फाइल तस्विर
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिने भएको हो।
यसबारे पार्टीले केहीबेरमा औपचारिक निर्णय सार्वजनिक गर्दैछ। एक नेताका अनुसार, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ।
यसअघि माओवादी र समाजवादी पनि भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग गर्दै आएको थियो।
तर, एमाले, कांग्रेस र माओवादीले भने दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।