• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
राष्ट्रियसभा सदस्यमा भाग मिलाएका देउवालाई शेखरको 'ब्रेक'
64x64
लिलु डुम्रे आइतबार, चैत २, २०७६  १७:२०
1140x725

काठमाडौं– फागुन १४ मा बसेको नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गर्‍यो। बैठक सकिएको केही बेरमै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई जानकारी दिए, 'सचिवालयको निर्णय अनुसार म गौतमलाई सिफारिस गर्न सक्दिनँ।'

ओलीले सोही दिन नेता नेपालसँग बालुवाटारमा थप छलफल गरे। भोलिपल्ट बिहानै कांग्रेस नेता डा शेखर कोइरालालाई पनि भेटे। सो भेटमा पार्टीभित्र आफूलाई अप्ठ्यारोमा पारिएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको विषय सार्वजनिक भएको थियो। तर, प्रधानमन्त्रीले राष्ट्रियसभामा मनोनित सांसदको संख्या ९ जना पुर्‍याउने र त्यसमा कांग्रेससँगको भागबन्डाका विषयमा छलफल गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ।

'राष्ट्रपतिबाट मनोनित सदस्यको संख्या ९ जना पुर्‍याउने र कांग्रेसबाट ३ जना हुने सहमति शेरबहादुरजीसँग भएको छ,' प्रधानमन्त्रीले कोइरालालाई भनेका थिए, 'यसबारे तपाईंको धारणा के छ?'

प्रधानमन्त्रीले यस विषयमा कांग्रेसमा देउवाइतर समूहको धारणा बुझ्न कोइरालासँग कुरा गरेका बताएका थिए। 'तपाईंहरूको पार्टीमा अलि विवाद छ। भोलि सार्वजनिक रुपमै विवाद उठ्यो भने झमेला हुन्छ। त्यसैले तपाईंको धारणा बुझ्न खोजेको हुँ,' प्रधानमन्त्रीले कोइरालालाई भनेका थिए।

प्रधानमन्त्रीको प्रस्तावबाट सुरुमा अचम्मित भएका कोइरालाले आफ्नो पार्टीमा बहस नभएको यस विषयप्रति ठाडै असहमति राखेका थिए।

'बिना औचित्य संविधानलाई यसरी चलाउनु राम्रो हुँदैन,' कोइरालालाई उद्धृत गर्दै स्रोतले भन्यो, 'पार्टीभित्रको अप्ठ्यारो मिलाउन संविधान संशोधन गर्दै जाने हो भने भयावह स्थिति आउँछ।'

स्रोतले भन्यो, ‘सभापति देउवाले तीन जना कांग्रेसले पाउने सर्तमा सहमति जनाउनुभएको रहेछ। सभापतिले दिएको सहमतिको कार्यान्वयन हुन सक्ने/नसक्ने बुझ्नका लागि कोइरालासँग खोज्नुभएको हो।’

डेढ घन्टा बढी समय भएको भेट वार्तामा मुख्यतः राष्ट्रियसभामा सदस्य बढाउने विषयमै केन्द्रित रहेको बताइएको छ।

Ncell 2
Ncell 2

भेटघाटको चार दिनपछि नै प्रधानमन्त्री ओली मिर्गौता प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका थिए।

फागुन २० अर्थमन्त्री युवराज खतिवडाले पदबाट राजीनामा दिएर भोलिपल्टै पुन सपथ लिएका थिए।

सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउन गरेको निर्णय ओझेलमा परेको छ।

गौतम राष्ट्रियसभा सदस्य बन्ने चर्चासँगै संविधान संशोधनको विषय नेकपाभित्र उठ्न थालेको हो। मुख्यगरी राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गरिनुपर्ने गौतमको माग थियो। त्यसका अतिरिक्त अन्य केही प्रावधानको पनि संशोधनको विषयमा प्रधानमन्त्री थिए। सोही अनुसार, राष्ट्रियसभा सदस्यको संख्या बढाउने प्रयासमा ओली छन्।

अहिले संविधानको अनुसार राष्ट्रियसभामा राष्ट्रपतिले ३ जना मनोनित गर्ने प्रावधान छ। दुई वर्षे पदावधि पूरा गरेका खतिवडाको पद रिक्त छ। नेकपाले गौतमलाई सदस्य बनाउने निर्णय गरे पनि कार्यान्वयन भइसकेको छैन। प्रधानमन्त्रीको चाहना अनुसार खतिवडाको पुनः नियुक्ति भइसकेको पनि छैन।

प्रकाशित मिति: आइतबार, चैत २, २०७६  १७:२०
  • #nepali_congress
  • #deuba
  • #देउवा
  • #शेखर
  • #कांग्रेस
  • #shekhar

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि... आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रुपमा ३०० दिनभित्र उक्त क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीले गरे टियु मैदान निरीक्षण आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्