• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, असार १५, २०८२ Sun, Jun 29, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार
मेलम्ची खानेपानी आयोजनाको काम : संघीय सरकार निरन्तरता दिने, वडा रोक्ने
64x64
नेपाल लाइभ बिहीबार, वैशाख ४, २०७७  ०६:५९
1140x725

मेलम्ची- कोरोना भाइरसको प्रकोप सुरु भएपछि केही समय बन्द रहेको मेलम्ची खानेपानी आयोजनाको काम पुनः सुचारु भएको थियो।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा चलिरहेको मेलम्ची खानेपानी आयोजनको काम नरोक्ने सरकारको निर्णयसँगै लकडाउनको अवधिमा पनि त्यहाँ काम हुनथाल्यो। आयोजना अन्तिम चरणमा रहेकाले यसलाई नरोक्ने निर्णय उच्च स्तरीय समितिले गर्दै कामदारहरु फर्काएर केही हप्तादेखि काम चलिरहेको थियो।

पुनः सुचारु भएको आयोजनाको कामले जोखिम बढाएको भन्दै स्थानीयहरुले भने विरोध गर्दै आएका थिए। दैनिक सयौं गाडीहरु चल्ने र नयाँनयाँ मानिसको हिँडडुल हुने गरेकाले कोरोना भाइरस फैलने जोखिम उच्च रहेको भन्दै आयोजनाको काम बन्द गर्न उनीहरुले दबाब दिँदै आएका थिए।

स्थानीयले माग राख्दैमा आफूहरुले काम बन्द गर्न नमिल्ने आयोजनाले जवाफ दिँदै कामलाई सुचारु राखेको थियो।

दसैंसम्म काठमाडौं पानी लैजाने सोचका साथ तिब्र गतिमा हेडवर्क्सको काम गरिरहेको आयोजना अब भने समस्यामा पर्ने देखिएको छ। हेलम्बु नगरपालिकाको वडा नम्बर ४ ले आयोजनासहित सबै यातायात रोक्ने निर्णय गरेपछि आयोजनाको काममा अन्योल सिर्जना भएको हो।

संघ सञ्चालन गर्ने, वडा रोक्ने
केन्द्र र स्थानीय सरकारका बीचमा दुईथरी निर्णय हुँदा आयोजनाको काम अन्योलमा परेको छ। केन्द्रले काम सञ्चालन गर्ने भने पनि वडासचिवले त्यस्तो निर्णय नमान्न पत्र लेखेका छन्।

केन्द्रको निर्देशनलाई बेवास्ता गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ४ ले मेलम्ची खानेपानी आयोजनाको काम र यातायात सञ्चालनमा रोक लगाएको छ। वडाले अत्यावश्यक बाहेकको यातायात सञ्चालनमा रोक लगाउने र अनावश्यक हिँडडुल समेत गर्न नदिने भएको हो।

कोरोना संक्रमण बढेको र खानेपानीको गाडी धेरै चल्न थालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु ४ का वडा अधक्ष्य राजकुमार लामिछानेले जानकारी दिए। बिहीबार बिहानबाट लागू हुने गरी राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीका सम्पूर्ण गाडी हेलम्बु प्रवेशमा रोक लगाइएको उनले बताए। उनका अनुसार, हेलम्बु प्रवेशद्वार तालामराङबाट हेलम्बु प्रवेशमा हिँडडुलमा, अत्यावश्यक सवारीसाधन प्रहरी, संचार, एम्बुलेन्स, तरकारीका र पास बाहेकका सम्पूर्ण यातायातमा रोक लगाइएको छ। बिहान ६ बजेबाट ९ बजेसम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म खाद्यान्न र तरकारी पसलमात्र खुलाउन अनुमति दिइने छ।

स्थानीय विपत व्यवस्थापन समितिले बसेर निर्णय गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन लामाले बताए। अहिलेको आवश्यकता भनेको जनताको स्वास्थ्य भएकाले त्यसलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएर यस्तो निर्णय गरेको उनले बताए।

Ncell 2
Ncell 2

‘राष्ट्रिय गौरवको आयोजनाको काम रोक्ने निर्णय पक्कै राम्रो होइन तर अहिलेको महामारीको अवस्थालाई पनि हेर्न जरुरी छ’, अध्यक्ष लामाले भने, ‘जनतालाई बचाउन सकिएन भने आयोजना मात्र बनाउनुको अर्थ नभएकाले सबैसँगको छलफलमा यस्तो निर्णय गरिएको हो।’

उक्त निर्णयले खानेपानीको मात्र नभई सबै सवारी साधन रोकिएकाले यसलाई आयोजना रोक्ने नियतको रुपमा हेर्न नहुने उनको तर्क छ। आयोजना सञ्चालन भइरहेमा स्थानीय जनताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएकाले नगरपालिकाले सबै पक्षलाई ख्याल गरेर यस्तो निर्णय गरेको उनले बताए।

आयोजनाका फिल्ड इन्जियियर शैलेश खनालले भने आयोजनाको सबै काम बन्द नगर्ने प्रयासमा आफूहरु रहेको बताए। ‘सिमेन्ट पनि छैन। दुईचार दिन सप्लाईको काम बन्द हुन्छ। भित्रको काम सञ्चालन गर्ने प्रयासमा हामी रहेका छौं’, खनालले भने.

भित्र रड बाध्ने लगायतका अन्य काम नरोक्ने प्रयासमा आयोजना रहेको उनले भनाई छ। हिजो सर्वदलीय बैठकपछि भएको निर्णय बारे आफूले आयोजना प्रमुखसँग समेत जानकारी गराएको उनले बताए। ढुंगा, बालुवा लगायत सामाग्री सप्लाई गर्ने सवारी चालकहरुले जथाभावी रुपमा रोक्ने र नियम पालना नगरेको गुनासो स्थानीयबाट धेरै आएपछि आयोजना यसका लागि तयार भएको उनले बताए।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  ०६:५९
  • #coronaupdate

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ : पूर्वप्रधानमन्त्री बेनेट
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
सेयर बजारमा हरियाली
सम्बन्धित सामग्री
प्रधानमन्त्री ओलीले भने, ‘हुम्ला अब टाढा छैन, केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ’ ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेक... शुक्रबार, असार १३, २०८२
दोर्दी केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सुरू यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो। बिहीबार, असार १२, २०८२
सिँचाइ कुलो निर्माणसँगै आकासे पानीको निर्भरता हट्यो सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमा ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पान... सोमबार, असार ९, २०८२
ताजा समाचारसबै
नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ : पूर्वप्रधानमन्त्री बेनेट आइतबार, असार १५, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित आइतबार, असार १५, २०८२
सेयर बजारमा हरियाली आइतबार, असार १५, २०८२
कर्मचारी आधा कटौती गरेर करारमा राखौं, टेबल-टेबलको शासन अन्त्य गरौं– जनार्दन शर्मा आइतबार, असार १५, २०८२
नेपालका सुन र चाँदी र तामाका खानी उत्खननमा बजेट परेन: सांसद आले मगर आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल
एसइईको नतिजा सार्वजनिक गर्न बोर्ड बैठक जारी, यस्तो छ परीक्षा बोर्डमा चहलपहल शुक्रबार, असार १३, २०८२
राष्ट्रिय सभा (लाइभ)
राष्ट्रिय सभा (लाइभ) बिहीबार, असार १२, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस् आइतबार, असार १५, २०८२
नेपाली यू–१६ टोलीले इन्डोनेसियालाई दियो ४२१ रनको विशाल लक्ष्य, प्रसिद्धको शतक आइतबार, असार १५, २०८२
काठमाडौं गुर्खाजले रिटेन गर्‍यो ६ खेलाडी शनिबार, असार १४, २०८२
प्रसिद्धको शतक र विपिनको ६ विकेटसँगै नेपाल सेमिफाइनलमा आइतबार, असार १५, २०८२
पूर्व राष्ट्रपति भण्डारीद्वारा एमालेको राजनीतिमा पुनः सक्रिय भएको घोषणा (पूर्णपाठ) शनिबार, असार १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
अमलालाई अदालत लगियो,आजै थुनछेक बहस आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्