काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको उपस्थिति संसद्मा कम रहेको भन्दै आपत्ति जनाएकी छिन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरू संसद्मा कम रहेको बताए। उनले कांग्रेस सांसदहरू आज गभर्नर खोज्न हो कि प्रधानमन्त्री खोज्न गएको भन्दै प्रश्न गरिन्।
ठूलो पार्टी भइसकेपछि संसद्मा पनि ठूलै उपस्थिति हुनु जरुरी रहेको उनको भनाइ छ।
‘आज त नेपाली कांग्रेसका माननीयज्युहरू त सात, आठ जनादेखि बढ्ता त देखिँदैन नि। उहाँहरू कता जानुभयो ? गभर्नर खोज्न जानुभयो की प्रधानमन्त्री खोज्न जानुभयो ? तपाईंहरू एकदमै कम संख्यामा हुनुहुन्छ, ठूलो पार्टी भएको भएर मलाई त शंका लागेको छ,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।