झापा – जिल्लाको कमल गाउँपालिका–३ रतुवामाई जङ्गलमा विद्युतप्रवाह चुहावट (करेन्ट) हुँदा जङ्गली हात्तीको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।
उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।