म्याड्रिड– स्पेनिस कोपा डेलरे फुटबल प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना बराबरीमा रोकिएको छ। बार्सिलोनालाई सेल्टा भिगोले १–१ गोलको बराबरीमा रोकेको हो।
खेलमा बार्सिलोनाका नियमित फरवार्ड लिओनल मेसी अनुपस्थित थिए। चार महिनादेखि मैदान बाहिर रहेका ओस्मान डेम्बेले वैकल्पिपक खेलाडीको रुपमा खेलको ७२ मिनेटमा मैदान प्रवेश गरेका थिए।
खेलको १५ मिनेटमा बार्सिलोनाका जोसे अर्नाइजले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। ३१ मिनेटमा सेल्टा भिगोका पोइन सिस्टोले बराबरी गोल फर्काए।
प्रतियोगिताको अर्को खेलमा रियल म्याड्रिडले नुमानसियालाई ३–० ले हरायो। रियलको जितमा गारेथ बेलले ३५, इस्कोले ८९ र मायोरलले ९०+१ मिनेटमा गोल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।