• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
के आर्मीले लिग जिते पहिलो उपाधि हो?  ‘इतिहास मेटाएर मेटिँदैन’ 
64x64
ऋग्वेद शर्मा शुक्रबार, फागुन २, २०७६  १९:०१
1140x725

काठमाडौं- ‘आर्मी अहिलेसम्म लिग च्याम्पियन भएको छैन। हामीले लिग सुरु हुँदादेखि नै एउटा लक्ष्य बनाएका थियौँ- जसरी भए पनि लिग जित्ने’ त्रिभुवन आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेको भनाइ हो यो। 

सहिद स्मारक ‘ए’ डिभिजन लिगको ४३औँ संस्करणको अन्तिम खेलमा शनिबार आर्मीले मछिन्द्र क्लबविरुद्ध खेल्दैछ। दशरथ रंगशालामा दिउँसो साढे १ बजे हुने खेलले नै यो लिगको विजेता टुंगो लाग्नेछ। 

मछिन्द्र क्बलले आर्मीलाई हराएमा उसको पहिलो ‘ए’ डिभिजन उपाधि हुनेछ। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल पहिलो उपाधिको जितमा आफूहरु कुनै कसर बाँकी नराख्ने बताउँछन्। यता आर्मीका प्रशिक्षक नवीन न्यौपाने पनि आफूहरु पहिलो उपाधिको योजनामा रहेको नै बताउँछन्। 

तर आर्मीले जितेमा पहिलो उपाधि हो या दोस्रो उपाधि हो भन्ने तर्क भिन्न ढंगले आइरहेका छन्। ‘आर्मी पहिलो उपाधिको खोजीमा’ जस्ता शैलीमा समाचार शीर्षकहरु आइरहेका छन्। खेलाडीदेखि प्रशिक्षकसम्म पहिलो उपाधिकै रटानमा छन्। 

खास कुरा के हो त? एकैछिन नेपालमा लिग फुटबलको सुरुवात र सहिद स्मारक ‘ए’ डिभिजन लिगको जन्मलाई नियालौँ, 

नेपालमा फुटबल कहिलेदेखि खेल्न थालियो यकीन छैन। बिस १९७० को दशकमा नेपालमा खेलाडी जुटेर राम्ररी फुटबल खेल्न थालेको भनाइ भने सुनिन्छ। त्यसमा विशेष त भारत कोलकाता पढ्न जाने राणा शासकको देन छ। 

राणाप्रधानमन्त्री जुद्धसम्सेरका नाति नरसम्सेर जबराले पनि कोलकातामा नै सिकेको फुटबल नेपालमा आएर विकास गर्न निकै काम गरेका थिए। राणा दरबारभित्र सीमित फुटबल उनैले सर्वसाधरणको पहुँचमा पुर्‍याएको विश्वास गर्ने आधारहरु पाइन्छ।  

ट्रफीसाथ आर्मीका कप्तान भरत खवास र मछिन्द्रका कप्तान विराज महर्जन।

नरशम्सेरकै पहलमा बिस १९९५ मा नेपालमा पहिलो अनाधिकारिक लिग फुटबलसमेत भएको थियो। त्यो लिग पाटन टुँडिखेलमा गरिएको थियो। जहाँ अहिले सेनाको राजदल गणको ब्यारेक छ। त्यो लिगमा नरसम्सेरको सक्रियतामा जावलाखेल,  भारतीय दुतावासका कर्मचारी मिश्रित ठमेल, डिल्लीबजारको महावीर क्लब, पाटन, क्रषिकेश शाहहरूको सक्रियतामा गठित इन्टर इन्टिस्च्युट लगायतका टोली समावेश रहेको लेखोटहरु पाइन्छ। तर झगडाको कारण त्यो लिग बिचमै टुंगियो। जुन झगडा राणा प्रधानमन्त्री कहाँ पुग्दा लिग पुनः सुरु गर्न नसकिएको बताइन्छ। 

Ncell 2
Ncell 2

पछि बिस २००४ सालमा नरशम्सेरकै सक्रियतामा नेपाल फुटबल संघको गठन भएपछि पद्म सम्शेरको सहमतिमा केही वर्षमा नै आधिकारिक लिगका रुपमा आयोजित राम जानकी कप सुरु भयो। त्यसलाई नेपाली फुटबल विकासको मुख्य आधार मानिन्छ। 

बिस २००७ सालपछि रक्षा दल (हाल नेपाल प्रहरी) ले रामजानकी कपको पहिलो तीन वटै संस्करण जितेर शील्ड नै पचाएपछि उक्त लिग पनि संकटमा परेको थियो। 

त्यो समय रक्षा बाहिनीका आइजी ज्ञानबहादुर याकथुम्बा थिए। उनकै नेतृत्वमा सिंहदरबारमा बसेको बैठकमा रक्षा बाहिनीका खेलाडीले रामजानकी कपलाई सहिद नामाकरण गर्ने प्रस्ताव राखेका थिए। प्रहरीकै सहयोगमा बनेको नयाँ ट्रफीलाई ‘सहिद स्मारक ट्रफी’ नाम दिएर नेपाल फुटबल संघलाई हस्तान्तरण गरियो। जसले बिस २०११ सालदेखि पुनः लिग सुरु भयो। 

२०११ सालको लिग ट्रफी। जुन आरसिटीको संग्रहालयमा सुरक्षित छ। ट्रफीमा २०१४ सालमा सैनिक ११ ले लिग जितेको उल्लेख छ।

नेपाल फुटबल संघ अस्तित्वमा रहेसम्म लिगको आयोजना १५ पटक भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) भएपछि २०३२ यता अहिले जारी लिगसमेत २८ वटा लिग भएको छ। संरचना र अन्य सबै कुरा एउटै नै रहँदा २०११ सालदेखि नै अहिलेसम्म एउटै लिग निरन्तर हो भन्नैपर्ने हुन्छ। समय समयमा बीचका केही वर्ष लिग नभए पनि अहिले ४३औँ लिग चलिरहेको छ। 

२०११ सालमा महावीर ११ क्लब, २०१२ र २०१३ मा नेपाल पुलिसले लिग जितेपछि २०१४ सालमा सैनिक ११ टिमले लिग जितेको थियो। जुन अहिलेको स्वरुपमा हेर्दा आर्मी क्लबकै रुपमा निरन्तर हो। 

२०१७ र २०१९ सालमा एनआरटी, २०२० मा विद्या व्यायाम, २०२३ मा महावीर ११, २०२४ मा फ्रेन्ड्स युनियन, २०२५ मा देउराली क्लब ठमेल, २०२६ मा महावीर ११ र २०२७ मा पुनः देउराली क्लब ठमेलले नै लिग उपाधि जित्यो। त्यसपछि भने २०२८, २०२९ र २०३० मा रानीपोखरी कर्नर टिम (आरसिटी) ले लिग जित्दै ट्रफी आफ्नो बनाएको थियो। 

नेपाल पुलिस क्लबले पछिल्लो पटक २०६८ सालमा लिग उपाधि जित्दा २०६७ र २०६३ सँगै २०१२ र २०१३ समेतको उपाधि गणना गर्दै पाँचौँ उपाधि भनियो। त्यसो भए अहिले आर्मीलाई किन पहिलो उपाधिको खोजी भनिँदैछ त? 

सैनिक ११ ले लिग जितेको २०१४ सालतिर नै नेपाली फुटबलमा सक्रिय रहेका खेलाडी कोमल पाण्डे भने अहिले आर्मीले उपाधि जिते दोस्रो उपाधि नै हुने र इतिहास मेटाउने प्रयास कसैले गर्न नहुने तर्क गर्छन्। 

‘आर्मीले जमानामा २०१४ सालमा लिग जितिसकेको छ। यसपटक आर्मीले पहिलो उपाधिको आशमा भन्नु त इतिहास मेटाउने गलत प्रयास हो नि। त्यस्तो भन्नु मिल्दैन। एन्फा यस्तो विषयमा प्रष्ट हुनुपर्छ’, पाण्डे भन्छन्, ‘लिग उही हो। ट्रफी उस्तै हो। संरचना उस्तै हो भनेदेखिन इतिहास बिर्सेर अगाडि बढ्न हुँदैन। एन्फामा नै यस्तो जानकारी छैन भने त संघ चलाउनुको के अर्थ र!’

जारी लिगमा आर्मी टिम।

आर्मीले लिग जिते पहिलो उपाधि भन्ने कि दोस्रो त? एन्फा प्रवक्ता किरण राईले ‘यो विषय यही हो भन्ने यकीन नभएको’ भन्दै छोटो जवाफ दिए। 

एन्फा लिग समितिका निर्देशक सञ्जिव मिश्र भने प्रवक्ता राई भन्दा केही स्पष्ट र भिन्न रुपमा देखिए। ‘पहिलो उपाधि जित्दै भने पनि हुने र दोस्रो उपाधि भने पनि हुने’ भन्दै उनी भन्छन्- ‘यदि आर्मीले लिग जितेमा त्रिभुवन आर्मी क्बलको रुपमा पहिलो उपाधि भनिनु पनि जायज नै हो। २०१४ सालमा सैनिक ११ टिमलाई विभागीय टिमको एउटै रुपमा हेर्दा आर्मीको दोस्रो उपाधि भन्दा पनि हुन्छ।’  

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्