केप टाउन– भारत विरुद्धको पहिलो टेस्टको पहिलो इनिङमा घरेलु टिम दक्षिण अफ्रिका २ सय ८६ रनमा अलआउट भएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि एबी डिभिलियर्सले सबैभन्दा बढी ६५ रनको योगदान गरे। जसप्रित बुमराहबाट बोल्ड हुनुअघि उनले ८४ बल खेलेर ११ चौका प्रहार गरे। कप्तान फाप डु फ्लेसिसले ६२ रनको योगदान गरे। क्वान्टन डेकले ४३ रन बनाए।
त्यसअघि खराब सुरुवात गरेको दक्षिण अफ्रिकाले सुरुवाती ३ विकेट ५ ओभरभित्र गुमाएको थियो। १२ रन भित्र गुमाएका तीनै विकेट भुवनेश्वर कुमारले लिए। डिन एल्गर शून्य, एइडेन मार्क्रम ५ र हसिम अम्ला ३ रनमा आउट भएका थिए।
कुमारले क्वान्टन डेक ककलाई पनि सिकार बनाएपछि ४ विकेट लिन सफल भए। भारतका लागि रविचन्द्रन आस्विन २ विकेट लिँदा मोहमद सामी, जसप्रित बुमराह र हार्दिक पाण्ड्याले १–१ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।