काठमाडौं – राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले गणतन्त्र भ्रष्ट र दलालहरूका लागि मात्र आएको भन्दै कटाक्ष गरेका छन् । राप्रपा प्रमुख सचेतकसमेत रहेका उनले गणतन्त्र निर्मला पन्तहरूका लागि नभई अफताव आलमहरू जस्ताका लागि गणतन्त्र आएको भन्दै टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा कवितात्म शैलीमा शाहीले लेखका छन्, ‘साथीहरूले गणतन्त्र निर्मला पन्तका लागि आयो भन्थे ! तर अफताव आलमका लागि रहेछ । जताततै भ्रष्टहरूको रजगज भएछ । गाउँ–गाउँमा छोटे सरकारको मोज भएछ। भ्रष्ट, दलाल, तस्करी र बिचौलियाको भोज भएछ ।’
इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा उच्च अदालत वीरगन्जले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याएपछि उनी थुनामुक्त केहिदिन अघि भएका छन् । उनी कांग्रेसका नेता एवं पूर्वसांसद हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।