रुपन्देही– जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
शुक्रबार सो पार्टीले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
जसपा नेपाल लुम्बिनी प्रदेश संसदीय दलका नेता अम्बिका काफ्लेले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिइन्।
नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भएबमोजिम मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी सभामुखलाई गराएको काफ्ले बताइन्।
८७ सदस्यीय प्रदेश सभामा जसपा नेपालबाट काफ्ले एकजना मात्रै सांसद थिइन्। पार्टी विभाजनपछि अरू सांसद अशोक राई नेतृत्वको जसपामा लागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।