काठमाडौं–सहकारी ठगी प्रकरण र संगठित अपराधको कसुरमा पक्राउ परेकी कांग्रेस सांसद माया राईलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजालसले शुक्रबार म्याद थपको अनुमति दिएको हो । काठमाडौं जिल्ला अदालतले शुक्रबार पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए ।
सांसद राई वैशाख १३ मा कपनस्थित घरबाट पक्राउ परेकी थिइन् । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
उनी सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत थिइन् । राई समेतका व्यक्तिले ६९० बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोप छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।