काठमाडौं– राखेप च्याम्पियनसिप अन्तर्गत भइरहेको राष्ट्रिय महिला फुटबल प्रतियोगितामा समूह 'बी' को विभागिय डर्बीमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मीलाई हराएको छ।
शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले आर्मीलाई १–० ले हरायो। एपिएफको जितमा सावित्रा भण्डारीले खेलको ५० मिनेटमा निर्णायक गोल गरिन्। सावित्राले भली सर्टमार्फत लोभलाग्दो गोल गरेकी थिइन्। भण्डारीले समूह चरणका तीन खेलमा २१ गोल पूरा गरिन्।
शुक्रबार नै भएको खेलमा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चनलाई २–० ले हरायो। पश्चिमाञ्चलको जितमा समा कार्की र सुनिता विकले गोल गरे।
समूह 'बी'मा तीनै खेल जितेको एपिएफ समूह विजेताको रुपमा सुपर लिगमा पुग्यो। २ खेलको आर्मी उपविजेता हुँदै सुपर लिगमा पुग्यो। समूह 'ए' बाट नेपाल पुलिस क्लब र सुदुरपश्चिमान्चल सुपर लिगमा पुगे।
सुपर लिग आइतबार देखि हुनेछ। पहिलो दिन पुलिस र आर्मी तथा एपिएफ र सुदुरपश्चिमबीच खेल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।