काठमाडौं – सिंहदरबारमा सरकार र शिक्षक महासंघबीच वार्ता सुरू भएको छ। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ।
शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन्। यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर आज सहमति हुने मन्त्रालय स्रोतले जनाएको छ। आजको वार्ता ‘निर्णायक’ बनाउने भन्दै मन्त्री पन्तले तयारी गरेको स्रोतले बतायो।
महासंघले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्ने गरी तत्काललाई ९ वटा माग बुझाएको र त्यसकै वरिपरि रहेर सहमति गर्ने तयारी भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।