• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
अन्तिम खेलमा पुगेको लिग आक्रामक खेलको रणनीतिमा दाबेदार टिम
64x64
ऋग्वेद शर्मा बुधबार, माघ २९, २०७६  ०६:२०
1140x725

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा १२औँ चरणको अन्तिम खेलमा आज जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब खेल्दैछन्। यसपछि हरेक टिमको एक खेल बाँकी रहन्छ। तर, सबै ध्यान मछिन्द्र र आर्मीबीचको अन्तिम खेलमा अड्किएको छ। जसमा विजेताको टुंगो लाग्नेछ। 

१२औँ चरणको खेलले सरस्वती युथ क्लब रेलिगेसनमा पर्‍यो भने उपाधिको दाबेदारी मछिन्द्र र त्रिभुवन आर्मी क्लबबीच मात्रै बाँकी बस्यो। त्यसले १३औँ चरणको अरु खेल फिका बन्ने भए पनि अन्तिम खेल रहँदासम्म उपाधि पक्का नहुनुको रोमाञ्चकता भने बनेको छ। 

मछिन्द्र र आर्मीबीचको लिगको अन्तिम खेल फागुन ३ गते शनिबार दशरथ रंगशालामा हुनेछ। जसमा आर्मीलाई उपाधि जित्न बराबरी पर्याप्त हुनेछ भने मछिन्द्रले खेल जित्नैपर्ने हुन्छ। 

अहिले १२ खेलमा ९ जित, २ बराबरी र १ हारसहित २९ अंक बनाएर आर्मी क्लब शीर्ष स्थानमा छ। १२ खेलमा ९ जित, २ बराबरी र १ हार नै भएर दोस्रोमा रहेको मछिन्द्रको २८ अंक छ। गएको वर्षको लिगमा रेलिगेसन नहुने एन्फाको नियमअनुसार यो लिगमा मछिन्द्रको एक अंक कम भएको हो। गएको वर्ष मछिन्द्र पुछारबाट दोस्रोमा थियो। 

आफ्ना स्टार खेलाडीहरु मछिन्द्रमा गए पनि मनाङ मर्स्याङ्दी क्लब १२ खेल सकिँदा तेस्रो स्थानमा रहेको छ। ७ खेल जितेर ४ बराबरी गर्दै १ खेल हारेको मनाङको २५ अंक रहेको छ। चौथो स्थानमा रहेको थ्री स्टार क्लबको १२ खेलमा २३ अंक छ।

लिग तालिकामा पाँचौँ स्थानमा रहेको जावलाखेलले ११ खेल खेल्दा १८ अंक बनाएको छ। छैठौँ स्थानमा रहेको नेपाल पुलिस क्लबको १७, सातौँमा रहेको च्यासल युथ क्लब, आठौँमा रहेको एनआरटी र नवौँमा रहेको संकटा तीनै क्बलको १५ अंक, १०औँ मा रहेको फ्रेन्ड्सको १४ र एक खेल कम खेलेर ११औँ स्थानमा रहेको हिमालयन शेर्पाको १० अंक छ। 

१२ खेलमा दुई खेल मात्र जितेर दुई खेल बराबरी गरेको बिग्रेड ब्वाइज क्लबले ८ अंक र १२ खेलमा दुई खेल नै जितेर दुई बराबरी गरेको एपिएफले पनि ८ अंक नै बनाएको छ। रेलिगेसनमा परेको सरस्वतीको चार अंक छ। सरस्वतीले बिग्रेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने हिमालयन शेर्पालाई ४–३ ले हराएको थियो। 

Ncell 2
Ncell 2

के भन्छन् प्रशिक्षक? 
लिगमा एक रेलिगेसन र एक विजेता टिम गरी दुई टिममा विशेष नजर हुनेछ। रेलिगेसनमा सरस्वती क्लब परिसकेको छ। विजेता टिममा भने आर्मी र मछिन्द्रको अन्तिम खेल फाइनल जस्तो बन्ने भएको छ।

लिग सुरु हुने बेला रेलिगेसनमा पर्दैनौँ भनेर लागिपरेका सरस्वती क्लबका प्रशिक्षक प्रदीप नेपाल स्ट्राइकर चल्न नसकेकाले आफूहरु रेलिगेसनमा परेको बताउँछन्। 

‘हामी रेलिगेसन भयौँ त्यसमा मुख्य त हाम्रो स्ट्राइकर नै भएन। सुरुमा रेलिगेसनमा पर्दैनौँ भनेर नै खेल्न आएका थियौँ तर फिनिसिङ नै कमजोर हुँदा रेलिगेसन हुन पुगेका हौँ’, प्रशिक्षक नेपाल भन्छन्, ‘ हाम्रो स्ट्राइकिङ बाहेक अरु पक्ष त राम्रो नै हो। अब ब्यबस्थापन कसरी अगाडि बढ्छ क्लबको लक्ष्य त्यहीअनुसार नै हुन्छ।’ 

उता अन्तिम खेलमा बराबरीले पनि लिग उपाधि जित्ने आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपाने आफूहरु अन्तिम खेलमा पनि आक्रामक रुपमा नै अघि बढ्ने बताउँछन्।  

‘हामीले अहिलेसम्म सोचेअनुसार खेलिरहेका छौँ। अब अन्तिम एक स्टेप बाँकी छ। त्यसमा हाम्रो पहिलो रोजाइँका खेलाडीहरु नै हुनेछन्। हाम्रो बेन्चमा रहेका खेलाडी पनि बलिया नै छन्’, प्रशिक्षक न्यौपाने भन्छन्, ‘मछिन्द्र पनि राम्रो टिम हो। हामी अन्तिममा पनि राम्रो खेल देखाएर नै उपाधि उचाल्न चाहन्छौँ। बराबरी भए पनि हामी विजेता हुनेछौँ तर हामी बराबरी भन्दा जितका लागि नै बढ्ने छौँ।’  

लिग अन्तिममा आइपुग्दा विभागीय बाहेकका टिममा खेलाडीको ‘स्ट्रेन्थ’ कमजोर भएकाले आफूहरु बलियो देखिने प्रशिक्षक न्यौपानेलाई लाग्छ। 

‘अहिलेसम्म सबै खेल हेर्दा विभागबाहेक अरु टिमको स्ट्रेन्थ कमजोर भएको जस्तो लाग्छ। मछिन्द्रको टेक्निकल र विदेशी खेलाडी राम्रा छन्’ उनी भन्छन्, ‘विदेशी खेलाडीसँगै बिशाल राईलाई याद गरेर खेल्न सक्यौँ भने उपाधि जित्छौँ भन्ने छ। अन्तिम खेल गर र मरकै स्थिति हो। हामी सफल हुन्छौँ।’ 

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल १२औँ खेलमा संकटालाई ३–१ ले हराउन सकेकाले अन्तिम खेल केही सहज हुने अनुमान गर्छन्। 

‘हामीले संकटालाई जित्नै पर्ने थियो र जित्यौँ पनि अब विजेतामा बढ्न सजिलो भएको छ। हामी सानो टिमसँग पनि हारेका थियौँ त्यसैले डर त सबै खेलमा रह्यो नै’, प्रशिक्षक कटुवाल भन्छन्, ‘अन्तिम खेल फाइनल जस्तै भएको छ। त्यो खेलमा आर्मीको बराबरी नै काफी भएकाले जोगिएर खेल्छन् जस्तो लाग्छ। हामी भने जितका लागि अट्याकमा बढेर नै खेल्नुपर्ने हुन्छ।’ 

भरतको ५० गोलको खुसी 
२०६३ सालमा संकटाबाट लिग सुरु गरेका भरत खवास अहिले आर्मी क्लबमा महत्वपूर्ण खेलाडी हुन्। 

संकटाबाट पुलिस हुँदै फ्रेन्ड्स क्लब र आर्मीबाट लिग खेलेका भरत खवासले मंगलबार बिग्रेड ब्वाइज क्लबविरुद्ध गोल गर्दै लिगमा ५० गोल पूरा गरे। ५० गोलको खुसीमा रहेका भरत भन्छन्- ‘लिगमा गोल गर्न सजिलो छैन। टिम, व्यवस्थापन र अरु सबैको पनि सहयोग सल्लाह सुझावमा अघि बढ्दै गएँ र यहाँसम्म पुग्न सकेँ।’ 

भरतले २०६३ मा संकटाबाट ५ गोल, २०६६÷६७ मा फ्रेन्ड्सबाट ५ गोल, २०६८ मा पुलिसबाट १४ गोल गरेका थिए। २०६९ मा आर्मीबाट खेलेका भरतले ११ गोल गरेका थिए। त्यसपछि आर्मीबाट नै २०७० मा ४, २०७५ मा ४ र अहिले २०७६ मा ४ गोल गरेका हुन्। 

‘यो नै अन्तिम होइन, सन्तोष साहुखलले जस्तो सय गोलसम्म पुग्ने सपना पनि छ। त्यो सजिलो त छैन तर पनि सन्तोष दाइको पाइला पछ्याउँदै उहाँलाई भेट्ने प्रयास गर्छु,’ बिग्रेड ब्वाइजसँगको खेलपछि भरत भन्छन्, ‘५० गोल पूरा हुँदा छोरीको सम्झना पनि आइरहेको छ। उनी सधैँ मैदानमा मेरो खेल हेर्न आएकी हुन्थिन् तर आज उनलाई मैदानसम्म ल्याउने मान्छे पनि भएन।’ 

थप मेहनत गर्दै अगाडि बढ्ने र राष्ट्रिय टिममा सर्वाधिक गोलकर्ता बन्ने सपना रहेको भन्दै भरत भन्छन्– ‘मेरो सपना राष्ट्रिय टिममा सर्वाधिक गोलकर्ता बन्ने हो, तर आर्मीको तालिमले कति खेलहरु छुटेका छन्। तर त्यो गोलको कीर्तिमान म पूरा गर्छु भन्ने विश्वास छ।’

टिम कमजोर तर सफल आशिष
अहिलेसम्म लिगमा सर्वाधिक गोलमा छन् एपिएफका आशिष लामा। तर पुछारबाट दोस्रोमा रहेको एपिएफ भने एन्फाको एक टिम रेलिगेसन पर्ने नयाँ नियमले मात्र जोगिन सक्यो। सोमबार फ्रेन्ड्स क्लबलाई ५–२ ले हराउँदा दुई गोल गरेका आशिषले जारी लिगमा आठ गोल गरिसकेका छन्। 

लिगमा च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल ७ गोलसहित सर्वाधिक गोलको दोस्रो स्थानमा छन्। उनले जारी लिगमा नै पुलिस क्लबविरुद्धको गोलपछि ‘ए’ डिभिजन लिगको इतिहासमा एक सय गोलको कीर्तिमानसमेत बनाएका थिए। 

यस्तै मनाङ मर्स्याङ्दीका बिमल राना र अन्जन बिष्ट साथै आर्मीका नवयुग श्रेष्ठले ६ गोल गरेका छन्। सरस्वतीका कजिम बुसारीले ५ गोल गरेका छन्। 

लिगमा चार गोल गरेका खेलाडीमा मछिन्द्रका सोमिडे एडेलेजा, आर्मीका भरत खवास, हिमालयन शेर्पाका विजय श्रेष्ठ, फ्रेन्ड्सका उत्तम राई, मछिन्द्रका दीपक राई, पुलिसका सुमन लामा, थ्री स्टारका सन्जोग राई, संकटाका अजया कायोडे र आर्मीका सन्तोष तामाङ रहेका छन्। 

यस्तै लिगमा तीन गोल गरेका खेलाडीमाहरुमा च्यासलका हायाटो वाकिनो, एनआरटीका दर्शन गुरुङ, थ्री स्टारका लाल राम्भारा, मछिन्द्रका देवेन्द्र तामाङ, एपिएफका प्रविण कुमार स्याङतान, फ्रेन्ड्सका वाग्नेर डे कार्मो र थ्री स्टारका अनन्त तामाङ रहेका छन्। 

लिगमा अहिलेसम्म १ सय ६६ खेलमा १ सय ७६ गोल भएको छ। ८६ जना खेलाडीले गोल गरेका छन्। त्यसमा दुई गोल गर्ने खेलाडी १८ जना छन् भने एक गोल गर्ने खेलाडी ४५ जना रहेका छन्। 

अब कसको खेल कोसँग? 
लिगमा १२औँ चरणको एक खेल मात्र बाँकी छ। जसमा आज दिउँसो १ बजे एन्फा कम्प्लेक्सको मैदानमा हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लब खेल्दैछन्। यसपछि सबै टिमका एक खेल बाँकी रहनेछ।

बाँकी ७ खेलमा ६ खेल एन्फा कम्प्लेक्सकै कृत्रिम मैदानमा हुनेछ भने मछिन्द्र र आर्मीबीचको अन्तिम खेल दशरथ रंगशालामा हुनेछ। 

अन्तिम चरणको खेलमा मछिन्द्र र आर्मीसँगै नेपाल पुलिसविरुद्ध फ्रेन्ड्स, एपिएफविरुद्ध बिग्रेड ब्वाइज, सरस्वती युथ क्लबविरुद्ध संकटा क्लब, हिमालयन शेर्पाविरुद्ध एनआरटी, थ्री स्टारविरुद्ध च्यासल युथ, जावलाखेल युथविरुद्ध मनाङ मर्स्याङ्दीको खेल हुनेछ। 
 

प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्