काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बीच भेटवार्ता भएको छ ।
अर्थमन्त्री पौडेल मंगलबार बिहान खुमलटारस्थित माओवादी अध्यक्ष प्रचण्ड निवास पुगेका थिए । प्रचण्डको सचिवालयका अनुसार भेटघाटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा छलफल भएको थियो । सरकारले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइसकेको छ । संसदमा प्रस्तुत नीति तथा कार्यक्रम माथि अहिले छलफल भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।