• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
ह्याकरले चाहे जुनसुकै बेला पेमेन्ट सिस्टम आफ्नो हातमा लिन सक्छन्
64x64
अरुण सापकोटा सोमबार, चैत २४, २०७६  १०:३५
1140x725

काठमाडौं- भुक्तानी प्रणालीको असुरक्षाको विषयले केहि दिनदेखि ग्राहकहरु त्रसित छन्। प्रधानमन्त्रीका सूचना तथा प्रविधि सल्लाहकार अस्गर अली साइवर अपराधकाे घटनामा मुछिएसँगै बैंकिङ प्रणालीसँग जोडिएका विभिन्न भुक्तानी प्रणालीमा हुन सक्ने ह्याकिङले ग्राहकहरुले असुरक्षित महसुस गरेका हुन्।

प्रविधिबाट हुने भुक्तानी प्रणाली शतप्रतिशत सुरक्षित हुँदैनन्। तर, असुरक्षा हुने सक्ने विषयमा बैंकहरुले चनाखो हुनुपर्छ र भइरहेका पनि हुन्छन्। यदि, कसैले अहिलेको प्रविधिलाई ह्याक गर्न चाह्यो भने गर्न सक्नेमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र सहमत छन्। यस्तै बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा पनि ह्याक जहिले पनि हुन सक्ने स्वीकार छन्।

कोरोना भाइरस राेकथाम, नियन्त्रण तथा उपचारका लागि आवस्यक पर्ने स्वास्थ्य सामग्रीको खरिदमा भएकाे अनियमितताको विषयमा लेखिएको समाचारलाई प्रधानमन्त्रीकै सल्लाहकारले अनलाइन पोर्टलको सिएमएस ह्याक गरेर डिलिट गरेका थिए। अलीको उक्त कर्तुतपछि उनी संलग्न भएका डिजिटल भुक्तानीको प्रणालीलाई लिएर ग्राहकले असुरक्षाको महसुस गरेका हुन्।

बैंकहरुले चलाइरहेको सफ्टवेर ‘एफ वन सफ्ट’मा पनि अलीकै प्रत्यक्ष संगलग्नता छ। आफूले चाहेको बेलामा खुलेआम हस्तक्षेप गर्न सक्ने उनको कार्यशैलीले बैंकरहरु अहिले थप सचेत भएका छन्। तर, ग्राहक सशंकित छन्।

केहि दिनयता विकसीत भएका घटना क्रमपछि सम्पूर्ण बैंकहरु अलर्ट भएकाे संघका प्रमुख कार्यकारी अधिकृत शर्मा बताउँछन्। उनले भने, ‘बैंकहरुले नियमित रुपमा आफ्नो प्रणाली कसरी सुरक्षित राख्नुपर्छ भनेर लागिरहेकै हुन्छन्। बैंकहरुले सबैभन्दा सुरक्षित राख्नु पर्नेमा पेमेन्ट गेटवे नै हो। पछिल्लो समय हामीले सबैभन्दा धेरै मोनिटरिङ पनि यही नै गरिरहेका छौं।’

कुनै विषयमा असुरक्षित देखिने बित्तिकै नेपाल राष्ट्र बैंकले रोक लगाउने बैंकका कार्यकारी निर्देशक मिश्रले जानकारी दिए। ‘हामीले सिस्टम हेरेर मात्रै स्वीकृति दिएका हुन्छौं। तर, उनीहरुले चाहे भने ह्याक गर्न सक्छन्,‘ उनले भने।

जानकारका अनुसार ह्याकर पुरै प्रणालीमै छिरे भने जे पनि गर्न सक्छन्। यसका लागि बैंकहरु सबैभन्दा धेरै सतर्क भएर बस्नु पर्ने हुन्छ। हाल धेरै मानिसको पहुँचमा रहेको डिजिटल भुक्तानी प्रणाली बढी असुरक्षित देखिएकाे हाे। यस्ता प्रणाली ह्याक भएको खण्डमा पैसा ट्रान्फर गर्दा व्यक्तिको खाताबाट डेविट हुने र जानुपर्ने ठाँउमा नगई अन्तै जाने सम्भावना धेरै हुने मिश्रले बताए। उनका अनुसार अहिलेसम्म यस्ताे समस्याका बारेमा कुनै जानकारी आएकाे छैन।

भुक्तानी प्रणाली नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएपछि मात्रै सञ्चलन गर्न पाइन्छ। अहिले ७ वटाले यस्ताे डिजिटल भुक्नीको लागि अनुमति पाएका छन्। २० वटा भन्दा बढी भुक्तानी प्रणालीको लागि लाइसेन्स कुरेर बसेका छन्। पाइपलाइनमा रहेका यी पेमेन्ट गेटवे आएपछि जोखिम थप बढ्ने शर्मा बताउँछन्।

Ncell 2
Ncell 2

यस्ता प्रणालीहरुले नेपाल राष्ट्र बैंकले विभिन्न समयमा जारी गरेका सर्कुलरहरु कार्यान्वयन गर्नुपर्ने हुन्छ। मिश्रले भने, ‘हामीले जारी गरेका सर्कुलर उनीहरुले कार्यान्वयन गरे/नगरेको हेर्छौं। असुरक्षित देखिने बित्तिकै नेपाल राष्ट्र बैंकले रोक लगाउछ।‘

राष्ट्र बैंकका अनुसार अहिलेसम्म ह्याकिङ भएको कुनै पनि घटना छैन। बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित राख्न लागि परेकै हुन्छन्। बैंकहरुले सबैभन्दा सुरक्षित राख्नु पर्नेमा पेमेन्ट गेटवे भएकाले सतर्कता अपनाएकाे बताउँछन्। कतिपय बैंकहरुले घरबाटै पनि आफ्नो प्रणाली चेक गरिरहेकाे जानकारी दिए।

बैंक तथा वित्तीय संस्थाहरुका साथै नेपाल राष्ट्र बैंकले पनि डिजिटल बैंकिङलाई प्रवर्द्धन गरिरहेका छन्। बजारमा आएका जति सबैलाई आफ्नो प्रणालीमा भित्र्याउनु भन्दा अगाडि ती प्रणालीको विश्वसनियता तथा सुरक्षाको परीक्षण गरिनु पर्ने संघका प्रमुख शर्मा बताउँछन्। सबै विषय हेरेर मात्रै सम्झौता गरिने उनले बताए।

यस्ता सेवा प्रदायक प्रणाली बैंकसँग जोडिएपछि उनीहरुले बैंकका ग्राहकको नाम, खाता नम्बर, मोबाइल नम्बरलगायतको सूचना प्राप्त गर्छन्। पेमेन्ट प्रणालीको एपसँग बैंकको खाता टपअप गर्नुपर्ने हुन्छ। तर, शर्माका अनुसार त्यस्ता प्रणालीसँग त्योभन्दा बढी सूचना हुँदैन। उनीहरुले ग्राहकको खातामा के कति पैसा छ र उनीहरुको कारोबार विवरण भने हेर्न मिल्दैन।

कनेक्ट आइपिएस र एनसिएचलले ग्राहकको बैंकको खाताका साथै बैंककै प्रणाली भित्र छिरेर काम गर्न सक्छन्। यी संस्था सरकारकै लगानी भएका संस्था भएकाले सुरक्षित नै हुने बताइन्छ। अहिलेको अवस्थामा ग्राहकले असुरक्षित महसुस गर्नु पर्ने अवस्था नभएको शर्मा बताए। उनले ग्राहक आफैंले आफ्नो युजर नेम र पासवर्ड सुरक्षित राख्नु पर्ने सुझाए।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १०:३५
  • #बैंक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो साताको पहिलो कारोबार दिन आज सेयर बजार ११ अंकले गिरावट आएको हो। योसँगै आज सेयर बजार २६२९ विन्दुमा कायम भई बन्द भएको छ। आइतबार, जेठ २५, २०८२
साताको अन्तिम दिन पनि घट्यो सेयर बजार बुधबार १२ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ६ अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २६४० विन्दुमा पुगेर बन्द भएको छ... बिहीबार, जेठ २२, २०८२
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त जेठ २२ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई बिहीबारदेखि लागु हुनेगरी आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम... बिहीबार, जेठ २२, २०८२
ताजा समाचारसबै
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार, जेठ २५, २०८२
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्