काठमाडौं– अघिल्लो साताका अन्तिम कारोबार दिन बिहीबार भारी गिरावट भएर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि घटेको छ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट हुँदै बन्द भएको हो।
बिहीबार २५ अंकले गिरावट भई बन्द भएको सेयर बजार आइतबार ३२ अंकले गिरावट भएको हो। योसँगै आज सेयर बजार २५९६ विन्दुमा रोकिएको छ।
आइतबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचक बैंकिङ ११.४९, विकास बैंक ४६.८८, फाइनान्स २५.८७, जलविद्युत् १००.९७, माइक्रोफाइनान्स ५४.१६, होटल २१७.४२, अन्य १४.१६, सामूहिक लगानी कोष ०.०७, उत्पादन ७५.०५, व्यापार २९.४७, जीवन बीमा १३५.२३, निर्जीवन बीमा समूह ५८.३४ अंकले घटेका छन्।
आइतबार नेप्सेमा कारोबार भएका कम्पनीमध्ये २३ को सेयर मूल्य बढेको छ। त्यसैगरी २ सय २५ कम्पनीको सेयर मूल्य घटेको छ। आइतबार जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।
आइतबार नेप्सेमा ३ सय १० कम्पनीको ८७ हजार ३ सय २ कारोबारबाट २ करोड १५ लाख ४७ हजार कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाख रुपैयाँमा किनबेच भएको छ। आइतबारको कुल बजार पूँजीकरण ४३ खर्ब २५ अर्ब पुगेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।