता हुँदा छोरी पवित्रा साढे तीन वर्षकी थिइन्। जेठो छोरा बसन्त २ वर्ष र कान्छो छोरा रामचन्द्र १६ दिनका मात्र थिए। सानैमा बुबा गुमाएका अबोध बालबालिकाहरु अहिले ठूला भइसके। तर अझै उनीहरुले आफ्ना बुबा र बाजे किन मारिनु पर्‍यो जवाफ पाएका छैनन्। 

shivam cement

shivam cement

राज्यको चौथो अंग भनिने पत्रकारिता गर्दागर्दै अपहरणमा परेका धनबहादुरको श्रीमती लामो समयसम्म घरबारविहीन हुँदा पनि राज्यको नजर पुग्न नसकेपछि सहयोग खोजेर घर बनाउन बाध्य भएकी हुन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
हिमालका विषय उजागर गर्न सफल भएका छौँ : परराष्ट्र सचिव राई आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
शिक्षा उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा समितिलाई बुझायो आइतबार, जेठ ४, २०८२
सुदूरपश्चिममा नाउपाबाट रामेश्वर चौधरी मन्त्री नियुक्त आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोवार ? आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्