काठमाडौं – नागार्जुन नगरपालिका–३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ । स्थानीय राजेन्द्र उदासले सञ्चालन गरेको उक्त गोदाममा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आइतबार (आज) आज बिहान ३ बजेर २० मिनेटमा गोदाममा आगलागी भएको हो ।
सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ । नेपाली सेना र नेपाल प्रहरीको समेत सहयोगमा साढे एक घण्टापछि आगलागी नियन्त्रणमा आएको बताइएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको र आगो नियन्त्रणमा आइसकेपछि अहिले घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।