लिभरपुल– इंग्ल्यान्डको एफए कप फुटबल प्रतियोगिताअन्तर्गत लिभरपुल र म्यानचेस्टर युनाइटेड चौथो चरणमा प्रवेश गरेका छन्।
शुक्रबार राति भएको खेलमा लिभरपुलले इभर्टनलाई २–१ ले हरायो।
लिभरपुलको जितमा यहि साता साउथह्याम्टनबाट लिभरपुलमा आवद्ध भएका भिर्जेन भान डेकले निर्णायक गोल गरे। उनले खेलको ८४ मिनेटमा गोल गरेपछि लिभरपुलले जित निकालेको हो। डच डिफेन्डर डेक ८४.५ मिलियन युरोमा लिभरपुलमा आवद्ध भएर विश्वकै सर्वाधिक महँगा डिफेन्डर बनेका थिए।
डेकले गोल गर्नुअघि ३५ मिनेटमा जेम्स मिल्नरले गोल गरेर लिभरपुलाई अग्रता दिलाएका थिए। तर ६७ मिनेटमा इभर्टनका लागि ग्लेफी सेगुडर्सनले बराबरी गोल फर्काए।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले भने डर्बीलाई २–० ले हरायो। युनाइटेडले दुवै गोल अन्तिम १० मिनेटमा गरेको थियो। ८४ मिनेटमा जिसे लिङगार्डले अग्रता दिलाउँदा अन्तिम मिनेटमा रोमेलु लुकाकुले गोल गरेर युनाइटेडको जित पक्का गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।