काठमाडौं – संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका मुख्य सचेतक र प्रमुख सचेतकहरु संग छलफल गर्दैछन् ।
सभामुख घिमिरेले अहिले विहान ११ बजे मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्ने भएका हुन् । सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डर लगायतक विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ । यस्तै मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि आह्वान भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।