• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ ४, २०८२ Sun, May 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
‘यात्राको लय’ मा लहरिँदा
रामसुन्दर देउजा शुक्रबार, साउन २५, २०८१  १२:२१
1140x725

जीवन यात्रा हो। मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै रुपले यात्रा गरिरहेकै हुन्छ। यात्रामा अनेक उतारचढाव आउँछन्। आरोह-अवरोह पार गर्नुपर्ने हुन्छ। यात्रा कति सुखद हुन्छन् त कति कष्टपूर्ण।

जसरी नदी पहाडबाट झरेर अनेक घुम्तीहरु पार गर्दै पत्थरसँग रगडिँदै सगरमा पुगेर विश्राम लिन्छ, मान्छेले पनि आफ्नो जीवनकालमा उकाली-ओराली झेल्दै अघि बढ्नुपर्छ। यात्राको क्रममा नयाँनयाँ भूगोल, नयाँनयाँ संस्कृति, नयाँनयाँ प्रकृति अध्ययन-अनुभव गर्ने मौका पाइन्छ।

यात्रामा बटुलेका यस्तै अनुभूतिजन्य तिता-मिठा अनुभवहरुलाई नियात्राकार प्रदीप सापकोटाले ‘यात्राको लय’ मार्फत व्यक्त गरेका छन्। यात्राको लयमा यात्राका सत्र वटा अनुभवलाई अगाडि सारेका छन् उनले। यात्रा साहित्यकै यात्राका इन्द्रेणी रङ नियात्रासङ्ग्रह (२०७७) सार्वजनिक गरिसकेका सापकोटाको मनको वारपार मुक्तकसङ्ग्रह (२०७८) पनि प्रकाशित भइसकेको छ। 

यात्राको लयमा समेटिएका यात्रा अनुभवको पहिलो शीर्षकमा रहेको सकसपूर्ण यात्राको सुखद उत्सर्गमा माओवादी सशस्त्र द्वन्द्वताकाको झल्को उजागर भएको छ। रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी)को क्यालेण्डर र मानवीय कानुनको पुस्तक पढ्दै सार्वजनिक यातायातमा यात्रा गर्दा खेपेको सुरक्षा निकायको सास्तीलाई भावुकताका साथ राखिएको छ।

तत्कालीन नेपाली सेनाले केलाई द्वन्द्वरत पक्षका दस्तावेज मान्ने भन्ने सम्बन्धमा उतिबेला खास जानकारी नपाएको जस्तो भान देखिन्छ। टनकपुरमा दुखेको मनमा भीमदत्त पन्तको प्रसँग र टनकपुरमा भारतले गरेको विस्तारवादी सोचको वस्तुस्थिति र नियात्राकारले क्यामराले फोटो लिँदै गर्दा भारतीय प्रहरीले क्यामेरा जफत गरेको पछि रिल टनकपुरमा फालेर रित्तो क्यामेरा फिर्ता पाएको प्रसङ्गलाई मन दुखाउँदै राखेका छन्। उनको मनले भनेको छ, ‘यात्राको क्रममा कैद गरिएका सबै यादगर पलहरु त्यहीँ टनकपुरको पानीमा तैरिरहे।’

गाजाको दह र पिँढीको बास शीर्षक नियात्रामा जनगायक जीवन शर्मासँगको अकास्मातको मिठो भेट र गाजाको दह वरिपरिका पातहरु राति नै चराले टिपेर लैजाने र सफा रहने प्रसङ्गको वर्णन पाइन्छ। साथै पहिलो पटक पिँढीमा बास बस्नुपर्दाको उनको मनका अनुभूतिहरु बडो स्वादिलो ढंगले वर्णन गरिएको छ।

पहिलो गल्कोट यात्राको वकपत्रमा घोडाबाँधे भन्ने स्थानको प्रसङ्ग छ, जहाँ उतिबेलाका राजा महेन्द्रले घोडा चढेर आई सोही स्थानमा घोडाबाँधेपछि त्यो स्थानको नामकरण भएको जानकारी दिएका छन्।

ज्योतिषको वाणीसँगै झेल्नुपरेको संकट शीर्षकृत नियात्रामा सापकोटालाई खुकुरीले हान्ने प्रयास गरेको र बालबाल बाँच्न सफल भएको प्रसंग छ। तालिम चलिरहेको स्थानमा अपरिचित व्यक्तिले बाहिर बोलाएर खुकुरी प्रहार गर्दा संयोगबस एक जना रत्ना भण्डारी कराउँदा मुन्टो घमेको र खुकुरी ढोकामा बजारिएर आफ्नो ज्यान बाँचेको प्रसङ्गलाई नियात्राकारले उल्लेख गरेका छन्।  

Ncell 2
Ncell 2

शीतलपाटीमा पाएको मायामा अरिङ्गलको गोलो पोलेर खाजा खाएको रमाइलो वर्णन छ भने त्यो भोजमा दलित बस्तीमा तालिम चलाउँदा भोगेका छुवाछुतका प्रसङ्ग केलाउँदै अन्त्यमा सबै जातिका सहभागीले चाउचाउ उमालेर बाँडी खाएको र त्यो भोज गराउन सफल भएकोमा नियात्राकार मनैदेखि गद्‌गद्‌ भएका छन्।

आँखाको दूरबिनबाट मधेस नियाल्दा शीर्षक नियात्रामा बाढीपीडितलाई राहत र खाद्य सामाग्री वितरण गर्न जाँदा महोत्तरीको रामगोपालपुर पुगेका नियात्राकार पुगेको मुसहर बस्तीको साह्रै दर्दनाक अवस्थाको चित्रण गरेका छन्। पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मन वर्षातको झरीमा यात्रामा निस्केका नियात्राकारले सर्लाहीको लालबन्दीमा रहेको वृद्धाश्रम जहाँ वासु कोइरालाले सञ्चालन गरेको मानवीय सेवाको भरपुर वर्णन छ। 

मकर मेला प्रचार: कुशेश्वर हुँदै गाइघाटमा २०७८ सालमा यात्रा गरेका उनले यात्राको धार्मिक वर्णन गरेका छन्। यसै क्रममा उनको अर्को नियात्रा बराहक्षेत्र चतराधाम यात्रा शीर्षकमा धार्मिक यात्राको वृतान्त छ। यसले अध्यात्मको ज्ञान सहित सांस्कृतिक मूल्य-मान्यताबारेमा समेत जानकारी दिन्छ। उनको जोड छ, हाम्रा मूल्य-मान्यताको जानकारी भएन भने जीवनको पूर्णता हुँदैन। 

नेपालको स्वीजरल्याण्डमा एक पाइलामा पनौती नगरपालिकाद्वारा आफ्ना मेलमिलापकर्ताहरुलाई अध्ययन अवलोकन गर्न लैजाने क्रममा जिरी जाँदाको विभिन्न प्रसङ्गहरुलाई नियात्रामा उधिनेका छन्। यसै क्रममा टोनी हेगनदेखि जिरेलको बारेमा जानकारी दिने संग्रहालय समेतका प्रसङ्गलाई उल्लेख गरिएको छ।

shivam cement

shivam cement

भीमेश्वरको साहित्यिक माहोलमा पनौती नगरपालिका र भीमेश्वर नगरपालिका दोलखाको न्यायिक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुको भेटघाटमा एकाएक खडा भएको साहित्यिक माहोलको फेहरिस्त राखिएको छ। 

नक्सालवाडी हुँदै टाइगरहिलमा बरालिँदा शीर्षकको नियात्रामा चारु मजमुदारको वर्ग सत्रु खत्तम गर्ने अभियान र टाइगरहिलमा घुमेका कुराहरु उल्लेख गरिएको छ। 
नियात्राकारले दार्जिलिङ हुँदै सिक्किमसम्ममा दार्जिलिङको चौरास्तामा रहेको आदिकवि भानुभक्तको शालिकमा श्रद्धाले शीरनत गरेका छन्। उनलाई नेपालीभाषी दार्जिलिङका साहित्यकारहरुले हिँडेका सडकहरुमा पाइला राख्न पाउँदा खुसी महसुस हुन्छ। उनका यस सम्बन्धमा दुई वटा नियात्रा  कृतिमा देखिन्छन्।

अंग्रेजको पालामा बनेको विश्वको उच्चस्थानको रेलवे स्टेसन हेर्न पुग्छन्। चिया पिउन दोकानमा जाँदा त्यहाँको समग्र कुराको जानकारी लिन्छन्। त्यताको यात्रालाई चालक गोपालले पनि थप रमाइलो बनाएको देखिन्छ। मिरिकको सुन्दर तर सानो अवस्थिति, ताल र त्यसको व्यवस्थापनले उनलाई नेपालमा इच्छाशक्ति नभएर गर्न सकिने कुरा पनि गर्न नसकेको सोच राख्छन्। 

सुकुटेमा स्रष्टा समाजको पिकनिक कार्यक्रममा भएको साहित्यिक माहोललाई विवरणात्मक बनाएका छन् सुकुटेको साहित्यिक पलमा प्रदीपले। ७० जनाजति वरिष्ठ र कनिष्ठ साहित्यकारहरुले यात्रा गर्दाका बाटोको वरिपरिको वातावरणको सुन्दर वर्णन समेत यस नियात्रामा पढ्न पाइन्छ। 

कविमनका भावनाहरु यसमा अभिव्यक्त भएको देखिन्छ। त्यहाँको साहित्यिक माहोलको फेहरिस्त समेत यसमा छ। कामको सिलसिलामा विरगञ्ज जाने क्रममा मकवानपुरगढीको आस्वादान गरिएको कुरा यात्राको लहरीमा लहरिँदै मकवानपुरगढीमा नियात्राकारले उल्लेख गरेका छन्। यहाँको ऐतिहासिक कुराको जानकारी दिएका छन्। यात्रामा देखिएका वरिपरिका रमणीय वातावरणको मिठो भावमा अनुभूतिहरु पस्केका छन्। 

यसरी ‘यात्राको लय’ मा प्रदीप सापकोटाले विगत द्वन्द्वकालीन परिवेश र त्यसपछिका विभिन्न चरणमा गरेका यात्राहरुको वृत्तान्त देखिन्छ। आफ्ना निजात्मक अनुभूतिले भरिएका, मिठा शब्द चयन गरेर नियात्रा लेख्न खप्पिस देखिन्छन् नियात्राकार। उनको भाषा सरल तर कवितात्मक लाग्छन्। उनी देश डुल्ने नियात्राकार देखिन्छन्। यात्रामा आएका आफ्ना भाव, भोगाइ, सुखद र दुखद पलहरुको जानकारी दिन्छन्। 

निजात्मकता, वर्णनात्मक, तथ्यपरक र भोगाइलाई उनका नियात्राहरुले अभिव्यक्त गरेका छन्। कतिपय नियात्राहरुमा उनले भोगेका कठिन पलहरुको जानकारी दिएका छन्, यसले पाठक झस्किन सक्छ।

नियात्रा लयात्मक छ, गतिशिलताले भरिएको छ, यहाँ कोरा विवरण मात्र छैनन्। सर्जकका नीजि अनुभूतिको सुन्दर लेपन पनि छ। विभिन्न बिम्व र प्रतीक प्रयुक्त, सरल, सर्वबोध्य र मिठो भाषा उनको नियात्राको प्राण भन्न सकिन्छ।

शाषकवर्गप्रति नियात्राकारले ठाउँठाउँमा औँला ठड्याएका छन्। गर्न सक्ने काम पनि नगरेकोमा रोष प्रकट भएको छ। 
उनको शिल्प, शब्दचयन कला, चेतनाको उचाइ, मानवीय संवेदना अभिव्यक्त गर्ने शैली वास्तवमै प्रशंसा गर्न लायक छ। चाखलाग्दा कथा जस्ता पनि देखिन्छन्। कतिपय नियात्रा पढेपछि छोड्न मन लाग्दैन।

उनी घुमेको भूगोल, प्राकृतिक सुन्दरता, स्थानीयतामा रहेका विभिन्न संस्कार, कुसंस्कार लगायतको स्वाद यहाँ छ। एकाध कमजोरी हरकोही लेखकमा हुन्छ। उनी पनि पूर्णत यसबाट मुक्त भने छैनन्।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १२:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ
सम्बन्धित सामग्री
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ। शनिबार, वैशाख ६, २०८२
ताजा समाचारसबै
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ आइतबार, जेठ ४, २०८२
दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति आइतबार, जेठ ४, २०८२
पशुपति क्षेत्र विकास कोषभित्र जुवा खेलिरहेका ७ जना पक्राउ आइतबार, जेठ ४, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते शनिबार, जेठ ३, २०८२
वर्षाले खेल प्रभावित भएपछि प्लेअफ दौडबाट बाहिरियो कोलकाता, शिर्ष स्थानमा बेंगलुरु आइतबार, जेठ ४, २०८२
प्रचण्ड र देउवाबीचको कुराकानी समान्य विषय भएको कांग्रेसको दाबी, भन्यो– माओवादीसँग गठबन्धनको कुनै योजना छैन शनिबार, जेठ ३, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्