• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
64x64
लिलु डुम्रे बुधबार, फागुन ११, २०७८  २०:४५
1140x725

काठमाडौं– प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताको पक्षमा उभ्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रयत्न जारी राखेका छन्। २०७५ माघ २५ गते केपी ओली शर्मा नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधि सभामा पेस गरेको प्रस्तावलाई उनैको समर्थनले पारित गराउने प्रधानमन्त्री देउवाको प्रयास छ। तर, त्यसले भरपर्दो आधार भने पाइसकेको छैन।

कांग्रेस एमसीसीको पक्षमा उभिँदै आएको छ। यस मुद्दामा पार्टी पनि एकढिक्का छ। तर, ऊ एक्लैले यसलाई पारित गर्न सक्ने अवस्था छैन। त्यसैले सत्ता गठबन्धनका दलहरु र प्रमुख प्रतिपक्षी दल एमालेसँग उसले संवाद अघि बढाएको हो। एमाले पक्षमा उभिँदा एमसीसी सहजै पारित हुन्छ।

सरकारमा रहँदा ओली एमसीसीको पक्षमा कडा अभिव्यक्ति दिने गर्थे। तर, बालुवाटारबाट बालकोट पुगेपछि एमसीसीबारे विगतका आफ्नै बोलीमा परिवर्तन गर्न थालेका थिए। सकेसम्म नबोल्ने, बोल्नै परे ओलीले विपक्षी देखिने भाषा प्रयोग गर्न थालेका छन्। यसरी अहिले उनी यस विषयमा रणनीतिक देखिन्छन्। एमसीसीमाथि तौलेर बोलेर आसन्न निर्वाचनमा मत बढाउने उनको अभिप्राय देखिन्छ। ओलीको रणनीति बुझेका देउवाले आफ्ना 'गोटी' पनि चालिरहेका छन्।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को बलमा सत्तासीन भएका देउवा कांग्रेसको नेतृत्वमा रहेको पाँचदलीय गठबन्धनलाई सकेसम्म नतोड्ने पक्षमा छन्। गठबन्धन कायम राखेर ओलीलाई एमसीसीको पक्षमा ल्याउन देउवालाई सकस परिरहेको छ। परिणामतः देउवा आफैंले ओलीलाई भेट्न तथा आफ्ना दूतका रुपमा नेतालाई बालकोट पठाउने यत्न गरिरहेका छन्।

देउवाले गठबन्धनका नेताहरुसँगै समानान्तर रुपमा ओलीसँग संवाद गर्नु आसन्न निर्वाचन केन्द्रित रणनीतिसँग पनि जोडिएको छ। आसन्न स्थानीय तहको निर्वाचनका प्रमुख प्रतिस्पर्धी कांग्रेस र एमाले हुन्। कांग्रेसका धेरै नेता तथा कार्यकर्ता के कुरामा विश्वस्त छन् भने माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा देखिए पनि ती दलले कांग्रेसको मत काट्न कठिन छ। तर, एमाले मौन बस्यो भने कांग्रेसको मत काटिन्छ। निर्वाचनमा प्रमुख प्रतिस्पर्धी दललाई कमजोर बनाउने अस्त्र प्रयोग गर्नु देउवाका लागि अस्वाभाविक होइन। त्यतिबेला, ‘एमसीसी पारित गर्ने कांग्रेस’ हो भन्दै एमाले जनतामा पुग्नेछ। जनतामा एमसीसी विरोधी भावना यसरी बढाइएको छ कि त्यसले अपजस जति कांग्रेसको भागमा पर्न सक्ने हेक्का देउवालाई छ।

Ncell 2
Ncell 2

आम जनमत एमसीसीको विपक्षमा छ। त्यहीमाथि यो 'राष्ट्रवाद'को विषय समेत बनेको छ। चुनावमा त्यसको प्रत्यक्ष लाभ उठाउने ध्याउन्नमा एमाले छ। प्रतिवाद गर्ने हैसियतमा कांग्रेस नेता र कार्यकता नहुँदा सिट बढ्ने एमालेकै हो। कांग्रेस महामन्त्री गगन थापा तत्‌क्षणको लाभहानी हेरेर पार्टीले बोली नफेर्ने बताउँछन्। ‘तत्‌क्षणको निर्वाचनमा लाभ हानी बिर्सेर भए पनि कांग्रेसले आफ्नो परिचय कायम राख्नुपर्दछ’, थापाले भने, ‘राष्ट्रिय हितको लागि कसले के भन्यो भन्ने होइन, अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि कांग्रेस अरु पार्टी जस्तो सरकारमा बस्दा एउटा र बाहिर बस्दा अर्को, बिहान एउटा बेलुका अर्को, बालुवाटारमा एउटा खुमलटारमा अर्को बोली फेरिरहने चरित्र बोक्दैन।’ 

एमालेको सोही रणनीति बुझेका देउवा उसलाई पनि एमसीसीको पक्षमा ल्याउन संवादरत छन्। कथं, एमाले एमसीसीको पक्षमा उभियो भने अपजसको भागिदार कांग्रेस मात्रै हुँदैन। दुवैले अपजस बोकेर जनतामा जाँदा आफ्नो मत नकाटिने बुझाइ कांग्रेसमा छ। अर्कोतिर, कांग्रेस-एमाले मिलेर एमसीसी पारित गरेको अवस्थामा चुनावमा जति भोट काटिन्छ, त्यो भोट एमालेको मात्रै हुने बुझाइ कांग्रेसमा छ। त्यसैले एमालेलाई नै एमसीसीको पक्षमा उभ्याउन सक्दा कांग्रेसलाई बहुआयामिक फाइदा पुग्ने विश्लेषण कांग्रेसभित्र भइरहेको छ।

एमसीसीलाई चुनावी नारा बनाउने ध्याउन्नमा एमाले छ। कार्यकर्ताले केन्द्रीय नेता तथा सांसदलाई एमसीसीको पक्षमा नउभिन दबाब दिइरहेका छन्। कार्यकर्ताको अभिमतलाई ओलीले बुझेकै छन्। एमसीसीका पक्षमा उभिँदा चुनाव जित्न मुस्किल हुने विश्लेषण गरेर नै ओलीले बोली परिवर्तन गरेका हुन्।

मंगलबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न पुगेका ओलीले आफ्नो पूर्वशर्त कायमै राखे। गठबन्धनभित्रबाटै असहयोग भएकाले एमसीसी अनुमोदनमा सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको भनाइ छ। एमसीसीमा मौनता राखेको एमालेले भने पुरानै माग दोहोर्‍यायो। ‘पार्टीले विगत ६ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः स्पष्ट पार्नुभएको छ’, रिजाल भन्छन्।

आफ्नो अडानबाट पछि नहटेका ओलीलाई मनाउनका लागि देउवाले बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाणलाई बालकोट पठाएका थिए। खाणले ओलीसँग के प्रस्ताव राखे र ओलीले के जवाफ फर्काए, खुलेको छैन।

एमालेको द्वेध चरित्रप्रति कांग्रेसमा थप शंका पैदा भएको छ। सत्तामा हुँदा एमसीसीको पक्षमा देखिएका ओली पारित गर्ने बेलामा पनि पक्षमा देखिनुपर्ने बताउँछन् कांग्रेस प्रवक्ता प्रकाशशरण महत। तत्कालीन नेकपा सरकारले संसद सचिवालयमा एमसीसी सम्झौता दर्ता गर्दा कांग्रेस पक्षमा नै रहेको महतले स्मरण गरे। संसद्‌मा दर्ता गरेको प्रस्तावलाई पारित गरिनुपर्ने निर्णय केन्द्रीय समितिबाट ओली सरकारकै समयमा गरेको उनले सुनाए। 

‘ओलीज्यूले संसद्‌मा दर्ता गरेको एमसीसी पारित गराउने पक्षमै हामी थियौँ। हामी सत्तामा हुँदा एकथरी र सत्तामा नहुँदा अर्कोथरी बोल्दैनौं। सही छ भने सत्तामा हुँदा वा नहुँदा पार्टीलाई फाइदा होस् वा नहोस्, विचार फेर्दैनौं’, महतले भने।

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
पोखरा महानगरपालिकामा एमालेको ‘गढ’ भत्काउला सत्ता गठबन्धनले?
सम्बन्धित सामग्री
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले राखेका विषयमा निरन्तर छलफल भइरह... आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ विपक्षी दलहरु र केही सत्ता पक्षका सांसद उठेका थिए । सभामुखले सदन चलाउन सांस... आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार काठमाडौंमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वि... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
सदनको गतिरोध अन्त्यका लागि दलहरुबीच समझदारी नजिक पुगेको छ : बर्तौला आइतबार, जेठ २५, २०८२
हिमानी ट्रष्टद्वारा जुम्लामा बर्थिङ सेन्टर शिलान्यास आइतबार, जेठ २५, २०८२
रिची ब्यारिन्टनको शतकमा नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको विशाल लक्ष्य आइतबार, जेठ २५, २०८२
विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित आइतबार, जेठ २५, २०८२
सत्ता साझेदारबीच फाटो ल्याउने विपक्षीको प्रयास सफल हुँदैन : प्रधानमन्त्री ओली आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन
सुनचाँदीको गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै व्यवसायीको प्रदर्शन आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्