काठमाडौं –भारतको पश्चिम बंगालको एक घरमा ग्यास सिलिण्डर पड्किदा सात जनाको मृत्यु भएको छ । पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाथरप्रतिमामा एउटा घरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
सुन्दरवनका एसपी कोटेश्वर रावले चार बालबालिका र दुई महिलाको घटनास्थलमै मृत्यु भएको बिबिसीलाई बताएका छन् । अर्का एक महिला गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गराइएको र घटनाको अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।