• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
नेकपा शीर्ष नेतृत्व जोड्न दोस्रो तहका नेता सक्रिय
64x64
डिबी खड्का मंगलबार, वैशाख १६, २०७७  १८:२९
1140x725

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शक्ति सन्तुलनको तराजु बिग्रिएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तराजुको एकापट्टी छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतमलगायत अर्कापट्टी छन्। प्रधानमन्त्री ओलीको  योजना कार्यान्वयन हुन्थ्यो भने समाजवादी पार्टी यतिबेला फुटको संघारमा हुन्थ्यो। तर अरुलाई फुटाउन राखेको अध्यादेशरुपी हतियार आत्मघाती भएको छ। नेकपा आफैं संकटमा फसेको छ।

शीर्ष नेताहरुबीच नै आइरहेको दरारलाई झन् फैलाउँदै गइरहेका छन् नेकपाको दोस्रा तहका केही नेता। तर  केही भने फेबिकोल बन्ने प्रयास गरिरहेका छन्। तीमध्ये अग्रपङ्तिमा छन्, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल। गुटका हिसाबले ओली पक्षका उनी यतिबेला काठमाडौंमा छन् र नेताहरुबीचको तीतो बढ्न नदिन भरमग्दुर प्रयास गरिरहेका छन्। 

उनी नेताहरूलाई भेटेर पदको लोभबाट मुक्त हुन आग्रह गरिरहेका छन्। पार्टीमा शक्ति सन्तुलन र भागबन्डा मिलाउनु परे आफू मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले भनेका छन्, 'पार्टी एकतालाई सफल बनाउन म मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार छु।'

पार्टी एकता जोगाउन विश्वास र सहकार्यको वातावरण तयार पार्न सबं नेता तथा कार्यकर्तालाई उनले आह्वान गरेका छन्। 'आपसी कटाक्ष र टिप्पणी बन्द गरौं। मिले जितिन्छ, झै-झगडाले नासिन्छ, गम्भीर बनौं,' उनले भने। सबै भन्दासंयम हुनुपर्ने ओली पक्षकै नेता कार्यकर्ताले रहेको अवगत प्रधानमन्त्री ओली र उनी निकटस्थ नेताहरुलाई गराएका छन्। उनी सक्रिय भएदेखि टर्रो बोल्ने प्रधानमन्त्री ओली निकटस्थ नेताहरु चुप रहेका नेकपाका एक सांसद बताउँछन्। 

पार्टी एकताको मूलमर्म सहमति र सहकार्य भएकाले लाखौं कार्यकर्ताको भविष्य जोडिएको पार्टी एकता जोगाउन नेतृत्व गम्भीर र जिम्मेवार हुने उनको अपेक्षा छ। उनको भावनाको नेकपाका नेताहरुले नै प्रशंसा गरिरहेका छन्। नेकपाकी सचेतक शान्ता चौधरी, सांसद महेश बस्नेतलगायतले उनको भनाइ आफ्नो फेसबुक मार्फत् आम नेता कार्यकर्ता माझ पुर्‍याइरहेका छन्। यसैगरी परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि नेताहरुलाई नजिक ल्याउन सक्रिय छन्। नमिलेका विषयमा आपसी छलफल गर्न र एकअर्काप्रति लचिलो भएर अगाडि बढ्न सुझाइरहेका छन्। 

यसैगरी पूर्व माओवादी पक्षका नेताहरु पनि सकेसम्म शीर्ष नेताहरुको मनमुटाव टुंगियोस् भन्ने चाहन्छन् र आफूहरु एकताकै पक्षमा रहेको सन्देश दिइरहेका छन्। नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट, स्थायी समिति सदस्य देवेन्द्र पौडेल पनि मिल्नु नै अहिलेका लागि उत्तम रहेको बताइरहेका छन्। उनले भने, 'प्रधानमन्त्री कार्यशैली सुधार्न दबाब दिनुपर्ने भएपनि विभाजनको तहका कुरा गर्न नहुने सुझाव हामीले दिइरहेका छौं।'

यसैगरी नेकपा नेता दीननाथ शर्मा पार्टीका समस्या मन माझेर सल्टाउनुपर्ने पक्षमा छन्। कार्यकारी अध्यक्ष प्रचण्डनिकट रायमाझी पार्टी फुटको तयारीमा लाग्ने समय नरहेको बताउँछन्। प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड-नेपाल समूहले हस्ताक्षर अभियान चलाउने विषयको समेत उनी विरोधमा रहेको बुझिएको छ।

मन्त्री लेखराज भट्टले पनि पार्टी विभाजन गर्न नहुने मत जाहेर गर्दै शक्ति सन्तुलन र पद मिलाउनु परे आफू त्याग गर्न तयार रहेको जनाउ दिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले प्रधानमन्त्री ओलीको कार्यशैलीका विषयमा समीक्षा गरेपनि पार्टी एकतालाई कायम राख्न सुझाएको बुझिएको छ।

यसैगरी, नेकपाका केन्द्रीय सदस्य र अन्य कार्यकर्ता पनि शीर्ष नेताहरुबीच भइरहेको मतभिन्नतालाई आत्मसमीक्षाबाट टुंग्याउनुपर्ने पक्षमा सामाजिक सञ्जाल मार्फत् दबाब दिइरहेका छन्।

नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी आफूहरु भूइँमा बस्न तयार रहेको तर सरकार ढाल्ने र पार्टीमा विभाजन ल्याउने खेलमा नेताहरुलाई नलाग्न सुझाउँछिन्। 'हामीलाई पदको कुनै पर्वाह छैन, सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि होइन। भुइँमा बस्न तयार छौं।  एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं,' उनले भने। 

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १८:२९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी समितिबाट पारित भएको व्यवस्था संशोधन गरेर एउटा उपदफा सच्याएर, एउटा उपदफा थप गरेर संसदमा पुगेको उनले बताए । सभामुख देवराज घिमिरेले बोल... मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्नासाथ सबैकुरा आफूले भनेको जस्तो नहुने बताए । मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबारको बैठक ढिलो गरी सुरु भएपनि प्रतिपक्ष दल अनुपस्थित भएपछि सभामुख तुलाराम घर्तिमगरले पुनः आधा घण्टाका लागि बैठक स्थगित गरेका हु... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्