काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा झिनो वृद्धि भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १ अंकले वृद्धि हुँदै रोकिएको हो।
योसँगै आइतबार सेयर बजार २६९४ विन्दुमा पुगेर बन्द भएको छ। कारोबारका आधारमा सवा नौ अर्ब बराबरको सेयर कारोबार भएको छ।
आज कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड र पुरे इनर्जी लिमिटेडको सेयरमा सर्किट लागेको हो
यस्तै, सबैभन्दा बढी सेयर मूल्य गिरावट हुनेमा भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ। आज ११५ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १३३ कम्पनीको मूल्यमा गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।