एजेन्सी–अफगानिस्तानको उच्च आयोगले आइतबार रिपोर्ट गरेको अनुसार, एक हजार ६६७ अफगान परिवारका आठ हजार ९० सदस्यले शुक्रबार र शनिबार आफ्नो मातृभूमि अफगानिस्तान फर्केका छन्।
यी शरणार्थीहरूले अफगानिस्तानका विभिन्न सीमावर्ती प्रवेश बिन्दुहरूबाट आफ्नो घर फर्केका छन्।
तिनीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम, दक्षिणी कन्दहार प्रान्तको स्पिन बोल्डक, पश्चिमी हेरात प्रान्तको इस्लाम काला र पश्चिमी निमरोज प्रान्तको अब्रिशाम सीमाबाट अफगानिस्तानमा प्रवेश गरेका छन्।
उक्त आयोगले अफगान शरणार्थीहरूको लागि अस्थायी आवास, खाद्यान्न, पानी, स्वास्थ्य सेवा र यातायात सेवा प्रदान गरेको छ।
संयुक्त राष्ट्र सङ्घको शरणार्थी उच्चायुक्त (युएनएचसीआर) द्वारा बिहीबार सार्वजनिक गरिएका तथ्याङ्क अनुसार, १ एप्रिलदेखि २४ अप्रिलसम्म लगभग एक लाख २० हजार अफगान शरणार्थी पाकिस्तानबाट आफ्नो देश फर्केका छन्।
हाल, लगभग सात लाख अफगान शरणार्थी विदेशमा बसोबास गर्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।