बेत्रावती– जिल्लाको सदरमुकामसँग जोडिएको छ माझीगाउँको बस्ती। तर, बीचमा पर्ने सामरी खोला गाउँ विकासकै बाधक थियाे।
_x000D_
_x000D_
बस्तीदेखि त्रिशूली बजारसम्म आउने दूरी छाेटाे भए पनि आवतजावतमा कठिनाइ थियाे।अहिले त्याे कठिनाइ दूर भएकाे छ। समुदाय आफैंले झोलुङ्गे पुल निर्माण गरेपछी पैदल मात्र हाेइन सवारी साधन समेत सञ्चालनमा छ।
_x000D_
_x000D_
गाउँभित्र कच्ची भए पनि व्यवस्थित सडक छ। गाउँमा सामाजिक कार्य गर्नुपर्यो भने भोजभतेर चलाउन भाडावर्तनसहितको ‘क्याटरिङ’ पनि उपलब्ध छ।
_x000D_
_x000D_
भेलाका लागि गाउँको बीचमा सामुदायिक भवन बनाइएको र यहीँ बसेर ‘नगरभित्रको गाउँ’ को विकास कसरी गर्ने भनेर छलफल हुन्छ।
_x000D_
_x000D_
गाउँकाे विद्यालकाे शैक्षिक अवस्थामा पनि सुधार अाएकाे छ। नवप्रकाश आधारभूत विद्यालयमा अहिले अंग्रेजी माध्यमबाट पढाइ हुन्छ।
_x000D_
_x000D_
यसरी बद्लियाे माझीगाउँकाे स्वरुप
_x000D_
_x000D_
गाउँबासी जीवनस्तरमा यसरी परिवर्तन अाउनुकाे प्रमुख कारण हाे सामुदायिक वन। वनकै कारण अात्मनिर्भर हुन सहज भएकाे गाउँलेकाे बुझाइ छ।
_x000D_
_x000D_
विसं २०५१ मा माझीगाउँ सामुदायिक वन उपभोक्ता समितिकाे स्थापना भयाे। यही समितिमार्फत सञ्चालनमा अाएको सामुदायिक वनबाट नै परिवर्तन सम्भव भएको हो।
_x000D_
_x000D_
वनमार्फत आम्दानी भएको रकमले अहिले गाउँको कायलपलट भएको बताउँछन् वनका अध्यक्ष रामशरण श्रेष्ठ। भन्छन्, 'गाउँको विकास र समुदायको आर्थिकस्तरमा सुधार अाउनुकाे कारण यही वन हाे। यहाँ त पर्याप्त सरकारी सुविधा उपलब्ध थियाे, न त स्थानीयबासी नै लगानी गर्न सक्ने हैसियतमा थिए। तर, यो सम्भावनालाई साकार बनाउन २५ वर्षअघिदेखि समुदायले हुर्काएको वन नै विकासकाे ठूलाे माध्यम बन्याे।'
_x000D_
_x000D_
वन संरक्षणमा सुरुमा समुदायले सहयाेग नै नगरेकाे उनी सम्झन्छन्। विस्तारै वनमार्फत भएकाे अाम्दानी विकासमा लगानी भएपछि स्थानिय अाकर्षित भएकाे उनले बताए।
_x000D_
_x000D_
अध्यक्ष श्रेष्ठका अनुसार वन समूहमा १ सय ५० उपभोक्ता आवद्ध छन्। अधिकांशले किसानी गर्छन्। उनीहरुलाई वन समूहमार्फत कृषि तालिमसमेत उपलब्ध गराइएको छ।
_x000D_
_x000D_
बस्तीको चारैतिर फैलिएको वनक्षेत्र वन ८७ दशमलव ७ हेक्टरमा फैलिएको छ।
_x000D_
_x000D_
यही वनबाट ल्याएको पत्करबाट बनाएको गाईभैँसीको कम्पोस्ट मलले कृषि उब्जनी बढाएको छ। पशुचौपाय पाल्नका लागि पनि निकै सहज भएको वन समितिका सचिव सन्तमाया नगरकोटी बताउँछन्।
_x000D_
_x000D_
उनका अनुसार वन संरक्षणले महिला र गृहणीले बढी लाभ लिएका छन्। 'यहाँका किसानलाई वन समितिले दक्ष, सीपयुक्त र तालिम प्राप्त बनाएको छ। बाख्रा पाल्नेलाई ब्राख्रा तालिम, कुखुरा पाल्नेलाई कुखुरापालनसम्बन्धी तालिम दिएपछि उनीहरू अहिले आ–आफ्नै पेशामा सफल छन्।'
_x000D_
_x000D_
वन समूहमाफर्त सञ्चालनमा रहेका फर्निचर मिल, कुटानी पिसानी मिल, सहुलियत पसल, शिक्षकलाई दिएको रोजगारीले स्वरोजगार प्रवर्द्धनमा सहयोग मिलेको छ।
_x000D_
_x000D_
वन समितिले सहुलियत दरमा ऋण सुविधा पनि उपलब्ध गराएको छ। अहिले पनि समितिको खातामा २ लाखभन्दा बढी बचत रहेको कोषाध्यक्ष विनोद श्रेष्ठ बताउँछन्।
_x000D_
_x000D_
चारैतिर वनले ढाकेको गाउँ हरियाली मात्र होइन, सफा र सुग्घर पनि छ। गाउँका विपन्न तथा कमजोर वर्गलाई वन समितिको आर्थिक सहयोगमा शौचालय निर्माण गरिएको छ।
_x000D_
_x000D_
'वनबाट लाभ लिन सकिन्छ भनेर सिकाउन झण्डै १५ वर्ष लाग्यो' वन समितिका पूर्वअध्यक्ष बाबुकाजी श्रेष्ठ भन्छन्, 'अहिले सबैको सहयोगले जिल्लाको नमूना सामुदायिक वनको रुपमा स्थापित गराउने प्रयासमा जुटेका छौँ।'
_x000D_
_x000D_
उनका अनुसार सालका रुखले ढाकेको वनमा रहेको रुख कटान उपभोक्ताले बनाएको योजनालाई डिभिजन वन कार्यालयले दिएको स्वीकृतिअनुसार निर्णय हुन्छ।
_x000D_
_x000D_
वन विस्तार कायमै राख्न हरेक वर्ष वृक्षरोपण र आगलागी हुन नदिन ब्लक छुट्याएर अग्नि नियन्त्रण रेखासमेत बनाइएको छ।
_x000D_
_x000D_
चोरी सिकारी नियन्त्रण गर्न वनपालेको पनि व्यवस्था गरिएको छ। जंगलमा रहेका आकर्षक रुखबाट बिरुवा उत्पादनका लागि ‘बिउकोष रुख’ समेत बनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।