काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । शनिबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाइएको हो । आज संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।
बैठकमा नीति तथा कार्यक्रम, आगामी बजेट तथा विचाराधिन विधेयक, सरकारको कामकारवाहीलगायतको विषयमा संसदमा गर्नुपर्ने कामको योजना बनाइने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।