काठमाडौँ– नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले सहकारी ठगीमा संलग्नलाई ६ महिनाभित्र पीडितको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता गराएर जेलमुक्त गर्ने प्रस्ताव राखेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद आचार्यले यस्तो प्रस्ताव गरेका हुन्।
उनले ६ महिनाभित्र सबै पीडितको रकम फिर्ता गर्ने कबोल गरेको खण्डमा जेलमुक्त गर्ने र तोकिएको समयभित्र बचत फिर्ता नगरे कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए। सांसद आचार्यले सहकारीको समस्या अहिले देशको आर्थिक स्थायित्वमा ठुलो चुनौती बनेको उल्लेख गर्दै नीतिगत र कानुनी पुनरावलोकन गर्न आवश्यक रहेको बताए।
सहकारी ठगीमा संलग्नहरूलाई थुनेर मात्र सहकारीका समस्या समाधान गर्न नसकिने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।