काठमाडौँ–त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान सकिएको छ।
बिहान सवा आठ बजेबाट सुरु भएको मतदान दिउँसो चार बजे सकिएको हो।
६ हजार १६४ मतदाता विद्यार्थी रहेकोमा तीन हजा ११८ विद्यार्थीले मतदान गरेका थिए। विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानको नतिजा आजै आउने निर्वाचन समितिले जनाएको छ।
आजको मतदान निकै शान्तपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। यसअघि चैत ५ गतेका लागि तोकिएको निर्वाचन हुन सकेको थिएन। नेविसंघको आन्तरिक विवादका कारण असन्तुष्ट समूहले तालाबन्दी गरेको थियो। त्यसपछि नेविसंघबाट दीपकराज जोशीले स्ववियु अध्यक्षको आधिकारिक उम्मेदवार बनेका थिए भने अनोज कार्कीको उम्मेदवारी रद्द गरिएको थियो।
चैत १६ गते अदालतले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश जारी गरेपछि त्रिविले आजका लागि निर्वाचनको मिति तय गरेको थियो। २०७९ सालमा भएको निर्वाचनमा नेविसंघका उम्मेदवार श्यामराज ओझा स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।