धनगढी– शुक्रबारदेखि सुरु सुदुरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदुरपश्चिम ११ ले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदुरपश्चिमले च्यासल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो। जितसँगै सुदुरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७१ मिनेटमा सेगुनले गोल गर्दै च्यासललाई अग्रता दिलाए। तर खेल सकिन ४ मिनेट बाँकी छदा सुदुरपश्चिमका विनोद केसीले गोल गर्दै खेलाई बराबरीमा ल्याएका थिए। निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
पेनाल्टी सुटआउटमा च्यासलका सुमन लामाको पेनाल्टी प्रहारलाई सुदुरपश्चिम ११ स्पोर्टस क्लवका किपर जिवन भट्टराईले रोकेपछिआयोजक टिम अन्तिम चारमा पुगेको हो। भट्टराई खेलको म्यान अफ द म्याच हुँदै नगद १० हजार पनि प्राप्त गरे गर्न सफल भए।
प्रतियोगितामा नेपालका र भुटानको एक गरी १२ टिमको सहभागिता छ। प्रतियोगिताको विजेतालाई ११ लाख ११ हजार १ सय ११ र उपविजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ। पाँच विधाका उत्कृष्टलाई जनही १५–१५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।