म्याड्रिड– डिएगो कोस्टाले एट्लेटिको म्याड्रिडमा पुनरागमन गरेको खेलमा पाँचौ मिनेटमै गोल गरेका छन्। बुधबार राति भएको कोपा डेलरे अन्तगर्त अन्तिम १६ को पहिलो लेगमा कोस्टाले लेइडा स्पोरतिउविरुद्ध गोल गरेका हुन्।
कोस्टा खेलको ६४ मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए। उनले ६९ मिनेटमा गोल गरेका थिए। खेलमा एट्लेटिकोले ४–० गोलको जित निकाल्यो।
एट्लेटिकोका लागि गोडिनले ३३, टोरेसले ३७ र एन्टोनियो ग्रिजम्यानले ९०+२ मिनेटमा गोल गरेका थिए।
कोस्टा गत सेप्टेम्बरमा चेल्सीबाट आफ्नो पुरानो क्लब एट्लेटिकोमा फर्किएका थिए। चेल्सीका प्रशिक्षकसँग कुरा नमिलेपछि कोस्टाले तीन वर्षपछि एट्लेटिको फर्किएका थिए।
कोपा डेलरेको अन्य खेलमा अलाभेसले फोर्मेन्टेरालाई ३–१, सेभिल्लाले कार्डिजलाई २–० ले हराउँदा भ्यालेन्सिया र लास पालमासले १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।